काठमाडौं – हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंको कुलेश्वरबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश सिमलाथाना घर कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक वर्ष ४९ का विजयकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ । कुलेश्वरमा हुण्डी कारोबार हुने गरेको भन्ने सूचनाका आधारमकाठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्रेको हो । उनको साथबाट ५७ लाख रुपैयाँ नगद र १४ लाख ८० हजार रुपैयाँ बराबरका २ वटा चेक फेला परेको प्रहरीले जनाएको छ । उनी हुण्डी कारोबार गरेको आरोपमा २०७५ सालमा पनि २ लाख भारतीय रुपैयाँ र ३१ लाख नेपाली रुपैयाँसहित पक्राउ परी…
Author: Saru Shrestha
काठमाडौँ- सिरहामा ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ लुटिएको छ । बुधबार दिउँसो ३ बजे मिर्चैयाको ग्लोबल आइएमई बैंकबाट शाखा कार्यालय कल्याणपुरमा लैजाँदै गरेको कर्मचारीको साथबाट ९ लाख रकम लुटिएको सिरहाका प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले जानकारी दिए । मोटरसाइकलमा रकम लिएर कल्याणपुर जाँदै गर्दा मिर्चैयाको बसहा पुलमा ४ जनाको अज्ञात समूहले रकम लुटेको प्रहरीले जनाएको छ । लुटेराहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बझाङ – नेकपा एमाले बझाङले मंगलवारदेखि ‘मिसन ग्रासरुट’पार्टी सुदृढीकरण तथा विस्तार अभियान शुरु गरेको छ। अभियानको मंगलवार उद्घाटन गर्दै एमाले केन्द्रीय सदस्य लीलाधर भट्टले पार्टी सदस्यता वितरण र नवीकरण गर्दा भौतिक उपस्थितिमा मात्र गर्न पार्टीका कार्यकर्तालाई निर्देशन दिए। समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सक्ने गरी एकल बहुमत प्राप्त गर्न सक्ने बलियो राष्ट्रिय शक्तिका रूपमा पार्टीको विकास गर्न उक्त अभियान थालिएको उनको भनाइ छ। भट्टले केन्द्रको निर्देशनअनुसार मिसन ग्रासरुट अभियानमा लाग्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिए। मिसन ग्रासरुट अभियानका लागि बझाङमा पार्टी केन्द्रीय सदस्य भट्ट, प्रकाश शाह, संघीय सांसद तारा लामा र केन्द्रीय लेखा आयोग सदस्य वसुन्धरा रोकाया गरी चारजना…
काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । नेकपा एमालेले अध्यक्ष नेपाललाई राष्ट्रपति प्रस्ताव गरेलगत्तै काँग्रेस नेता पौडेल भेटका लागि पुगेका हुन् । एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा भएको भेटमा वरिष्ठ नेता पौडेलले राष्ट्रपतिबारे चासो राखेका थिए ।
काठमाडौं – पुरानो बसापार्कमा काठमाडौं भ्युटावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालकसमेत रहेका भेटुवाललाइ बैंकिङ कसुरको आरोपमा बुधबार पक्राउ गरेको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार उनी बिरुद्ध बैंकिङ कसुरको उजुरी परे पछि पक्राउ गरिएको पुष्टी गरे । उनले सो बाहेक थप कुनै जानकारी दिन चाहेनन । आजै उनलाई म्याद थपका लागि जिल्ला अदालत, काठमाडौं लगिनेछ । उनी यसअघि पनि पक्राउ परेका थिए ।
काठमाडौं – नेपाली यु–१९ क्रिकेट टिमको कप्तान देव खनाल चयन भएका छन् । यु–१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले खनाललाई कप्तान चयन गरेका हुन् । यसअघिका कप्तान गुल्सन युएईमा हुने आईसीसी क्रिकेट विश्वकप लिग टु को श्रृङ्खलाका लागि सिनियर टिममै रहने भएपछि देवलाई जिम्मेवारी दिइएको क्यानले जनाएको छ । यु–१९ नेपाली क्रिकेट टिमले २४ फेब्रुअरीदेखि २ मार्चसम्म हुने यु–१९ विश्वकपको एशिया छनोट खेल खेल्नेछ । जसमा नेपालले हङकङ, कुवेत, मलेसिया, सिंगापुर, युएईसँग खेल्नेछ । तीमध्ये एउटा टिमले सन् २०२४ मा श्रीलंकामा हुने यु-१९ विश्वकप खेल्नेछ ।
