Author: Saru Shrestha

काठमाडौँ – गृह मन्त्रालयले ठुलो सङ्ख्यामा सिडिओको सरुवा गरेको छ । मन्त्रालय अन्तर्गतका कार्यालयमा कार्यरत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत प्रमुख जिल्ला अधिकारी, सहसचिव, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव, निर्देशक, जेलरलगायतका कर्मचारीहरूको सरुवा गरेको हो । नेपाल सरकारको प्रतिनिधिका रूपमा जिल्लामा रहने प्रमुख जिल्ला अधिकारीलाई वैज्ञानिक ढङ्गले खटाउन भन्दै मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको पदस्थापना, सरुवा वा काज सम्बन्धी कार्यविधि तर्जुमा कार्य अघि सारेको थियो । मन्त्रालयले दुई दिन अघि मात्रै सार्वजनिक गरेको कार्यविधिमा प्रमुख जिल्ला अधिकारीको सरुवा, पदस्थापन तथा कामकाजमा खटाउँदा विभिन्न चार वटा प्राथमिकता तय गर्ने उल्लेख छ । रा.प._प्रथमDownload

Read More

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको लागि अधिवक्ताहरू नेताहरुसँगकाे भेटघाटमा व्यस्त छन् । मुख्यमन्त्री तथा प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकारको भूमिकामा रहने मुख्य न्यायाधिवक्ताको लागि यति बेला सुदुरपश्चिमका अधिवक्ताहरू कसले आफु निकट पार्टी नेतृत्वका नेतालाई खुसि पार्ने र मुख्य न्यायाधिवक्ता आफू बन्ने भन्ने लबिङमा छन् । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री नेकपा एमालेका राजेन्द्र सिंह रावल छन् । उनको कानुनी सल्लाहकारको लागि नेकपा एमाले निकट अधिवक्ताहरूले मुख्य न्यायाधिवक्ताको लागि आ-आफ्नो लबिङलाई तीव्र बनाएका छन् । एमाले निकट स्रोतका अनुसार अधिवक्ता सिद्धराज ओझा, दलबहादुर धामी, गम्भीर सिंह ऐर, नील प्रसाद तिवारी, राजेन्द्र साउँद र उमेश विष्ट गरी ६ अधिवक्ताहरू लबिङमा छन् ।…

Read More

खोटाङ – खोटाङमा किशोरीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । आत्महत्या दुरुत्साहन गरेको कसुरमा रावाबेँसी गाउँपालिका–५ दुबेकोलका २५ वर्षीय अनन्त बिकलाई प्रहरीले पक्राउ गरेको हो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीय छात्रा रञ्जिता दाहाल विद्यालयबाट घर फर्कनेक्रममा मृत फेला परेको विषयमा प्रारम्भिक अनुसन्धानका क्रममा आत्महत्या दुरुत्साहन गरेको खुलेकाले बिकलाई नियन्त्रणमा लिएर ज्यान सम्वन्धी कसुर अन्तरगत अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर सुक्ष्म अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी मञ्जिल मुकारुङले बताए । प्रहरीका अनुसार अभियुक्तले बालिकालाई लखेट्ने, समात्न खोज्ने लगायतका क्रियाकलाप गरेको खुलेको छ । माघ १ गते दिउँसो विद्यालयबाट…

Read More

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।  मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री भण्डारीले दुई मुलुकका सीमा क्षेत्रमा रहेका निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सुक्खा बन्दरगाहका विषयमा राजदूत श्रीवास्तवको ध्यानाकर्षण गराएका थिए । उनले नेपालमा लगानी गर्ने उद्योगी व्यवसायीका लागि सरकारले सहज वातावरण बनाउने बताए । त्यस्तै राजदूत श्रीवास्तवले मन्त्री भण्डारीलाई बधाई तथा शुभकामना दिँदै दुई देशबीच व्यापार सम्बन्ध मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले पारवहन सम्झौताका विषयमा अध्ययन गर्नुपर्ने उल्लेख गर्दै नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयमा कर्मचारी नियुक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल र गङ्गा दाहाललाई नियुक्त गरेका छन् । यस्तै, प्रधानमन्त्रीको स्वकीय सचिवमा निजामतीतर्फबाट नवराज ढुङ्गाना र स्वकीय सहसचिवमा गोकर्ण भट्टलाई नियुक्त गरिएको छ । प्रेस विज्ञमा मनहरि तिमिल्सेना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार, कुटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत क्षेत्रमा नियुक्त गर्न बाँकी रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

