विराटनगर – हुन्डी कारोबारमा संलग्न भएको आरोपमा विराटनगर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले ४ लाख ७५ हजार नगदसहित शुक्रबार पक्राउ गरेको हो । विराटनगर महानगरपालिका-१५ का ३१ वर्षीय धर्मानन्द साहलाई ४ लाख ७५ हजार नगदसहित को २९ प ९३३९ मोटरसाइकलमा हिँड्दै गरेको अवस्थामा विभिन्न बैंकका भौचर र एटिएम कार्डसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई हुन्डी कारोबारमा संलग्न भएको आशंकामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।
Author: Saru Shrestha
काठमाडौँ – अन्तरव्यवस्थापिका सङ्घको १४६औँ महासभामा सहभागी हुन सभामुख देवराज घिमिरे बहराइन प्रस्थान गरेका छन् । ११ देखि १५ मार्चसम्म मानामामा हुने महासभाका लागी नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे बहराइन प्रस्थान गरेका हुन् । सभामुख घिमिरेसँगै प्रतिनिधिसभाका सदस्यहरू रमेश लेखक, हितराज पाण्डे र सन्तोष परियार पनि सहभागी हुनेछन् । यसैगरी, राष्ट्रिय सभामा सदस्य ईन्दु कडरिया, संघीय संसद्का महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीयसचिव तेजप्रकाश भट्टराई र संघीय संसद् सचिवालयका शाखा अधिकृत राजन घिमिरे पनि बहराइन प्रस्थान गरेका छन् ।
भारत – भारतको उत्तर प्रदेशस्थित देवरिया जिल्लामा हालै भएको एउटा विवाह समारोह रणभूमिमा परिणत भएको छ । विवाहमा दुलहा र दुलहीसँग कसलाई पहिलो फोटो खिच्न दिने भन्ने विवाद चर्किएपछि रणसंग्राम भएको बताइन्छ । वरमाला लगाइदिएपछि मादक पदार्थ सेवन गरेका जन्तीले पहिलो तस्बिर खिच्न माग गरेपछि कुटपिट शुरु भएको हो । झगडा छुट्याउन पुगेका दुलाहाका काका सख्त घाइते हुनेगरी कुटिए । बेहुलाकी बहिनी र धेरै पाहुना घाइते भएको प्रहरीले बताएको छ । गम्भीर घाइते भएका उनीहरुलाई उपचारार्थ नजिकैको अस्पताल लगिएको थियो । ‘हिजो राति साढे ९ बजे बिहेमा फोटो खिच्ने विषयमा झगडा भएको जानकारी आयो । लगत्तै प्रहरी टोली घटनास्थलमा पुग्दा…
काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको ग्राउन्डेड फुकुवा गरेको छ। प्राधिकरणका प्राविधिकहरूले श्रीका उडानमा रहेका जहाजको जाँचपडताल गरेर उडानका लागि अनुमति दिएको प्राधिकरणले जनाएको छ। भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखापरेको घटनापछि नियमनकारी निकाय प्राधिकरणले शुक्रबारदेखि कुनै पनि सेक्टरमा उडान गर्न नपाउने निर्णय गरेको थियो। यसैबीच, श्री एयरलाइन्सले प्राधिकरणका विज्ञ टोलीद्वारा आफ्ना कम्पनीका जहाजहरु जाँच तथा अध्ययन गरी पुन: सेवा सञ्चालन गर्न अनुमति दिएको जनाएको छ। कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शुक्रबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञहरुको टोलीद्वारा यस एयरलाइन्सको सम्पूर्ण जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ, अपरेसन, सुरक्षा तथा…
काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गरेका छन्। शुक्रबार राष्ट्रपति कार्यालयमा पुगेर प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गरेको प्रवक्ता सागर आचार्यले जानकारी दिए। उनका अनुसार नेपालको संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेल नेपालको राष्ट्रपति पदमा निर्वाचित भएको व्यहोराको प्रतिवेदन पेश भएको हो।
