Author: Saru Shrestha

चितवन – निर्वाचन आयोगले चितवन क्षेत्र नं. २ को उपनिर्वाचन आगामी वैशाख १० गते गर्ने निर्णय गरेपछि जिल्लामा सम्भावित उम्मेदवारहरुका बारेमा चर्चा सुरु भएको छ । गत मंसिरमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जितेको चितवन क्षेत्र नं. २ मा यसपटक कांग्रेसबाट अहिलेसम्म ३ जना आकांक्षी देखिएका छन् । गत निर्वाचनमा पराजित कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले आफू पुनः उम्मेदवार बन्ने इच्छा व्यक्त गरिसकेको अवस्थामा चितवन कांग्रेसका सभापति राजेश्वर खनाल र पूर्व सभापति जितनारायण श्रेष्ठले आआफ्नो उम्मेदवारीको दावी गरेका छन् । कांग्रेस चितवनका पूर्व सभापति जितनारायण श्रेष्ठले क्षेत्र नं. २ को उम्मेदवारमा आफ्नो स्वभाविक दावी रहने प्रतिक्रिया दिए ।…

Read More

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई चिकित्सकमाथि हातपात र दुव्र्यवहार गर्ने तथा निर्देशन दिने सुरक्षाकर्मीलाई कारबाही गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै घाइते चिकित्सकको उपचारको व्यवस्था गर्न र उक्त घटनाको छानबिन गरी चिकित्सकमाथि हातपात र दुव्र्यवहार गर्ने तथा निर्देशन दिने सुरक्षाकर्मीमाथि कारबाही गर्न सरकारलाई आग्रह गरेको हो । यही माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले कुटपिट गरेका थिए । आयोगले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा समयसापेक्ष परिमार्जन गरी सवारी सुरक्षालाई चुस्त बनाउन, विशिष्ट व्यक्तिको सवारीका बेला आम सर्वसाधारणलाई पर्नसक्ने प्रभावबारे गम्भीर…

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मूक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाटवार्ता भएको छ । टीकापुर घटनामा डिल्लीबजार कारागार काठमाडौंमा रहेका नागरिक उन्मूक्ति पार्टीका संरक्षक चौधरीलाई भेट्न मुख्यमन्त्री शाह कारागार पुगेका हुन् । उर्नीहरूबीच भेटघाट केकुरा भयो भन्नेबारे खुलेको छैन । मुख्यमन्त्री शाहले शनिबार जानकी गाउँपालिका ९ स्थित चौधरीको परिवारसँग समेत भेटघाट गरेका थिए ।

Read More

काठमाडौं – सरकारले १ फागुनमा जनयुद्ध दिवसको बिदा दिएकामा सत्तारुढ घटक राष्ट्रिय प्रजातन्त्र पार्टीले असन्तुष्टि जनाएको छ । आइतबारको मन्त्रिपरिषद बैठकले जनयुद्धको अवसरमा बिदा दिने निर्णय गरेको थियो । १ फागुन २०५२ मा तत्कालिन नेकपा माओवादीले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा हिंसात्मक आन्दोलन सुरु गरेको थियो । सोही दिनको सम्झनामा प्रचण्ड नेतृत्वको सरकारले बिदा दिएको हो । उक्त बैठकमा राप्रपाका मन्त्रीहरु सहभागी भएनन् । राप्रपाबाट उपप्रधानमन्त्री तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा राज्यमन्त्री दीपकबहादुर सिंह मन्त्रिपरिषदमा छन् । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कुनै राजनीतिक दलको अगुवाइमा भएको हिंसात्मक द्वन्द्वलाई…

