अर्घाखाँची – पाँचौ पाणिनी गाउँपालिका स्तरीय रनिङ शिल्डमा जित निकाल्दै लगातार तेस्रो पटक देउराली मावी पटौटिले रनिङ शिल्ड आफ्नो पोल्टामा पार्न सफल भएको छ । पाणिनी गाउँपालिकामा आइतबार र सोमवारसम्म सम्पन्न खेलहरुमा सबैभन्दा धेरै अङ्क ल्याउदै द्यौराली मावी पटौटिले तेस्रोपटक रनिङ शिल्ड जित्न सफल भएको हो । यो पटक २१ अङ्क पाएको द्यौरालीले अघिल्लो संस्करणका २ पटक पनि जित हात पारेको थियो । यो सङ्गै उसले शिल्ड आफ्नो कब्जामा पार्न सफल भएको हो । समापन कार्यक्रममा पालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले विभिन्न खेलमा बिजेता खेलाडी तथा बिधालयलाई पुस्तार, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । १७ अंक ल्याएको शिवमदन…
Author: Saru Shrestha
काठमाडौँ – सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या कसुरमा सशस्त्र प्रहरीका जवान होमबहादुर खत्रीलाई जन्मकैद सजाय भएको छ। सोमबार जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले जन्मकैद सजाय सुनाएको सप्तरी जिल्ला अदालतका श्रेस्तेदार कुमार मास्केले जानकारी दिए। सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई छिन्नमस्ता गाउँपालिका-३ मोहनपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बिओपी)मा कार्यरत असई सिराहाको भगवानपुर गाउँपालिका-२ नरहाका ४५ वर्षीय यादवको गत असोज १९ गते हत्या भएको थियो। हत्या कसुरमा सोही पोस्टमा कार्यरत प्रहरी जवान ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका–२ का ३९ वर्षीय खत्रीलाई जन्मकैद, ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने र फौजदारी कसुर पीडित राहत…
धनगढी – कैलालीमा बिहीबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधी सेवन अभियान सुरु गरिने भएको छ । प्रदेशको सबैभन्दा बढी जनसंख्या भएको कैलालीमा हात्तीपाइले रोग निवारणका लागि पुनः यसवर्ष पनि अभियान सुरु गरिन लागेको हो । यस बर्ष कैलालीमा एघारौँ पटक हात्तिपाइले निवारणका लागी औषधी खुवाउने अभियान सञ्चालन हुन लागेको हो । ६ पटकसम्म अनिवार्य औषधी सेवन गर्नुपर्ने भएपनि सुदूरपश्चिमका ९ जिल्लामध्ये कैलालीमा औषधी सेवनको लक्ष प्राप्त हुन सकेको छैन । जिल्लाको ६५ प्रतिशतले औषधी सेवन गर्नुपर्ने भएपनि करिब ५० प्रतिशतले मात्रै ५ पटक औषधी सेवन गरेका छन् ।
काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसमक्ष प्रस्ताव राखेको छ । अध्यक्ष ठाकुरसहित शीर्ष पाँच नेताको टोलीले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा र एमाले अध्यक्ष ओलीलाई बालकोट पुगेर भेट गरी प्रस्ताव राखेका हुन् । “काँग्रेसको उम्मेदवार एमालेलाई स्वीकार नहुने, एमालेको उम्मेदवार काँग्रेसलाई मान्य नहुने भएकाले निष्कलङ्क व्यक्तित्व महन्थ ठाकुरजीलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा हामीले प्रस्ताव गरेका छौ,” लोसपाका नेता सर्वेन्द्रनाथ शुक्लले भने, “प्रधानमन्त्रीज्यूले १२ बुँदे सहमतिदेखि नै ठाकुरजीको सहभागिता आफूले नबिर्सिएको भन्दै प्रशंसा गर्नुभएको छ ।” उनले एमाले अध्यक्ष ओलीसँगको भेट पनि सकारात्मक भएको बताए…
