महेन्द्रनगर – भन्सार छलेर भारतबाट भित्र्याइएका सामान बरामद गरी कैलाली प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ। १ लाख ८२ हजार ३५० रुपैया मुल्य बराबरका सामान भन्सार कार्यालयमा बुझाएको हो। शनिबार इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी नायव निरीक्षक जोगी साउँदको कमाण्डमा खटिएको टोलीले वडा नं.३ बजिर चौराहस्थित भित्री सडक खण्डमा बेवारिसे अवस्थामा ती सामान बरामद गरेको थियो। प्लाष्टिकका बाल्टिन, पोलिथिन, बेल्ट, एयरफोन गरी करिब १ लाख ८२ हजार ३५० रुपैयाँ मुल्य बराबरको सामान रितपूर्वक बरामद गरी आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय सत्ती पठाइएको प्रहरीले जनाएको छ।
Author: Saru Shrestha
धनगढी: परिवारबाट सम्पर्कविहीन भएको चार दशकपछि कुनै व्यक्ति सम्पर्कमा आयो भन्दा पत्यार नलाग्न सक्छ, तर यो यथार्थमा साबित भइदिँदा कञ्चनपुरको महेन्द्रनगरका रामदत्त कलौनीको घरमा खुसीको सीमा छैन। पुख्यौली घर बैतडीको दोगडाकेदार गाउँपालिकाको रिम भएका परमानन्द कलौनी बेपत्ता भएको चार दशकपछि दाजु रामदत्त कलौनीको सम्पर्कमा आएका हुन्। विसं २०३८ पछि परिवारबाट टाढिएका परमानन्द डडेल्धुराको आलितालका हरिसिंह मडैमार्फत महेन्द्रनगरमा रहेका दाजु रामदत्तको सम्पर्कमा आएका छन्। ‘घरबाट २०३८ सालमा निस्कँदा त्यो बेला डडेल्धुरामा सडक बनाउने काममा मजदुरी गथ्र्यो भन्ने सुनिएको थियो,’ चार दाजुभाइमध्येका जेठा रामदत्तले भने, ‘माइलो परमानन्द जोगबुढा हुँदै डोटीका स्थानीय युवासित भारत पसेको कुराकानीका क्रममा खुल्यो।’ बैतडीबाट २०५० सालको सेरोफेरोमा महेन्द्रनगर…
काठमाडौँ – नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले त्रिचन्द्र क्याम्पस हाताभित्र विद्यार्थीलाई कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञीप्त जारी गरी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई बिथोल्ने गरी विद्यार्थी कुटपिट गरिएको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् । ‘लामो समयपछि देशभर हर्षोल्लासका साथ सम्पन्न हुन गइरहेको स्ववियु निर्वाचनमा आज नेपालको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्रमा स्ववियु निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृतलाई धरपकड र लखेट्ने जस्ता अमर्यादित र निन्दनीय घटनाप्रति नेविसङ्घ खेद प्रकट गर्दछ’, नेविसङ्घद्वारा जारी विज्ञीप्तमा भनिएको छ । त्रिचन्द्रमा विवेक बानियाँ, सुन्दर बडाल, यसमान विष्ट, अर्जुन पौडेल, केशर…
अछाम – अछाममा चट्याङ लागेर ९ वटा बाख्रा मरेका छन् भने बाख्रा हेर्न गएकी बालिका घाइते भएकी छन् । जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर वडा नम्बर ६ षोडशाको बाइगाउँमा चट्याङ लागेर बालिका घाइते भएकी हुन भने ९ वटा बाख्रा मरेका हुन् । शनिवार साँझ चट्याङका कारण स्थानीय विष्णु भट्टराई लगायतका कृषकका ९ वटा बाख्रा मरेका बताइएको छ । स्थानीय मनीराज भट्टराईका अनुसार चट्याङका कारण जङ्गलमा चराउन लगिएका बाख्रा मरेका हुन भने बालिका सामान्य घाइते भएकी हुन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।