Read More

काठमाडौं – सरकारले कैलालीको गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गेटामा सरकारी लगानीमा निर्माण भएको संरचनामा स्वास्थ्य विज्ञानसम्बनन्धी विशिष्टिकृत विश्वविद्यालयको रुपमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नु उपयुक्त हुने निर्णय गरेको हो । अब शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो विश्वविद्यालयसम्बन्धी विधेयक तर्जुमा गर्नेछ । उक्त विधेयक संसदबाट पारित भएपछि विश्वविद्यालय स्थापना हुनेछ । गेटा मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार निर्माण विकास समितिले २८ वटा संरचना बनाएको छ भने २३ वटा निर्माणाधीन छन् । निर्माणाधीनमध्ये १२ वटा संरचनाको काम आगामी असारमा सम्पन्न हुने पूर्वाधार विकास…

Read More

दाङ – लुम्बिनी प्रदेश सरकारका नवनियुक्त सात मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दाङको राप्ती गाउँपालिका मौरीघाटमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त भएका मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । पुनर्गठित मन्त्रिपरिषदमा नेकपा एमालेबाट तीन जना, माओवादी केन्द्रबाट दुई जना, राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका थिए । समारोहमा आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले शपथ लिएका…

Read More

काठमाडौं – सरकारले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट घटाएको जानकारी दिएका हुन् । गत १५ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पेसको गरेको बजेटको आकारलाई घटाएका हुन् । तत्कालीन अर्थमन्त्री शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए । सोही बजेटको आकारलाई १४ प्रतिशतले घटाउँदै अर्थमन्त्री पौडेललले चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेका हुन् । अर्थमन्त्री पौडेलले चालु खर्च ११ खर्ब ८३ अर्ब २३ करोडबाट १० खर्ब २१ अर्ब ९२ करोड,…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले आफ्नो सोह्रौं वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उक्त प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले गत आर्थिक वर्षमा स्थानीय तह सदस्यको निर्वाचन र चालू आर्थिक वर्षमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकामा आयोगलाई धन्यवाद दिए । उनले आवधिक निर्वाचन लोकतन्त्रको प्राण भएकाले समयमा नै निर्वाचन सम्पन्न हुनु पर्दछ भन्ने विषयलाई प्रमाणित गरेकामा आयोगलाई धन्यवाद समेत व्यक्त गरे । राष्ट्रपति भण्डारीले मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य निरन्तररुपमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै सबै मतदाताले समानुपातिक…

Read More

पोखरा – पर्यटकीय सहर पोखराको लेकसाइडस्थित हल्लनचोकमा रहेको लेकसाइड सेन्टरको भवनमा आज ९शनिबार० साँझ लागेको आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको छ । हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भूइँतलामा रहेको गोदामबाट साँझ ४ः३५ बजे सुरु भएको आगलागी ६ः४५ बजे पूर्ण नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बैदामका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार आगलागीबाट सेन्टरमा सञ्चालित आधा दर्जन व्यापारिक प्रतिष्ठानमा क्षति पुगेको छ । आगलागीका समयमा कर्मचारी तथा ग्राहक पसलमा भए पनि मानवीय क्षति भने भएको छैन । प्रहरी निरीक्षक पौडेलले भने, “आगलागी पूर्ण नियन्त्रणमा लिएका छौँ । अहिले राति भएकाले क्षतिको सबै विवरण सङ्कलनमा कठिनाइ भएकाले…

Read More

काठमाडौं – चिकित्सकमाथि ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि कारबाही प्रक्रिया सुरु गरिएको बताउँदै परिस्थितिलाई सामान्यीकरण गर्न नेपाल प्रहरीले आग्रह गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित भइसकेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बन गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी पोशराज पोखरेलले बताए । प्रहरीबाट अमर्यादित र अव्यवसायिक व्यवहार भएको सन्दर्भमा प्रहरी कर्मचारी र नेपाल चिकित्सक संघ तथा अस्पतालमा कार्यरत चिकित्सक बीच उत्पन्न विवादको घटनाले अत्यन्त संवेदनशील बनाएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी परिसर टेकुका सूचना अधिकृत प्रहरी उपरीक्षक सिताराम रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सक एवं सुरक्षाकर्मी बीच अन्योन्याश्रित…

Read More