काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको समन्वय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाको अनुगमन गरेको छ। कृषि मन्त्रालयको कृषि प्रयोगशालाअन्तर्गत सञ्चालन हुँदै आएको कालिमाटीस्थित उक्त प्रयोगशालाले तरकारी तथा फलफूलमा विषादी परीक्षणको गुणस्तरीयता तथा प्रभावकारिताबारे अध्ययन गर्न टोलीले अनुगमन गरेको हो। कृषि मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुली नेतृत्वको टोलीले प्रयोगशालाको निरीक्षण गर्नुका साथै प्रयोगशालाको गतिविधिको अनुगमन गरेको थियो। प्रयोगशालाले हाल दैनिक १० देखि १२ वटा नमूनाको अध्ययन गरी तरकारी तथा फलफूलको गुणस्तरीयता सुनिश्चित गर्दै आइरहेको छ। अनुमगन टोलीले कालिमाटी प्रयोगशाला तथा देशका अन्य स्थानमा रहेका प्रयोगशालाको सेवा…
Author: Saru Shrestha
कञ्चनपुर – कञ्चनपुर जिल्लामा यौन दुब्र्यहार तथा जबरजस्ती करणीको आरोपमा एक जनालाई कारगार चलान गरिएको छ । जिल्लाको भिमदत्त नगरपालिका–४का शंकर बहादुर चन्दलाई कारागार चलान गरिएको छ । कल्याण अञ्चल बाल अनाथालयका प्रमुख शंकर बहादुर चन्दले विगत एव वर्षदेखि वालवालिका विद्यालय गएको बेला अफिसमा पटक-पटक अनाथलयमा बस्ने वालिकालाई यौन दुब्र्यबहार,जबरजस्ती करणी गरी गर्भपतन समेत गरेको खुलेको छ । उनलाई बालयौन दुरुपयोग, जबरजस्ती करणी र गर्भपत कसुरमा मुद्वामा कञचनपुर जिल्ला अदालतले २०७९/११/१७ गते बालयौन दुरुपयोग कसुरमा ५० हजार जरिवाना , जबरजस्ती करणी र गर्भपतन कसुर मा पुर्पक्षका लागी कारागार पठाइएको हो ।
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का दुई समूहबीच झडप भएको छ । चैत ५ मा हुने स्ववियु निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा बसेको बैठक संस्थापन र इतरपक्षबीच झडप भएको हो । झडपमा परी नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल गम्भीर घाइते भएका छन् । उम्मेदवार छनौट गर्ने विषयमा अध्यक्ष दुजाङ शेर्पाले गुण्डा पठाएर आफूहरूमाथि आक्रमण गरेको उनीहरूको भनाई छ । इतरपक्षका नेताहरूले अध्यक्ष भएर त्यस्तो कार्य गर्नु खेदजनक भएको उनीहरूको भनाई छ । त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका विभिन्न समूह सक्रिय थिए । त्यसपछि नेविसंघ केन्द्रीय कार्यालयले नेविसंघको कुनै पनि आधिकारिक समूह नरहेको भन्दै विज्ञप्ति जारी गरेका…
काठमाडौँ – सुरक्षा संवेदनशीलताका नाममा विमानस्थल भित्र यात्रुलाई दुःख नदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन् । बिहीबार हवाई क्षेत्रका विभागीय प्रमुख तथा विमानस्थलका अधिकारीहरूसँगको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । चार्ल्स शोभराजले नेपालको विमानस्थलबाट हात्ती समेत छिराउँछु भनेर भनेको सन्दर्भ निकाल्दै उनले यति कडा सुरक्षा घेराबाट पनि केजीमा नभई कुइन्टलमा सुन तस्कर भएको विगत रहेको उल्लेख गरे । ‘सुरक्षा चुनौती छन्, सरक्षामा कुनै सम्झौता गर्नुहुँदैन, तर सुरक्षा संवेदनशीलता देखाएर यात्रुहरूलाई दुर्व्यवहार भइरहेको छ’ उनले भने । विमानस्थल भित्र बेला बेला हुने सर्भर डाउनले यात्रुले सास्ती पाएको भन्दै उनले यात्रुहरूमा नकारात्मक…
पोखरा – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गुरुङले प्रदेशसभाको चालु अधिवेशन १८ फागुन बिहीबार मध्यराति १२ बजेदेखि अन्त्य गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए । अधिवेशन अन्त्य गरिएको विषयमा जानकारी दिन प्रवक्ता अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकार गण्डकी प्रदेश, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट प्रदेश सभाको चालु अधिवेशन ०७९ फागुन १८ गते बिहीबार राति १२ बजेटबाट अन्त्य भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’