धनगढी – कैलालीको कैलारी गाउँपालिकाबाट एक जना लागूऔषधसहित पक्राउ परेका छन् । कैलाली गाउँपालिका-३ मोहनपुरबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका हुन् । १० ग्राम लागूऔषधसहित भारत घर भएका २० वर्षीय नदिन खानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
काठमाडौँ – ट्र्याक्टर ट्रली नहरमा खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको डेरा गाजी खान जिल्लाको डीजी नहरमा शुक्रबार खस्दा उनीहरूको मृत्यु भएको हो । करिब ४५ जना तीर्थयात्री बोकेको ट्रली उक्त जिल्लाको चौकी विमानस्थल सडक नजिकै तीव्र गतिका कारण दुर्घटना भएको उद्धार सेवाले जनाएको छ । उद्धारकर्ता घटनास्थल पुगेर स्थानीयको सहयोगमा उद्धार कार्य सुरु गरेको उद्धार सेवाले जनाएको छ । साथै, बेपत्ताहरूको खोजी कार्य जारी रहेकाले हालसम्म केही शवसहित २८ जना यात्रुमात्र फेला परेको जनाइएको छ । केही यात्रुहरू दुर्घटनापछि चिप्लिएर बगेको हुनसक्ने उद्धार सेवाले जनाएको छ ।
काठमाडौं – नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपतिबारे निर्वाचन आयोगको विज्ञप्ति र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अभिव्यक्तिमा मेल नभएको बताएका छन् । आठदलीय गठबन्धनको बैठकपछि उनले आयोगको विज्ञप्तिमा उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुनुपर्ने लेखिएको तर प्रमुख आयुक्तले मिडियामा दिएको अभिव्यक्ति संविधानको व्यवस्था विपरीत भएको बताए । “आयोगको विज्ञप्ति र प्रमुख आयुक्तको कुरा मिल्दैन । उहाँले मिडियामा बोलेका कुरा संविधानको व्यवस्था अनुकूल छैन । संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुन पाउने व्यवस्था छ,” उनले भने । उनले आयोगले संविधानमा लेखेको कुरा मान्नुपर्ने बताए । प्रमुख निर्वाचन आयुक्तसँग कुरा गरेपछि गठबन्धनले निर्णय लिने उनको भनाइ छ ।
काठमाडौँ – ओखलढुङ्गामा गुडिरहेको सवारीमा अचानक आगलागी भएको छ। काठमाडौँबाट सोलुखुम्बुका लागि छुटेको ना.१ज ८८८२ नम्बरको सुमोमा अचानक आगलागी भएको हो। सिद्धिचरण राजमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका-७ हिलेपानीनजिक गुडिरहेको सुमोमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ओखढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए। घटनामा मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक दासले बताए। उनका अनुसार सुमोमा नौजना सवार थिए। घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक केसीको नेतृत्वमा अनुसन्धान भइरहेको छ। उकालोमा सवारी अत्यधिक तातेका कारण वायरिङ सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
कञ्चनपुर- कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्या बढ्दै गएको छ। पछिल्लो अध्ययनअनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्या चार सय ५९ पुगेको प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मी जोशीले बताए। ‘राष्ट्रिय निकुञ्जमा हरेक बेला चराहरूको अध्ययन भइरहेको हुन्छ, अहिले यहाँ चराका प्रजातिको सङ्ख्या बढ्दै गएको छ’, उनले भने, ‘शुक्लाफाँटामा विभिन्न समयमा बसाइँ सरेर पनि चराहरू आउने गरेका छन्।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिने चराको प्रजाति पनि यहाँ रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोदकुमार यादवले बताए। यहाँ भुँडीफोर गरुड, राजधनेश, सुनैलो तोपचरा, खरमजुर, सानो खरमजुर, सुन गिद्ध र सारसलगायतका दुर्लभ चराका प्रजाति रहेको निकुञ्ज कार्यालयले जनाएको छ।…