धनगढी – लगातारको झरीका कारण सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा पाकेको धान खेतमै उम्रन थालेको छ। गत बुधबारदेखि लगातार ६ दिनसम्म परेको पानीले काट्न तयार भएको र झरीपछि ढलेको धान खेतमै उम्रन थालेको हो । धनगढी उपमहानगरपालिकासहित स्थानीय तहले क्षतिको विवरण संकलनमा काम गरिरहेको बताएका छन्। पालिकाहरूले वडा कार्यालमार्फत क्षतिको विवरण संकलन गर्न थालेका हुन्। धनगढी उपमहानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्यायले बुधबारदेखि किसानको खेतमा वर्षाले गरेको क्षतिको विवरण संकल्प थालिएको बताएका छन्। वर्षापछि खेतहरूमा पानी जमेकाले अझै एक हप्तासम्म धान काट्ने अवस्था नरहेको किसानहरूले बताएका छन्। खेतमा जमेको पानी नसुक्दै फेरि वर्षा भए धान बालीमा पूर्ण क्षति हुने भन्दै किसान…
Author: Saru Shrestha
सुर्खेत – १९ असोजदेखि लगातार परेको वर्षाले देशभर ठूलो धनजनको क्षति भएको छ । मुलुकभर परेको अविरल वर्षाका कारण यसपालिको दसैं कर्णालीवासीका लागि निकै पीडादायी बनेको छ । सर्वसाधारणले बल्लतल्ल दसैंको टीका लगाउन त भ्याए तर वर्षा, चिसो र हिलोका कारण देश विदेशबाट दसैं मनाउन घर आएकाहरूले परिवारमा बसेर आपसमा खुसी साट्ने अवस्था भएन । दसैंको टीकाकै दिन बिहानैदेखि पानी परेको थियो। यही पानीका कारण सर्वसाधारणले विपद्को सामना गर्नुपर्यो । अविरल बर्षातका कारण कर्णालीका विभिन्न स्थानजस्तै दैलेखमा पनि ठूलो क्षति भएको छ । चामुण्डाविन्द्रासैनी नगरपालिकाका विभिन्न वडा ४० घरपरिवार विस्थापित भएको छन् । नगरपालिकाका मेयर गणेशकुमार शाहीले वर्षातका कारण घर…
काठमाडौँ – एमाले झापाले राप्रपाका उम्मेदवारलाई भोट मागेको छ । एमाले झापाका अध्यक्ष दीपक कार्कीले जारी गरेको विज्ञप्तिमा राप्रपाको हलो चुनाव चिन्हका उम्मेदवार र एमालेका सूर्य चुनाव चिन्हका उम्मेदवारहरूलाई मतदान गरी विजयी गराउन पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक, सम्पूर्ण मतदाताहरूमा अनुरोध गरिएको छ । स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै झापामा राप्रपासँग चुनावी तालमेल गरिएको उनको भनाइ छ । ‘राष्ट्रियता, लोकतन्त्र, समृद्धि र जनजीविकाको लागि, देशी विदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्र र घेराबन्दी विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल आवश्यक परेको हो’, विज्ञप्तिमा भनिएको छ, ‘चुनावी तालमेलमा राप्रपाको हलो चुनाव चिन्हमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्नुभएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रदेशसभा…
काठमाडौँ – ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फ (प्रत्यक्षतर्फ)को मतपत्र छपाई सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मतपत्रमा उम्मेदवारको मात्र चिह्न रहनेछ । निर्वाचन आयोगका अनुसार प्रत्येक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छापिने छन् । बुधबार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेसँगै निर्वाचन आयोग प्रदेशसभा तथा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपत्रको छपाइमा जुटेको हो । समानुपातिकतर्फको मतपत्र छपाइ सकिएको पनि आयोगले जनाएको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्रको छपाइको प्रबन्ध मिलाइएको छ ।
काठमाडौं – माओवादी केन्द्र रौतहटले आफ्ना उम्मेदवार धिरज पटेललाई फिर्ता बोलाएर स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सर्मथन गर्ने निर्णय गरेको हो । आज बसेको पार्टीको प्रदेश सदस्यहरूको बैठकले अनौपचारिक रुपमा यस्तो निर्णय गरेको स्रोतको भनाइ छ । केन्द्रीय गठबन्धन निर्णयअनुसार रौतहट–३ को स्वतन्त्र उम्मेदवार साहलाई जिताउने तथा धिरज पटेललाई उम्मेदवारी फिर्ता लिने लगाउने निर्णय भएको हो । यस्तै, सम्पूर्ण गठबन्धनका उमेदवारलाई जिताउने निर्णय पनि भएको छ । साथै चार वटा क्षेत्रमा कमाण्ड र आठ वटा प्रदेशसभाको संयोजक गठन भएको छ । जिल्ला स्तरीय चुनाव परिचालन चार सदस्य समिति गठन गरिएको छ ।
