Author: Saru Shrestha

धनगढी – धनगढीका पत्रकार टेकसिंह धामीलाई नेवि संघका कार्यकर्ता ओमप्रकाश अवस्थीले धम्की दिएका छन् । महेन्द्रनगर पोष्टका सम्पादक समेत रहेका धामीलाई आफूलाई नेवि संघको नेता बताउने अवस्थीले फोन गरेर टाउको फुटाइदिने धम्की दिएका हुन् । धामी सम्पादक रहेको महेन्द्रनगर पोष्टमा प्रकाशित भएको “कैलाली बहुमुखी क्याम्पसका स्वतन्त्र उम्मेदवारलाई नेविसंघको धम्की” शिर्षकको समाचारको विषयलाई लिएर समाचार किन लेखिस् ? तेरा हातखुट्टा भाँचिदिने भन्दै धम्क्याएका हुुन् । ‘नेवि संघको स्वतन्त्र उम्मेदवारलाई दवाव दिएको समाचार किन लेखिस् ? टाउको फुटालिदिन्छु। अब हिसावकिताब हुन्छ,’ उनले फोनमार्फत धामीलाई धम्क्याउदै भनेका छन् । यसैबीच पत्रकार धामीलाई धम्की दिएको घटनाप्रती प्रेस सेन्टर नेपाल कैलालीको ध्यानाकर्षण भएको जनाउदै अवस्थीलाई…

Read More

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दर्ता गरेको छ । ऊर्जा व्यवसायी न्यौपानेलाई धितोपत्रको भित्री कारोबार गरेको भन्दै बोर्डले मुद्दा दर्ता गरेको हो । काठमाडौँ जिल्ला अदालतमा न्यौपानेविरुद्ध ३ करोड २३ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।

Read More

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मर्चवारी गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्ष केशवनन्द बनियाँविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले बिहीबार उनको ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । १४ असार २०७४ मा पालिका अध्यक्षमा निर्वाचित भएका बनियाँ ९ वैशाख २०७९ सम्म पदमा थिए । अख्तियारले २१ असार २०७४ देखि ३० फागुन २०७८ सम्मको अवधिको सम्पत्ति जाँचबुझ गरेको थियो, जसमा पारिश्रमिक, बैठक भत्ता, ट्याक्टर तथा हार्वेस्टर बिक्री, छोराको नाममा रहेको घर गाउँपालिकालाई भाडामा दिए बापत प्राप्त रकम, राइस मिलको आय गरेर ८४ लाख १९ हजार ४५१ रुपैयाँ…

Read More

काठमाडौँ – काठमाडौँको चाबहिलस्थित चक्रपथ सडकमा आधा दर्जन सवारीसाधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । प्रहरी वृत्त महाराजगन्जका अनुसार पछाडिबाट हेभी गाडीले ठक्कर दिँदा अगाडि रहेका सवारीसाधन एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा एउटा हेभी गाडी, तीन साना गाडी, केही मोटरसाइकल तथा स्कुटरमा क्षति पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुलार्य उपचारको लागि हेम्स अस्पताल र त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

Read More

काठमाडौँ – नेपाल सरकारको निर्णयानुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वोच्च पद (प्रहरी महानिरीक्षक) बन्ने छन् । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा पदोन्नति भएका हुन् । हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह यही चैत १० गते राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । त्यसपछि रिक्त हुने आइजिपी पदमा हाल पदोन्नति भएका एआइजीबाटै बढुवा गर्नुपर्ने भएकाले अबको दुई दिनपछि नै पाँच एआइजीमध्ये…