लुम्बिनी – रुपन्देहीमा तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिता-२०७९ आजदेखि सुरु भएको छ । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे । उद्घाटन खेलमा सुदूरपश्चिमले रुपन्देही-११ लाई ३-१ गोलअन्तरले पराजित गरेको छ । जीतसँगै सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवल-११ देवीनगरस्थित एन्फा मैदानमा भएको खेलमा सुदूरपश्चिमका लागि फागुराम थारुको दुई र स्वाम्या हार्दिकले एक गोल गरे । खेलको सुरुआतदेखि नै रुपन्देहीमाथि हाबी देखिएको सुदूरपश्चिमका लागि खेलको ३१औँ मिनेटमा थारुले फ्रि किकमार्फत गोल गरेका थिए । खेलको दोस्रो हाफको सुरुआती मिनेटमै प्राप्त फ्रि किकलाई सदुपयोग गर्दै सुदूरपश्चिमका हार्दिकले गोल गर्दै खेल २-० अवस्थामा ल्याए । खेल अवधिभर उत्कृष्ट खेल प्रस्तुत…
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कल्याणकारी राज्यव्यवस्था स्थापनाका लागि शिक्षा र स्वास्थ्य सर्वशुलभ तथा नि:शुल्क हुनुपर्ने बता बताएका छन्। नेपाल शिक्षक संघ डडेल्धुराको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता महरले शिक्षा र स्वास्थ्य प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएकाले नि:शुल्क गरिने पर्ने बताए। ‘मैले लामो समयदेखि नि:शुल्क स्वास्थ्य ,शिक्षा र गुणस्तरीय यातायात तथा सञ्चारसँगै उद्यमशीलतासहितको रोजगार- जनताको अधिकार, कांग्रेसको सरकार भन्ने ऐजेण्डा उठाउँदै आएको छु। नेपालको कुल बजेटको २० प्रतिशत भन्दा बढी शिक्षाका लागि विनियोजन गर्नसकेमात्र शिक्षालाई विश्वबजारसँग प्रतिस्पर्धी बनाउन गर्ने खालको बनाउन सकिन्छ,’ उनले भने। शिक्षकको मर्यादित पेसा र विद्यार्थीका लागि जीवन उपयोगी शिक्षाको अवधारणा कार्यान्वयन गर्न…
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने सहमति भएको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो । आइतबार संसदमा प्रस्तुत गर्ने विधेयकमा पनि एकमतका साथ प्रस्तुत हुने सहमति भएको छ ।
सिमकोट – मौसम खराबीका कारण हुम्लामा उडान हुन सकेको छैन । शनिवार (आज) बिहानैदेखि भएको मौसम खराबीका कारण कुनै पनि उडान हुन नसकेको हो । बिहानैबाट उडान भर्ने समिट एयरको तालिका भए पनि पानी परेर मौसम खराब भएपछि एयरले उडान भर्न सकेको छैन । मौसमका कारण उडान नभएपछि यात्रुहरू मर्कामा परेका छन्।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल कारकेड बिना नै बसन्तपुरस्थित कुमारी घर पुगेर दर्शन गरेका छन् । शनिबार अपराह्न कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेर राष्ट्रपति पौडेलले त्यहाँ पुगेका हुन् । उनी कारकेड जाने बेलामा सडकमा सवारी साधन चलिरहेका थिए भने पैदलयात्रुहरुलाई पनि रोकिएको थिएन । राष्ट्रपति पौडेलले बसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन् । पौडेललाई कुमारी घरका अध्यक्ष गौतम रत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले स्वागत गरेका थिए । राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार उनी पनि दर्शन गएका हुन् ।…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्ववियुको निर्वाचन सुरक्षाबारे जानकारी लिएका छन्। शनिबार गृह सचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका प्रमुख धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा लगायतलाई बालुवाटारमा बोलाएर स्ववियु निर्वाचनको सुरक्षाबारे जानकारी लिएका हुन् । प्रधानमन्त्री प्रचण्डले विद्यार्थी युनियनको निर्वाचन शान्ति पूर्ण वातावरणमा बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।