Author: Saru Shrestha

अछाम – अछाममा बालिका करणीको आरोपमा एक जना पक्राउ परेका छन्। शुक्रबार राति जिल्लाको साँफेबगरस्थित एक होटलमा बाजुराकी १७ वर्षीया बालिका माथि जबरजस्ती करणी भएको हो। करणी गरेको आरोपमा प्रहरीले ३० बर्षिय एक पुरुषलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश बिष्टले बताए। घटनाको अनुसन्धान भइरहेकोले प्रहरीले पीडकको नाम भने खुलाइएको छैन।

Read More

धनगढी – कैलाली बहुमुखी क्याम्पसमा दीप प्रज्वलन गरिएको छ । क्याम्पसका सह-प्राध्यापक खड्गबहादुर पछेराको सम्झनामा दीप प्रज्वलन गरिएको हो । प्राध्यापक पछेराको बिहीबार निधन भएको थियो । दीप प्रज्ज्वलनमा क्याम्पस प्रमुख लगायत विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

Read More

धनगडी – सुदूरपश्चिम प्रदेश कराते महासंघको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डेय चयन भएका छन्। धनगढीस्थित रंगशालामा आज सम्पन्न भएको सुदूरपश्चिम प्रदेश कराते महासंघको अधिवेशनले त्रैलोक्यनाथ पाण्डेयको अध्यक्षतामा १५ सदस्यीय सुदुरपश्चिम् प्रदेश कराते महासंघको कार्यसमितिको चयन गरेको हो। महासंघको उपाध्यक्षमा हिक्मत भण्डारी र डिल्ली सुवेदी, सचिवमा बहादुर सिंह ओड, सह-सचीवमा बिनोद चन्द र पुष्पराज भट्ट, कोषाध्यक्षमा उमा महतो, सह-कोषाध्यक्षमा नरेन्द्र कार्की निर्बिरोध निर्वाचित भएका छन्। यस्तै सदस्यहरुमा प्रभाव भण्डारी, नन्दकृष्ण जैशी, दिनेश रावल, हेमा भट्ट, बिजय सिंह ऐरी, मोहन एस। के।, ओमप्रकाश पन्त र किरण बोहरा निर्वाचित भएका छन्। त्यस्तै केन्द्रिय सदस्यमा गजेन्द्र साउद्लाई चयन गरेको छ भने केन्द्रिय महाधिवेशन प्रतिनिधिमा मकेन्द्र बहदुर…

Read More

काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालका २८ जना नायब उपरीक्षक (डीएसपी) र ५१ जना निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा भएको छ। डीएसपी सरुवा सूची इन्स्पेक्टर सरुवा सूची

Read More

काठमाडौँ – नेपाललाई एकदिवसीय विश्वकप छनोटमा पुर्‍याउने नेपाली क्रिकेट टिमलाई भोलि दशरथ रङ्गशालामा सम्मान गरिने भएको छ । शहीद स्मारक ए डिभिजन लिग अन्तरगत शनिबार साँझ ५ः३० बजे हुने सशस्त्र प्रहरी र मनाङ मर्स्याङ्दी क्लबबीच खेलका क्रममा क्रिकेट टिमलाई सम्मान गर्न लागिएको हो । भोलिको खेलमा टिकटबाट प्राप्त हुने रकम क्रिकेट सङ्घको खेलाडी कल्याण कोषमा हस्तान्तरण गरिनेछ । रङ्गशालामा सामान्य प्याराफिटतर्फ १०० र भीआईपीतर्फ ३०० रुपैयाँ टिकट लाग्छ । बिहीबार मात्र त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको आइसिसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा युएईलाई ९ रन (डीएल मेथड) ले हराउँदै नेपालले विश्वकप छनोटमा स्थान बनाएको थियो ।

Read More

महोत्तरी – करिब १० लाख भारतीय रुपैयाँसहित पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजानिक गरेको छ । ९ लाख ९८ हजार रुपैयाँसहित पक्राउ परेका जलेश्वर नगरपालिका ३ मलिवाराका ३४ वर्षीय विमलेश पाण्डेलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले सार्वजानिक गरेको हो। गत बुधबार पाण्डे सवार ज ४ प ७०३४ नम्बरको मोटरसाईकललाई प्रहरीले चेकजाँच गर्दा कालो कपडा भित्र लुकाई छिपाई राखेको अवस्थामा भारतीय रुपैयाँ ५०० का १ हजार ९९६ थान नोट बरामद भएको थियो। पक्राउ परेका पाण्डे जिल्ला प्रहरी कार्यालय महोत्तरीको नियन्त्रणमा छन्। बरामद रकमबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भवन शीतल निवासमा पुगेका हुन् । पौडेल राष्ट्रपति निर्वाचित भइसकेपछि उनीहरुबीच पहिलो पल्ट भेट भएको हो ।

Read More

काठमाडौं – प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त बालाजुका तत्कालीन डीएसपी रविन विष्ट र प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी गणेशबहादुर बमलाई कारबाही गरेको छ। गत फागुन १ गते काठमाडौंको बालाजुमा यातायात मजदुरको आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न डीआईजी मसाउद आलम खाँको नेतृत्वमा गठित समितिले गरेको सिफारिसका आधारमा डीएसपीद्वय विष्ट र बममाथि कारबाही भएको हो। बालाजुमा भएको यातायात मजदुरको आन्दोलनका क्रममा उनीहरूको कमजोर कमाण्डका कारण प्रहरीकै गाडीमा आगजनी, तोडफोड र मोबाइल पसल लुटपाट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डीएसपी विष्टलाई तीन वर्षसम्म बढुवा रोक्का गरिएको छ। घटनापछि विष्टलाई जिम्मेवारीबाट हटाइएको थियो। यस्तै डीएसपी बमलाई भने…

Read More

काठमाडौं – नेपाललाई विश्वकप छनोटमा पुर्‍याउने राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय आरिफ शेख र आसिफ शेखलाई वीरगञ्ज महानगरपालिकाले मोटरसाइकल पुरस्कार दिने भएको छ । वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले एकदिवसीय मान्यता सुरक्षित गर्न र नेपाललाई विश्वकप छनोटमा पुर्‍याउन उत्कृष्ट प्रदर्शन गरेको भन्दै शेख दाजुभाइलाई मोटरसाइकल दिने घोषणा गरेका हुन् । मेयर सिंहले वीरगञ्जका स्थानीयले राष्ट्रको प्रतिनिधित्व गर्दै शीर उँचो बनाएकोले स्थानीय सरकारको रुपमा पुरस्कृत गरेको बताए । राष्ट्रिय टिमका अलराउण्डर आरिफले विश्वकप छनोटको लागि निर्णयक खेलमा बिहीबार यूएई विरुद्ध अर्धशतकीय योगदान गरेका थिए । विकेटकिपर ब्याटर आसिफले लिग २ मा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

Read More

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय राष्ट्रपति द्रौपती मुर्मुबीच टेलिफोन वार्ता भएको छ। भारतीय राष्ट्रपति मुर्मुले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएकी छन्। टेलिफोन वार्तामा दुई देशका राष्ट्रपतिले दुई पक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा कुराकानी गरेका छन्। केरला भ्रमणमा रहेकी भारतीय राष्ट्रपतिले शुक्रबार साँझ राष्ट्रपति पौडेललाई टेलिफोन गरेकी हुन्। फाल्गुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेलले २८ गते पद तथा गोपनियताको शपथ लिएका थिए।

Read More