काठमाडौं – राइड सेयरिङ गर्नेहरुले अब मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्यान्ड राख्न पाउने भएका छन् । उच्च अदालत पाटनले मोटरसाइकलमा मोबाइल होल्डर र हेल्मेटमा क्यामरा राख्न नदिने निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा परमादेश जारी गरेको छ । दुर्घटना बढेको भन्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र यातायात व्यवस्था विभागको सहमतिमा ट्राफिक प्रहरीले मोटरसाइकलमा मोबाइल स्ट्यान्ड राख्न नदिने नियम बनाएको थियो । सवारी मोडिफिकेसन गर्न नपाइने तर्क गरेर यस्तो प्रयोगको रोकिएको थियो । ट्राफिकको कमदविरुद्ध सजिलो साथी प्रालिका डेभिड चौधरी र आर्यनराज पाण्डेले अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले स्ट्यान्ड र गोप्रो क्यामेरा प्रयोग गर्नेमाथि जरिबाना पनि नगर्न आदेश…
काठमाडौँ – राष्ट्रिय जनमोर्चाले वैशाख १० गते चितवन २ मा हुने उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । मङ्गलवार पार्टी अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा बसेको संसदीय बोर्डको बैठकले उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो । सो निर्वाचन क्षेत्रबाट रास्वपाका रवि लामिछानेले चुनाव लड्ने तयारी गरेको सन्दर्भमा जनमोर्चाले सोविरुद्ध उम्मेदवारी दिने तयारी गरेको हो । ‘चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इसाईकरण तथा पश्चिमाहरूको स्वार्थपूर्तिका लागि नेपालमा खोलिएको “स्वतन्त्र” पार्टीको भूमिकालाई भण्डाफोर गर्नका लागि उपनिर्वाचनलाई सङ्घर्षको महत्त्वपूर्ण मञ्चको रूपमा अगाडि बढाउने निर्णय गरेको छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । सबै साम्राज्यवादी शक्तिहरूका हर्कतका…
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने महत्त्वपूर्ण विषय भएको र यसलाई छलफल गरेर छिट्टै निष्कर्षमा पुर्याउने बताएका छन्। बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा आज नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वको गएको टोलीसँग उनले विषय गम्भीर भएको हुनाले चाँडै छलफल गरेर निष्कर्षमा पुग्ने बताएका हुन्। बारका अध्यक्ष घिमिरे प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीसमक्ष माग गरेका थिए। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र उच्च अदालतमा न्यायाधीश खाली हुँदा न्याय सम्पादनमा असर परेको हुनाले यस प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्याउन उनले माग गरे। अध्यक्ष घिमिरेले कायममुकायम (कामु) को भरमा न्यायालय चलेको एक वर्ष बितिसकेको हुनाले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि…
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सिसडोल, बञ्चरेडाँडा सडक मर्मत गर्न ठेक्का आह्वान गरेको छ । महानगरपालिकाले मङ्गलवार एक सूचना जारी गर्दै करबाहेक १ करोड ७४ लाख ७५ हजार रुपैयाँ अनुमानित बजेटको ठेक्का आह्वान गरेको हो । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले उपत्यकाको ल्याण्डफिल साइट जाने बाटोलाई मर्मत गर्न ठेक्का आह्वान गरेको जनाएको छ । महानगरका अनुसार बञ्चरेडाँडामा वर्षाको समयमा फोहोर बोकेर जाने टिपरहरुलाई बाटोको कारण समस्या हुने भन्दै मर्मतको काम गर्ने अहिले नै ठेक्का खोलिएको जनाइएको छ ।