काठमाडौँ – नेपाली काँग्रेसले उपसभामुख पदमा शनिबार हुने निर्वाचनमा पार्टीकी उम्मेदवार मुक्ता कुमारी यादवलाई मत हाल्न ह्विप लगाएको छ ।
काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपसभामुखकी अर्की उम्मेदवार इन्दिरा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।
उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो १ बजे बस्दैछ ।
Facebook Comments Box