Author: Saru Shrestha

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष आज बुझाउँदैछ । राष्ट्रपति निर्वाचनवाट नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेले निर्वाचत भएको भोलीपल्ट अर्थात फागुन २६ गते मतपरिणामसहितको प्रतिवेदन बुझाउन लागेको हो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणाम सहितको प्रतिवेदन शुक्रवार राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

Read More

काठमाडौं – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा स्वागत गरेका छन् । बिहीबार साँझ प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई आफ्नो निवासमा स्वागत गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । पौडेलले आज भएको निर्वाचनमा राष्ट्रपति चुनिएका थिए । उनले एमालेका सुवास नेम्वाङलाई पराजित गरेका हुन् ।

Read More

काठमाडौं – नेपाली जनसम्पर्क समिति अमेरिकाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । एक विज्ञप्ति जारी गर्दै सम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले पौडेललाई बधाई ज्ञापन गरेका छन् । ‘नेपालको तेस्रो राष्ट्रपतिका रुपमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पौडेलको जितले गौरव बढाएको महसुस भएको छ। पौडेलको सफल कार्यकालको शुभकामना व्यक्त गछौं,’ विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँले राष्ट्र हितलाई केन्द्रमा राखेर काम गर्नुहुनेमा हामी सबै विश्वस्त छौं।’ राष्ट्रपति राष्ट्रको अभिभावक भएकाले पौडेलाई राष्ट्रलाई सर्वोपरी राखेर काम गर्नसमेत उनले सुझाव दिएका छन् । पौडेलको अभिभावकत्वमा संघीय लोकतान्त्रीक गणतन्त्र थप मजबुद हुने विश्वास आफूहरूको रहेको विष्टले…

Read More

धनगढी – उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले आज महाकाली नदीमा र्‍याफ्टिङ गरेका छन्। मुख्यमन्त्री धामीले बिहीवार टनकपुर–जौलजिवी सडकमा रहेको चरणमन्दिरदेखि टनकपुरको बुमसम्म करिब ११ किलोमिटर महाकाली नदी (शारदा नदी)मा र्‍याफ्टिङ गरेका हुन्। उनले महाकाली नदी र टनकपुर क्षेत्रलाई भारत र विश्वका लागि प्रसिद्ध बनाउन प्रदेश सरकार निरन्तर लागिरहेको बताए। उनले साहसिक खेलको प्रवद्र्धन गरेर यस क्षेत्रलाई नयाँ पहिचान दिन चाहेको बताए। मुख्यमन्त्रीले आगामी भदौमा महाकाली नदीमा राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता आयोजना गर्ने बताए। जसमा विभिन्न राज्यका प्रतियोगीहरु सहभागी हुनेछन्, यसका लागि ५० लाख रुपैयाँ निकासा गरिएको छ। मुख्यमन्त्रीले नयाँ उत्तराखण्डको लागि राज्य सरकारको संकल्पमा साहसिक पर्यटनलाई प्राथमिकतामा राखेको बताए। यसलाई प्रवर्द्धन गर्न…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुने बताएका छन्।​ बिहीवार राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले स्थानीय तह, प्रदेश र संघसँगै राष्ट्रपतिको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढंगले सकिएको बताए। उनले अबको ध्यान सरकारलाई पूर्णता दिने हुने जानकारी दिए। प्रचण्डले भने, ‘स्थानीय तहको निर्वाचनदेखि प्रदेश र संघको निर्वाचन अब राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेपछि उपराष्ट्रपतिको निर्वाचन एउटा बाँकी छ। अब हाम्रो ध्यान सरकारलाई पूर्णता दिने हुन्छ। उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार हुन्छ।’ राष्ट्रपति निर्वाचनबाट आज नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्।