Read More

काठमाडौँ – उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैङ्कलाई आग्रह गरेका छन् । मालदिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका देशीय निर्देशक फारिस् हदाद जार्भोससहितको प्रतिनिधिमण्डलसँग औपचारिक भेटवार्ता गर्दै अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरे । चालु आर्थिक वर्षमा विश्व बैङ्कबाट बजेटरी सहायता प्राप्त हुने गरी स्रोत सुनिश्चितता भएका योजना तथा कार्यक्रमका लागि आवश्यक पूर्व कार्य पूरा गर्न अर्थ मन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि पौडेलले जनाए । आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको अर्थ मन्त्रालयले जनाएको छ । ‘विश्व बैङ्कको सहायतामा सञ्चालित आयोजनामा देखिएका समस्याको कारण…

Read More

काठमाडौं – दक्षिण कोरियाको राजधानी सोलस्थित झुग्गी बस्तीमा आगलागी भएको छ। शुक्रबार बिहान आगलागी हुँदा ६० भन्दा बढी घर जलेर नष्ट भएको अधिकारीहरूले जनाएका छन्। मानवीय क्षतिबारे कुनै विवरण नभए पनि सयौं स्थानीयको उद्धार गरिएको बीबीसीले जनाएको छ। आगलागी नियन्त्रण गर्न ९ सय बढी दमकल र सता वटा हेलिकोप्टर प्रयोग गरिएको थियो। आगलागीको कारण अहिलेसम्म खुलेको छैन। उक्त बस्तीमा अधिकांश घर काठले बनेका छन्। कोरियन टाम्सका अनुसार उक्त बस्तीमा पछिल्लो १३ वर्षमा १६ पटक आगलागी भइसकेको छ।

Read More

काठमाडौँ – नेपाली काँग्रेसले उपसभामुख पदमा शनिबार हुने निर्वाचनमा पार्टीकी उम्मेदवार मुक्ता कुमारी यादवलाई मत हाल्न ह्विप लगाएको छ । काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपसभामुखकी अर्की उम्मेदवार इन्दिरा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् । उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो १ बजे बस्दैछ ।

Read More

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका तर्फबाट अगाडि सारिने राष्ट्रपतिको उम्मेदवारमा नै राष्ट्रिय सहमति कायम हुने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले एमालेले राष्ट्रपतिको उम्मेदवार तय गर्ने सहमति सत्ता साझेदार दलभित्र भएको दाबी गरे । “राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ । एमालेले उम्मेदवार उठाउँछ । सत्ता साझेदार दलभित्रको सहमति त्यही हो । एमालेको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्छ”, अध्यक्ष ओलीले भने।

Read More

सुर्खेत। सल्यान प्रहरीले एक ट्रक रासायनिक मल सहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो जिल्लाको बागचौर नगरपालिका ११ पानीखोलाबाट रासायनिक मल सहित एक जनालाई प्रक्राउ गरेको हो । बागचौर नगरपालिका ११ पानीखोलाका शेर बहादुर खड्का र दिनेश ओलीले रा १ क १३६३ नम्बरको मिनि ट्रकमा कृषि सामाग्री कम्पनी लिमिटेड तुलसीपुर दाङ शाखाबाट ल्याई अवैधानिक रुपमा बिक्री गर्न लगेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शेरबहादुर खड्काको घरमा गोदाम गरी राखेको डिएपि पोटास ३० बोरा, युरिया ७९ बोरा र पोटास ५० बोरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल प्रसाद श्रेष्ठले…

Read More