धनगढी – कैलालीमा ११ औं चरणमा सुरु भएको हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तरगत आम औषधी सेवन कार्यक्रममा स्वास्थ्यकर्मीको औषधी खुवाउने पुरानै शैली दोहोरिएको पाइएको छ । फागुन ११ गते देखि सुरु भएको आम औषधी सेवन कार्यक्रम अन्तरगत यस पटक स्वास्थ्यकर्मीको आफ्नो प्रत्यक्ष निग्रानीमा मात्रै औषधी सेवन गराइनु पर्ने नीति रहेको छ । तर स्वास्थ्यकर्मीले भने यस अघिकै शैलिमा हातमा औषधी दिएर जाने गरेका छन् । ‘मंगलबार स्वास्थयकर्मी आएर औषधी खानुहोला भन्दै ट्याब्लेट दिएर गएका छन्,’ धनगढी–४ चटपकुरमा होटेल व्यवसाय गरिरहेका प्रेम भट्टले भने, ‘पहिला यति धेरै औषधीका ट्याब्लेट दिँदैनथ्यो यस पटक औषधी बढाएर दिइएका छन्, स्वास्थ्यकर्मीले कागजमा दिएको औषधी र्याकमा राखेको…
धनगढी: बैतडीमा डिउटीमै बेहोस भएका प्रहरी सहायक हवलदारको मृत्यु भएको छ। मेलौली नगरपालिकाको सलेना प्रहरी चौकीमा कार्यरत कैलाली स्थायी घर भएका ३२ वर्षीय प्रहरी सहायक हवल्दार नविन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। डिउटीमा बेहोस भेटिएका चौधरीलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो तर स्वास्थ्य केन्द्र पुगाउदा चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए। उनको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।
धनगढी: कैलालीमा दुई जना मृत अवस्थामा भेटिएका छन्। आज (बुधवार) जिल्लाको कैलारी गाउँपालिका–७ स्थित बसन्ताको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीय गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरी मृत अवस्थामा भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरू आज दिउँसो रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिएको छ। उनीहरु दुवै छिमेकी भएको र सामुदायिक वनको एउटै रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बताए। उनका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ललितादेवी बाख्रा चराउन जंगलमा गएकी थिइन् भने दास के–कति कारणले जंगलमा गएका थिए ? भन्ने खुलेको छैन। उनीहरु दुवै जना विवाहित भएपनि…
बझाङ – जिल्ला प्रशासन कार्यालय बझाङले कार्यालय समय सुरु हुनुअघि राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको छ । प्रशासनले फागुन १७ गते बुधबार आजदेखि कार्यालय समय सुरु हुनुभन्दा पहिला राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको हो । प्रत्येक दिन कार्यालय समय सुरु हुनु पूर्व पोसाकमा सजिएर राष्ट्रिय गान गाएर मात्रै काम सुरु गर्ने गरी उक्त कार्यको थालनी गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । उनले भने, ‘राष्ट्रिय गान गाएर कार्यालयको काम सुरु गर्दा समयमै कर्मचारी कार्यालयमा उपस्थिति हुने,राष्ट्रप्रतिको माया विश्वास र समपर्ण भावलाई झल्काउनुका साथै सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न सकिने विश्वास लिएका छौं ।’ उनले राष्ट्रिय गान पश्चात…
विराटनगर – प्रदेश १ को प्रस्तावित नाम ‘कोशी’ बहुमतले स्वीकृत भएको छ । नामकरणका निम्ति प्रदेशसभामा नेकपा एमाले र नेपाली कांग्रेसले दर्ता गराएको ‘कोशी’ नामको प्रस्ताव भने स्वीकृत भएको हो। प्रदेशसभाका बहुमत सांसदहरूको समर्थनमा सो प्रस्ताव छलफलका निम्ति स्वीकृत भएको प्रदेशसभा सचिवालयका प्रवक्ता चन्द्रमणि पोखरेलले बताए। उनले हालः उक्त प्रस्तावउपर प्रदेशसभा बैठकमा छलफल भइरहेको जानकारी दिए। उनले भने, ‘नाममाथिको छलफल सकिएपछि मत विभाजन हुन्छ। मत विभाजनमा प्रदेशसभाको दुई तिहाइ बहुमतले नाम पारित गरेपछि प्रदेशले नाम पाउँछ।’ प्रदेशसभामा हाल भने ‘कोशी’ नाममाथिको छलफल जारी छ। प्रदेश १ को नामकरणका निम्ति प्रदेशसभा सचिवालयमा दर्ता गराइएको ‘किराँत-लिम्बुवान-सगरमाथा’ नामको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।…