Read More

बैतडी – बैतडीको एक क्याम्पसमा तालाबन्दी गरिएको छ। जिल्लाको सेटिगाउँ बहुमुखि क्याम्पसमा तालाबन्दी गरिएको हो। क्याम्पस प्रशासनले स्ववियु निर्वाचन विपरीत गएर निर्णय गरेको भन्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बिहीवार क्याम्पसमा ताला लगाएका हुन्। क्याम्पस प्रशासनले नियमित तर्फका विद्यार्थीहरुलाई मताधिकारबाट बञ्चित गराउने निर्णय गरेकोको भन्दै अनेरास्वयु र अखिल क्रानिकारी आन्दोलनमा उत्रिएको अखिल क्रान्तिकारीका जिल्ला इन्चार्ज गोबिन्द मालले बताए। पटक पटक निर्णय सच्च्याउन माग गरिएपनि क्याम्पस प्रशासनले बेवास्ता गरेपछि बाध्य भएर तालाबन्दी गर्नेु परेको उनले बताए। क्याम्पसको निर्णयले ७० प्रतिशत विद्यार्थी मताधिकारबाट बञ्चित संगठनहरुको दाबी छ।

Read More

धनगढी – धनगढीमा अटो (टेम्पो) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बिहीवार धनगढी उपमहानगरपालिका–३, मिलनचोकमा अटो (टेम्पो) दुर्घटना हुँदा उनको मृत्यु भएको हो।​ अत्तरिया-धनगढी सडकखण्डमा चौमालाबाट भीमबस्तीतर्फ जाँदै गरेको से१ह २६३९ नम्बरको अटो अनियन्त्रित भई पल्टिदा कैलालीको गौरीगंगा नगरपालिका-४ का ८५ वर्षीय तिलानन्द जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका जोशीको मायामेट्रो अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त अटो र चालकलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ।​ यसैगरी कञ्चनपुरस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–५ गुलरिया बजारमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। सु.प.प्र.०१००१ च २६२३ नम्बरको बोलेरो जिपले सु.प.प्र.०२००३ प…

Read More

धनगढी – आगामी चैत ५ र ८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई मध्येनजर गर्दै नेपाली कांग्रेस कैलालीले जिल्ला प्रतिनिधि खटाएको छ ।  नेपाल विद्यार्थी संघका उम्मेदवारलाई विजयी गराउन जिल्ला कार्य सम्पादन समिति कैलालीको बिहीबार जिल्ला पार्टी कार्यालय, धनगढीमा बसेको बैठकले प्रतिनिधि खटाउने निर्णय गरेको हो । समितिले संघीय निर्वाचन क्षेत्र १ र २ मा जिल्ला सचिव नृप बहादुर सुनार, निर्वाचन क्षेत्र नम्बर ३ उपसभापति भिम बडुवाल र निर्वाचन क्षेत्र ४ र ५ जिल्ला सचिव केशव राज मिश्रलाई खटाइएको प्रचार–प्रसार विभाग प्रमुख तपेन्द्र भुषालले जानकारी दिए । त्यस्तै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टीगत रुपमा कहीँ गठबन्धन गर्न चाहेमा केन्द्रीय गठबन्धनका…

Read More

काठमाडौँ – गायिका समीक्षा अधिकारी अष्ट्रेलिया उडेकी छन् । साँगीतिक कार्यक्रमका लागि उनी केही दिन अगाडि अष्ट्रेलिया उडेको उनका भिनाजु सुवास खत्रीले बताए । अष्ट्रेलियामा उनको केही कार्यक्रम तय भएको छ । जसमा उनले आफ्नो नयाँ तथा पुराना चर्चित गीत गाउनेछिन् । बुधबार साँझ सामाजिक सञ्जाल टिकटकमा उनलाई त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा विदाई गरेको भिडियो बाहिरिएको थियो । भिडियोमा दिदी शर्मिला अधिकारीसँगै उनी पनि रहेकी छन् । ‘नाई नभन्नु ल ५’ को चर्चित गीत ‘बालापनको उमेर’ बाट व्यावसायिक गायन यात्रा सुरु गरेकी समीक्षाले थुप्रै हिट गीत दिएकी छन् ।

Read More

बाजुरा: बाजुरामा भिरबाट लडेर बालिकाको मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिका–६ कोर्ध फडील्लाकी ६ वर्षीया कमला बडुवालको विद्यालय जाने क्रममा बिहीबार भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । बालिका स्थानीय नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा कक्षा १ मा अध्ययनरत थिइन् । विद्यालय गाउँबाट टाढा भएका कारण उनी बिहान ९ बजे घरबाट हिडेकी थिइन् । उनको खुट्टा चिप्लिएर लडेर मृत्यु भएको हो ।

Read More