काठमाडौँ – विदेशमा रहेका श्रमिकको स्वास्थ्यसम्बन्धी जिज्ञासा तथा समस्याहरूलाई समाधान गर्न ‘टेलिमेडिसिन सेवा’ शुरु गरिने भएको छ प्रधानमन्त्री एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टेलिमेडिसिन सेवा सञ्चालन गर्ने निर्णय गरेका हुन श्रमिकका स्वास्थ्य समस्या उचित समयमै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले टेलिमेडिसिन सेवा उपलब्ध गराउन लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एक नारायण अर्यालले बताए वैदेशिक रोजगारमा रहेका श्रमिकका स्वास्थ्य समस्या बुझ्ने र अनलाइनमार्फत सचेतना फैलाई जोखिम न्यूनीकरणमा टेलिमेडिसिन सेवा थप प्रभावकारी हुने सचिव अर्यालको भनाई छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूले सानो सानो स्वास्थ्य समस्याबाट पीडित हुनुपर्ने र…
बुटवल – नवलपरासीको गण्डक नहरमा बगेर एक महिला आफ्ना दुई छोरासहित वेपत्ता भएकी छिन् । नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरास्थित गण्डक नहरमा महलबारी बस्ने २९ वर्षिया प्रतिमा थारू ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितलाई लिएर हाम फालेको जानकारी आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए । प्रतिमाका श्रीमान् वैदेशिक रोजगारीमा गएका छन् । उनले के कति कारणले हाम फालिन भन्नेबारे अनुसन्धान भइरहेको र नहरमा बेपत्ता तीनै जनाको खोजी भइरहेको डिएसपी पाण्डेले बताए ।
काठमाडौं – नागार्जुन नगरपालिका-२ गैरीगाउँ डेरा गरी बस्ने ४७ वर्षीय उद्दब मल्लको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने गोरखा घर भएका २५ वर्षीय भोज प्रताप थापा समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३३ हजार ६ सय रूपैयाँ र ९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति पदको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा दुई दलका शीर्ष नेताबीच आइतबार दिउँसो महाराजगन्जमा भेट भएको स्रोतले बतायो । एमाले अध्यक्ष ओलीले नेपाललाई पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका हुन् । पार्टी विभाजनपछि विवाद व्यक्तिगत तवरमै चुलिरहेका बेला ओली र नेपालबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाललाई समेत राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई समेत ओलीको सोही प्रस्ताव रहेको छ ।
डोटी -डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ स्थित चवराचौतारामा नेपाली सेनाद्वारा निमार्ण गरिएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालिकासँगको समन्वयमा सिलगढी स्थित भैरव प्रसाद गण डोटीले चालु आव २०७९÷०८० मा सिमिक कार्यक्रम अन्तर्गत ५ लाख लगानीमा निमार्ण गरिएको हेलिप्याडको सोमबार उद्घाटन सँगै गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । हेलिप्याडको गाउँपालिका अध्यक्ष कमल बहादुर गडसिला र गणपति प्रमुख सेनानी जनमत किर्किले संयुक्त रूपमा उद्घाटन गरेका थिए । मङ्सिर ८ देखि निमार्ण कार्य सुरु गरेको नेपाली सेनाले ४५ दिनमा हेलिप्याड तयार गरेको नेपाली सेना भैरव प्रसाद गणले जनाएको छ ।
काठमाडौँ – सभामुख देवराज घिमिरेसँग जर्मन संसद्को साउथ एसिया समूहका सदस्य र नेपालका लागि जर्मनीका राजदूतले शिष्टाचार भेट गरेका छन् । सिंहदरवारस्थित सभामुख कार्यालयमा भएको भेटमा दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध, नेपालको दिगो आर्थिक विकास लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । भेटका क्रममा सभामुख घिमिरेले नेपाल र जर्मनीबीचको लामो कुटनीतिक सम्बन्ध र सन् २०१७ मा जर्मनीका उपसभामुखको नेपाल भ्रमण स्मरण गराएका छन् । साथै उनले नेपालको संक्रमणकालीन न्यायका केही विषय सम्बोधन गर्न बाँकी रहेको उल्लेख गर्दै सो विषयलाई संसदले यथाशीघ्र टुङ्गो लगाउने उल्लेख गरेका छन् । नवीकरणीय र स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि गर्ने, दिगो आर्थिक विकास र स्वास्थ्य…