लमजुङ – लमजुङमा रहेको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रबाट २१ दिन विद्युत उत्पादन बन्द भएको छ । आयोजनाको नियमित मर्मतका लागि मंगलबारदेखि ६ चैतसम्मका लागि विद्युत उत्पादन बन्द भएको हो । आयोजनाको बाँध क्षेत्रअन्तर्गत बाँयातर्फको सिभिल संरचना मर्मत गर्नुपर्ने भएकाले विद्युत उत्पादन बन्द गरिएको केन्द्रले जनाएको छ । दुई वर्षअघि मर्स्याङ्दी नदिमा आएको बाढीले क्षति पुर्याएको संरचना गत वर्षनै मर्मत गर्नुपर्ने भए पनि तत्कालीन समयमा देशभर विद्युत अभावका कारण उत्पादन बन्द गर्न नसकिएको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रका प्रमुख पवन बस्नेतले बताए । दुई वर्षअघिको १ असारमा आएको बाढीले आयोजनाको बाँध क्षेत्र बाँयातर्फ बेसीसहर–११ अन्तर्गत किनारमा लगाइएका ग्याबिन जालीमा क्षति पुर्याएको थियो । सोही…
Author: Saru Shrestha
धनगढी – नेकपा एमाले सम्बद्ध अनेरास्ववियु धनगढी नगर कमिटिले सञ्चालन गरेको फ्रि ट्युसन कक्षाबाट एक सय भन्दा बढि विद्यार्थी लाभाम्वित भएका छन् । नगर कमिटिले एसईई दिने विद्यार्थीलाई लक्षित गर्दै ४० दिनसम्म सञ्चालन गरेका निःशुल्यक ट्युसन कक्षाबाट एक सय विद्यार्थी लाभाम्वित भएका हुन् । नगर कमिटि अध्यक्ष नितिश जोशीले आइतबार ४० दिने कक्षा समापन गरिएको बताउदै अभियान अन्तरगत सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययनरत एक सय बढि विद्यार्थी लाभाम्वित भएको जानकारी दिए । उनकाअनुसार ती विद्यार्थीले गणित र विज्ञान विषयमा ट्युसन कक्षा लिएका थिए । अध्यक्ष जोशीले अनेरास्ववियु विद्यार्थी संगठनले आन्दोलन, ढुंगामुढा गर्ने मात्र नभएर समाज रुपान्तरणका लागि पनि नेतृत्वकर्ताका रुपमा…
धनगढी – कैलालीमा गोदावरी नगरपालिकाको अत्तरियामा किराना पसल सञ्चालन गर्दै आएकी एक महिला लागूऔषधसहित पक्राउ परेकी छन् । गोदावरी नगरपालिका–१ अत्तरियामा तरकारी बजार नजिक किराना पसल सञ्चालन गर्दै आएका ५४ वर्षीया कुसुम भट्ट अवैध लागूऔषधसहित पक्राउ परेकी हुन् । उनी ३१ ग्राम लागूऔषधसहित शनिबार साँझ पक्राउ परेकी हुन्। उनले लागूऔषध बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले लागूऔषधसहित उनलाई पक्राउ गरिएको बताइएको छ ।
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल सरकारको आर्थिक वर्ष २०७८-०७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएका छन् । शीतल निवासमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री प्रचण्डले सो प्रतिवेदन बुझाएका हुन् । संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७८-०७९ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
काठमाडौं – बारामा बसले किच्दा एक जनाको मृत्यु भएको छ । आइतबार मध्यान्ह वीरगंजबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५७०० नम्बरको बस ब्याक गर्नेक्रममा निजगढ नगरपालिका ८ बुधचोकका ५० वर्षीय मजिद मियाको ज्यान गएको हो । बसले किच्दा घाइते भएका मियालाई तत्काल स्थानीय सिटी अस्पतालमा उपचार पश्चात थप उपचारको लागि गण्डक हेल्थकेयर अस्पताल वीरगञ्ज रेफर गरिएकोमा अस्पताल पुर्याए लगत्तै उनको ज्यान गएको बारा प्रहरीले जनाएको छ । बस चालक सिरहा सुखिपुर नगरपालिका ८ का ४२ वर्षीय ललन कुमार दासलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय निजगढमा राखेको छ ।