काठमाडौँ – प्रतिनिधि सभा र प्रदेशसभाका करिब ६ सय उम्मेदवारहरूले मनोनयनपत्र फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा ११४ सहित प्रदेशसभामा ४८३ जनाले मनोनयनपत्र फिर्ता लिएका छन् । यो उम्मेदवारी रद्द भएकाहरूको संख्या समेत हो । निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभामा कुल २ हजार ५२६ जनाको उम्मेदवारी दर्ता भएकोमा अहिले घटेर २ हजार ४१२ पुगेको छ । प्रदेशसभामा ३ हजार ४७६ जनाको उम्मेदवारी परेकोमा अहिले घटेर २ हजार ९९३ भएको छ । बुधबार दिउँसोसम्म उम्मेदवारी फिर्ता लिने समयावधि तोकेको निर्वाचन आयोगले त्यसपछि उनीहरुको अन्तिम नामावली प्रकाशित गरेर निर्वाचन चिह्न समेत दिइसकेको छ ।
काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध मुद्दा दायर गर्ने भएका छन् । जेलबाटै बर्दिया निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका उनको उम्मेदवारी खारेज गरिएपछि कानुनी उपचार खोज्ने बताएका छन् । टीकापुर घटना मुद्दामा आफूहरू निर्दोष रहेको र आफूहरूको मुद्दा समेत सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै उनले आफ्नो उम्मेदवारीविरुद्ध उजुरी दिने र उजुरी उपर छानबिन गरी खारेजीको निर्णय गर्ने निर्वाचन अधिकृत नगेन्द्र लम्सालविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने प्रतिक्रिया दिएका छन् । कानुन अनुसार आफू योग्य रहे पनि आफ्नो राजनीतिक अधिकार नै समाप्त पार्ने गरी उम्मेदवारी खारेजी गरिएको निर्णयले आफूहरूमाथि थप अन्याय भएको रातोपाटीलाई प्रतिक्रिया…
काठमाडौँ – न्यायपरिषदले सिफारिस गरेका सर्वोच्च अदालतका तीनजना प्रस्तावित न्यायाधीशहरुलाई संसदीय सुनुवाइ विना नै नियुक्तिको तयारी भएको छ । गत २१ भदौमा न्याय परिषदबाट सिफारिस भएका उनीहरूलाई ४५ दिन कट्नासाथ सिफारिस गर्ने तयारी भएको हो । न्यायपरिषदले २१ भदौमा उच्च अदालतका तीन जनालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि नाम सिफारिस गरेको थियो । सिफारिस भएकामध्ये नीता गौतम दीक्षित र विनोद शर्मा उच्च अदालतका कामु मुख्य न्यायाधीश हुन् भने डीएन पराजुली कानूनका अध्यापक हुन् । आगामी कात्तिक पहिलो साता ४५ दिन सकिदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कानून समूहको टोली राष्ट्रपति कार्यालयमा पुगेर उनीहरुको नियुक्ति प्रक्रिया अघि बढाउने सङ्केत दिएको छ ।…
कञ्चनपुर – कञ्चनपुरमा प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेकामध्ये सात जनाले उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार निर्धारित समयभित्र प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ ६ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नम्बर १ मा प्रदेशसभातर्फ १ (१) मा उम्मेदवारी दिएका स्थिरप्रसाद घिमिरेले फिर्ता लिएका छन् । उक्त क्षेत्रमा प्रतिनिधिसभामा १० र प्रदेशसभाको दुवै क्षेत्रमा ८/८ जना उम्मेदवार छन् । क्षेत्र नम्बर २ मा प्रदेशतर्फ २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश १ (१) बाट जीतबहादुर करियाकंग्रहवा र २ (२) बाट जोगराज भण्डारीले उम्मेदवारी फिर्ता लिएका हुन् । क्षेत्र नम्बर २ मा अब प्रतिनिधिसभामा…
काठमाडौँ – निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ । उम्मेदवारी दर्ताका क्रममा तामझाम गरेको र बाजागाजा बजाएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो । आयोगस्रोतका अनुसार बुधबार नै यसबारेमा निर्णय भइसकेको छ भने सक्दो छिटो दाहाललाई पत्र पठाउने तयारी समेत भएको छ । आचारसंहिता उल्लङ्घन भएमा उम्मेदवारी रद्दको निर्णयसम्म हुनसक्छ । तर पहिलो पटक स्पष्टीकरण सोधिएकाले उनलाई सचेत वा ध्यानाकर्षण गराउनेसम्म हुनसक्ने आयोग स्रोतले जनाएको छ ।