धनगढी – नेकपा एमाले सम्बद्ध अनेरास्ववियु धनगढी नगर कमिटिले सञ्चालन गरेको फ्रि ट्युसन कक्षाबाट एक सय भन्दा बढि विद्यार्थी लाभाम्वित भएका छन् ।
नगर कमिटिले एसईई दिने विद्यार्थीलाई लक्षित गर्दै ४० दिनसम्म सञ्चालन गरेका निःशुल्यक ट्युसन कक्षाबाट एक सय विद्यार्थी लाभाम्वित भएका हुन् ।
नगर कमिटि अध्यक्ष नितिश जोशीले आइतबार ४० दिने कक्षा समापन गरिएको बताउदै अभियान अन्तरगत सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययनरत एक सय बढि विद्यार्थी लाभाम्वित भएको जानकारी दिए । उनकाअनुसार ती विद्यार्थीले गणित र विज्ञान विषयमा ट्युसन कक्षा लिएका थिए ।
अध्यक्ष जोशीले अनेरास्ववियु विद्यार्थी संगठनले आन्दोलन, ढुंगामुढा गर्ने मात्र नभएर समाज रुपान्तरणका लागि पनि नेतृत्वकर्ताका रुपमा अघि आउनुपर्छ भन्ने सन्देश दिन सफल भएको बताए ।
Facebook Comments Box