काठमाडौँ – एमाले महासचिव शङ्कर पोखरेलले फागुन २५ मा राष्ट्रपति चयन भएपछि काँग्रेस नेतृत्वको सरकार निर्माण हुने अवस्था सिर्जना हुने दाबी गरेका छन् । संविधानको प्रावधान अनुसार नै काँग्रेसलाई सरकार निर्माण गर्ने अवसर प्राप्त हुने उनले उल्लेख गरेका छन् । महासचिव पोखरेलले अहिले बनेको गठबन्धनको अन्तर्य र सम्भावित राजनीतिक परिदृश्यबारे बोल्दै काँग्रेस पुष्पकमल दाहाल ‘प्रचण्ड’को आदेश मानेर तीन वर्षसम्म बस्न नसक्ने उल्लेख गरे । महासचिव पोखरेलले भने, ‘काँग्रेसका लागि माओवादी बोकिरहनुपर्ने बाध्यता हुँदैन । किनभने माओवादी काँग्रेसले छोड्यो भने काँग्रेसको नेतृत्वको सरकार बन्छ । संविधानले त धारा ७६ को उपधारा २ अन्तर्गतको सरकारले बहुमत गुमायो भने त्यसपछि उपधारा ३ अन्तर्गतको…
Author: Saru Shrestha
सुर्खेत – सल्यान कारागारका कैदीबन्दी स्वरोजगार बन्ने क्रममा छन् । विभिन्न कसुरमा जेल सजाय काटिरहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी गर्ने बाटो अवलम्बन गरेका हुन् । कैदीबन्दीले कारागारभित्रै मुडा, टोपी, स्वेटर बुनेर आम्दानी गर्दै आएका छन् । कारागारमा बस्दा यत्तिकै जाने समयको सदुपयोग गर्दै रोजगारमूलक काममा लागेको कैदीबन्दी प्रेम ओलीले बताए । उनले भने‚ ‘कारागारमा यत्तिकै दिन कटाउन गाह्रो हुन्छ । मुडा बुन्ने कामले दिन काट्ने वातावरण बनेको छ ।’ आकारअनुसार ५ सयदेखि ७ सयसम्म मुडा बिक्री हुँदै आइरहेको कमलराज खत्रीले बताए । एउटा टोपी ४ सय रूपैयाँमा बिक्री गर्ने गरेको उनको भनाई छ । कारागारमा बुनेका सामान गुणस्तरीय र टिकाउ…
कञ्चनपुर – कञ्चनपुर जिल्लाबाट फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको भिमदत्त नगरपालिका-१८ का बिरेन्द्र बहादुर चन्द पक्राउ परेका हुन् । उनलाई उच्च अदालत दिपायलले लागूऔषध चरेशको मुद्दामा २०७९माघा १६ गते १बर्ष ३ महिना कैद १२ हजार रुपैयाँ जरिवाना तोकेको थियो । उनी सोही दिनबाटै फरार थिए । चन्दलाई कञ्चनपुर जिल्लाको जिल्ला प्रहरी कार्यलयबाट खटेको प्रहरी टोलिले भिमदत्त नगरपालिका–४ बाट पक्राउ गरेको हो ।
काठमाडौँ – दुई दिनभित्र ६ हजार ६७ वटा सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत सोमबार ३ हजार ४ वटा सवारीसाधन ट्राफिक कारबाहीमा परेका थिए। जसमा मापसे १ सय ८,लेन मिच्ने ७८, रेड लाइट ६०, हर्न ३९, नम्बर प्लेट २०, लिडारगन १ सय १, अन्य २ हजार ५ सय ९८ सवारीसाधन कारबाहीमा परेका छन्। यस्तै, हिजो (मङ्गलवार) मात्रै ३० हजार ६३ सवारीसाधन कारबाहीमा परेका छन्। मापसे १ सय २१, लेन मिच्ने ६६, रेड लाइट ४२, हर्न ३९, नम्बर प्लेट २०, लिडारगन १ सय ३१, अन्य २ हजार ६ सय ४४ सवारीसाधन ट्राफिक कारबाहीमा परेको ट्राफिक…
काठमाडौं – नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ लागत मूल्य पठाएको छ । जसअनुसार खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ । डिजेल तथा पेट्रोलको मूल्य भने घटेर प्राप्त भएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार निगमलाई डिजेलको मूल्य ५ रुपैयाँ ५ पैसा घटेर आएको छ । यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टितेलमा ३ रुपैया ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसा घटेर आएको निगमले जनाएको छ । निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसको लागत प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको…
डडेल्धुरा – डडेल्धुराबाट भरुवा बन्दुक बरामद भएको छ । जिल्लाको परशुराम नगरपालिका–१० धनुके टोलको जंगलमा भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ । मंगलबार साँझ भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट कुरमुलेबाट गस्तीमा खटिएको प्रहरी टोलीले भरुवा बन्दुक बरामद गरेको हो ।
काठमाडौं – रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा प्रदेश समितिहरू गठन गरी जिम्मेवारी तोकेका छ । जसअनुसार प्रदेश १ समितिमा राजेश तिम्सिना, मधेश प्रदेशको सभापतिमा तपेश्वर यादव, बागमती प्रदेशको सभापतिमा अचुतम लामिछाने रहने गरी जिम्मेबारी तोकेको हो । यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली र सुदूरपश्चिम प्रदेृशमा सभापतिमा प्रकाश विष्ट चयन गरी जिम्मेवारी तोकेको हो ।
काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले मंगलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन समय तोकेको थियो । तर, राष्ट्रपतिका लागि उम्मेदवारी दिएका दुवै उम्मेदवारले नाम फिर्ता नलिएको आयोगले जनाएको छ । राष्ट्रपतिमा आठ दलीय गठबन्धनबाट नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।
काठमाडौं – नेपाली सेनाले साँप र बिच्छिले टोकेका ५२ जनाको उपचार गरेको छ । नेपाली सेनाका अनुसार गत माघ १४ देखी फागुन १३ गतेसम सर्प र बिच्छीले टोेकेका ५२ जनाको उपचार गरेको हो । जसअनुसार पुर्वी पृतनाले सबैभन्दा बढी २२ जनाको उपचार गरेको छ भने मध्य पुर्वी पृतनाले १५, मध्य पश्चिम पृतनाले ११, उत्तर पश्चिम पृतनाले १ र सुदुरपश्चिम पृतनाले १ जना गरी ५२ जनाको उपचार गरेको हो ।
काठमाडौं – नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले कर्जाको ब्याज १५ प्रतिशत बढी लिएमा कारबाही गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै लघुवित्त संस्थालाई कर्जाको ब्याजदर १५ प्रतिशत बढी लिए कारबाही गर्ने जनाएको हो। पछिल्लो समय लघुवित्त वित्तीय संस्थाले ऋणीबाट आफूखुसी ब्याज लिएको र पीडितहरुले आत्महत्यासमेत गरेको गुनासो आएपछि राष्ट्र बैंकले मंगलवार सूचना जारी गरेको हो। ‘लघुवित्तले वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशत बढी लिन नहुने व्यवस्था छ। संस्थाले १५ प्रतिशत बढी ब्याज लिएको भए नेपाल राष्ट्र बैंकका रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नुहुन्छ,’ जारी सूचनामा भनिएको छ । राष्ट्र बैंकले सहकारी…