Author: Saru Shrestha

काठमाडौँ – राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको समुपस्थितिमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा मङ्गलवार घोडे जात्रा कार्यक्रम गर्दै छ । त्यस अवसरमा सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम गरी घोडे जात्रा समारोहको आयोजना गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । समारोहमा अश्वकलाअन्तर्गत दुई चरणमा टाङ्गन घोडा दौड, शो जम्प, झन्डोत्तोलन, ड्रिल राइड, घोडचढी आर्चरीलगायतका विविध रोमाञ्चक कलाहरू प्रदर्शन गरिने छ । घोडे जात्रा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखि नै काठमाडौँ उपत्यकामा मनाइँदै आएको परम्परा हो । परापूर्वकालमा गुरुमापा नामक दैत्यमाथिको विजयका रूपमा मनाइन्छ घोडे जात्रा मनाउने गरिँदै आएको छ । यहाँ दौडने घोडाको…

Read More

रौतहट – रौतहटमा जंगली हात्तीको आक्रमणमा एक महिलाको मृत्यु भएको छ । चन्द्रपुर धन्सार सडकखण्डअन्तर्गत जंगलमा घाँस काट्न गएकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । सोमबार बिहान साढे ९ बजेतिर घाँस काट्न गएकी चन्द्रपुर नगरपालिका-४ बस्ने ४९ वर्षीया मिना मगरलाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो । हात्तीको आक्रमणबाट मगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । हात्तीको आक्रमणपछि घटनास्थलमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुनिलकुमार कर्ण, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटालगायत पुगेका थिए ।

Read More

काठमाडौँ – सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको विवादास्पष्ट अभिव्यक्ति फिर्ता लिएका छन् । सोमबार अपराह्न नेपाल पत्रकार महासङ्घका पदाधिकारीहरूलाई सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा बोलाई सभामुख घिमिरेले आफूले दिएको सो अभिव्यक्ति फिर्ता लिएका हुन् । गत चैत ३ गते नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा ‘पत्रकारहरू बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि सभामुख घिमिरे विवादमा परेका थिए ।

Read More

काठमाडौँ – भोलि मङ्गलवार घोडे जात्रा अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैङ्कले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैङ्कले आज एक सूचना जारी गर्दै भोलि बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक(वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको हो । ‘घोडे जात्रा दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी ९इसिसी०, आरटिजिएसलगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको…

Read More

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा तथा खाद्यान्न नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिकाभित्र ईनर्वागाउँ, नगवा र छपकैयाबाट अवैध रूपमा भन्सार छली ओसारपसार गर्दै गरेको अवस्थामा उक्त सामान नियन्त्रणमा लिइएको हो । भन्सार छली ल्याइएका पाँच लाख ७० हजार ७ सय १० रुपैया बराबरको विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामग्री आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार गोरखा जाने भएका छन् । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ समेत गोर्खा जाने कार्यक्रम छ । यस योजना अन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ । भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ। वूड हिल-लामा जेभी, महाराजगञ्जले ३० महिनामा सक्नेगरी सडकको ठेक्का पाएको छ ।

Read More

धनगढी – नेकपा एमालेको जनवर्गिय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले व्यवसायीको हकहितका लागि पार्टीले शशक्त रुपमा भुमिका निर्वाह गर्नुपर्ने माग गरेका छन् । सोमबार धनगढीमा बसेको महासंघको तेस्रो विस्तारित बैठकको समुदघाटन समारोहमा बोल्दै बैकिङ नीति, चर्को ब्याजदर र आर्थिक मन्दीका कारण व्यवसायीहरु धरापमा परेको भन्दै पार्टीले सदनमा शशक्त रुपमा अघि बढ्नुपर्ने माग गरेका हुन् । महासंघका केन्द्रिय उपाध्यक्ष तथा सुदूपश्चिम इन्चार्ज सुुर्यबहादुुर थापाले व्यवसायीहरुका समस्या समाधानका लागि पार्टीले सरकारलाई दबाब दिन भूमिका खेल्नुुपर्ने बताए । उनले चर्को व्याजदर, व्यवसायीलाई मर्का पर्ने बैकिङ नीति लगायतका कारणले व्यसायिक चुुनौती थपिएकाले महासंघसँगै पार्टीले सदनबाट अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताउदै नभए व्यवसायी अभिभावकविहीन…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले दुईपटक प्रधानमन्त्री बनाएको बताउँदै ओलीले त्यसको ब्याज तिर्न बाँकी रहेको प्रतिक्रिया दिएका छन् । विश्वासको मत लिने क्रममा सोमबार संसदमा उठेका प्रश्नको जवाफ दिँदै उनले ओलीलाई आफूले गरेको सहयोगको हिसाब किताब राख्न आग्रह गरे । ‘मैले तपाइँलाई दुईपटक प्रधानमन्त्री बनाएको थिएँ । ब्याज थियो । एउटा त बनाउनुभयो । एउटा अझै बाँकी छ । हिसाब राख्नुहोला,’ उनले भने । उनले आफू प्रधानमन्त्री बनाइदिनुस् भनेर खोज्दै नगएको प्रस्टीकरण बताउँदै एमालेले नै आफूलाई बल गरेको स्मरण गरे । उनले परिस्थित त्यस्तै बनेपछि आफू पुस १० मा बालकोट गएको प्रस्ट्याए…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत पाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा २६२ जना सांसद उपस्थित रहेकोमा १७२ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका हुन्। उनको विपक्षमा ८९ मत खसेको छ। एक जना तटस्थ रहे। दाहालले प्रधानमन्त्री भएपछि संसदमा दोस्रो पटक विश्वासको मत लिएका हुन्। राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएपछि उनले दोस्रो पटक विश्वासको मत लिएका छन्। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

Read More

काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आइतबार भएको निर्वाचनको मतपरिणाम आउन थालेको छ । विशेषगरी कम विद्यार्थी संख्या भएका सम्बन्धन प्राप्त कलेजहरुको नतिजा आएको हो । आइतबार साँझ ८ बजेसम्म प्राप्त मतपरिणाम अनुसार ३० वटा क्याम्पसमा सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा छ । त्यस्तै, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले १२ वटा क्याम्पसमा सभापति जितेको छ भने नेपाली कांग्रेसनिकट नेविसंघले १३ र नेकपा एसनिकट अनेरास्ववियूले ३ क्याम्पसमा सभापति जितेका छन् । ज्नमोर्चा निकट अखिल छैटौंले एउटा क्याम्पसमा सभापति जितेको छ भने विप्लव नेकपानिकट अखिल क्रान्तिकारीले एउटा क्याम्पसमा सभापति जितेको छ । अनेरास्ववियु (एमाले) १ः जिरी क्याम्पस दोलखा,ज्योती…

Read More