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ । जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ । वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ ।
काठमाडौं – डडेलधुराको गन्यापधुरा गाउँपालिका-४ मा जन्मिएका गणेश भट्टको बाल्यकाल उतै वित्यो। एसएलसीसम्मको अध्ययन गाउँपालिकामै गरेका भट्ट उच्च शिक्षा अध्ययनका लागि २०६९ मा धनगढी झरे र सरस्वति मावि गेटा भर्ना भए। पछि उनी सुदूरपश्चिमाञ्जल क्याम्पसमा भर्ना भए। त्यहाँ पढ्दै गर्दा उनलाई धनगढीमा बस्न मन लागेन। र, गणेश भट्ट २०७२ सालमा सपनको सहर काठमाडौं छिरे। यहाँ उनले कोटेश्वर बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरे। काठमाडौं आउँदै गर्दा भट्ट रित्तो थिए। तर, सपनाका चाङ भने थुप्रै थिए। उनी मोडलिङ गर्न चाहन्थे। त्यससँगै उद्यमशीलता र समाजसेवा पनि। तर, चिनेजानेका कोहिँ छैनन्। गोजी रित्तो छ। आफ्नो सपनालाई कसरी पुरा गर्ने भन्ने चिन्ताले उनलाई सताइरहन्थ्यो।…
काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले रेलिङ नभएका छत र सडकमा होली नखेल्न आग्रह गरेको छ। विगतका वर्षहरूमा रेलिङ नभएका छत र सडकमा होली खेल्दा अप्रिय घटनाको जोखिम बढेको देखिएको भन्दै परिसरले रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न आग्रह गरेको हो । सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तरिकाले होली खेल्न प्रहरीको आग्रह छ । होली पर्वका नाममा उछृङ्खल क्रियाकलाप नर्न पनि प्रहरीको अनुरोध छ । अपरिचित मानिसहरूको समूहमा पनि होली नखेल्न प्रहरीले अनुरोध गरेको छ । ‘कसैको इच्छाविपरीत रङ, लोला, मोसो, केमिकल, फोहोर पानी र छाला आँखामा असर हुनेगरी रङ नलगाउनुहोला,’ प्रहरीले भनेको छ, ‘ट्राफिक नियमको पूर्ण पालना गरौँ…
धनगढी – नेकपा माओवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ । आज शनिबार बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको हो । बैठकले यसबारेमा केन्द्रीय कार्यालयलाई लेखि पठाउने निर्णय गरेको माओवादीका सांसद अक्कल रावलले जानकारी दिए । बैठकपछि माओवादी संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्रीसँग छलफल पनि गरेका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने तयारी गरेका छन् । एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको…
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचनमा अन्तर्घात गर्ने ८० जना नेता, कार्यकर्तालाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ । यसअघि बसेको केन्द्रीय कार्यकारिणी समितिको निर्णयबमोजिम छानबिन र कारबाही सिफारिस समितिले शनिबार अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाउँदै ८० जना नेता, कार्यकर्तालाई कारबाही गर्न सिफारिस गरेको हो । प्रतिवेदन बुझ्दै अध्यक्ष यादवले समितिको प्रतिवेदनमाथि केन्द्रीय समिति बैठकमा छलफल हुने र कारबाही प्रक्रिया अघि बढाउने बताए । चुनावमा घात अन्तर्घात गरेको भन्दै जसपामा पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत र कैलालीमा गरी ४८ जना केन्द्रीय कार्यसमिति सदस्यसहित १५२ जना नेता कार्यकर्ताविरुद्ध उजुरी परेको थियो ।…