Read More

पोखरा – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको सङ्ख्या यति हुनुपर्छ उति हुनुपर्छ भनेकोमा असन्तुष्टि जनाएका छन् । बिहीबार पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै शर्माले आफूले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एनजिओ आई एनजिओले नेपाली सेनाको सङ्ख्या यति हुनुपर्छ उति हुनुपर्छ भनेर घोषणा गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले भने, ‘सञ्चारमाध्यम र समाजिक सञ्जालबाट प्रसारित हुने भ्रामक प्रचारबाजीबाट तपाईँहरू टाढा रहनुपर्छ । तपाईंहरुलाई जान्न इच्छा भए हाम्रो विभाग, नेपाल सरकारका आदेश तथा निर्देशनबाट प्रस्ट बुझ्न सकिन्छ । समय समयमा कसको इसारामा हो बाहिरबाट नेपाली सेनाको सङ्ख्या यति हुनुपर्छ उति हुनुपर्छ, यस्तो साइजको…

Read More

काठमाडौं – २०८० सालमा बैंकका कर्मचारीहरुले ३५ दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैकले २०८० सालमा वैशाखदेखि चैतसम्मको लागि बैंक बिदा हुने सूची सार्वजनिक गरे अनुसार ३५ दिन पाउने भएका हुन । नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बन्द हुने राष्ट्र बैंकले जनाएको छ । उक्त सूची अनुसार दशैँमा ६ दिन र तिहारमा ५ दिनसहित १५ दिन भने पूर्ण रुपमा बैंकिङ सेवा बन्द हुनेछ । २०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक तथा पूर्ण रुपमा प्रभावित हुनेछ । जसमध्ये २० दिन भने बैंकहरुले नगद भुक्तानी ईसीसी, सार्वजनिक ऋण व्यवस्थापन लगायका आकस्मिक बैंकिङ…

Read More

काठमाडौं – काठमाडौँको कीर्तिपुरमा ट्राफिक प्रहरीले आज (बिहिबार) विशेष चेकिङ्गका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २६ वटा सवारी साधनका चालकलाई कारवाही गरेको छ । उक्त चेकिङ्गमा १ सय १५ भन्दा बढी सवारीसाधन चेक गर्दा १९ वटा ह्याण्डब्रेक ठिक नभएका र ७ वटा लाईटहरु दुरुस्त नभएका करिब २६ ओटा सवारीसाधनहरु फेला परे पश्चात चालकहरु कारबाहीमा परेका हुन। यान्त्रिक अवस्था ठिक नभएका सवारी साधनहरुलाई मर्मत गर्ने र तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने जनाईएकाे छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक सुनिल मल्लको कमाण्डमा ट्राफिक प्रहरीको टोली काठमाडौँको कीर्तिपुर क्षेत्रमा आज खटिएकाे थियाे । सवारी साधन चलाउदा…

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भइरसको संक्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालय दिपायलले गौरीफन्टा नाकाबाट भित्रिनेहरूको नमूना परीक्षण गर्दा सात जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ। यो नाकाबाट पछिल्लो २४ घण्टामा तीनसय नागरिक भित्रिएकामा शङ्कास्पद एकसय १६ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण गरिएको जनाइएको छ। सुदूरपश्चिमका गौरीफन्टा नाकाबाट तीन सय, गड्डाचौकी नाकाबाट दुई सय २०, जुलाघाट नाकाबाट ५५ र पुलघाट ९दार्चुला० नाकाबाट २५ नागरिक भित्रिएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ। नाकाबाट भित्रिनेमध्ये तीन सय ३३ को नमूना परीक्षण गरिएको थियो। सीमा नाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’मार्फत् नेपाल भित्रिनेहरूको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना जाँच गर्ने…

Read More

काठमाडौँ – जनकपुर उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष र वडा सचिव ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई घुससहित पक्राउ गरेको हो । उनीहरूलाई राम जानकी हस्पिटलनजिकबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ । जग्गा दर्ता कायम गर्ने सिलसिलामा उनीहरूले सेवाग्राहीबाट घुस लिएको आयोगका प्रवक्ता भोला दाहालले बताएका छन् । नियन्त्रणमा लिइएका चौधरी र रायमाथि थप अनुसन्धान भइरहेको छ ।

Read More