Author: Saru Shrestha

एजेन्सी – टर्कीमा शक्तिशाली भूकम्प गएको ११ दिनपछि भग्नावशेषबाट चारजनाको उद्धार गरिएको छ। जिवितै उद्धारको सम्भावना सकिएको भन्दै भग्नावशेष पन्छाउने उपकरण प्रयोग गरिरहेको स्थानबाट उनीहरू जीवितै भेटिएका हुन्। हताए प्रान्तको डेफ्ने जिल्लाबाट २७८ घण्टापछि एक ४५ वर्षीय पुरुषको उद्धार गरिएको छ। यस्तै २५८ घण्टापछि एक २९ वर्षीय महिलाको पनि जीवितै उद्धार गरिएको छ। उनीसँगै १२ वर्षीय बालकको उद्धार गरिएको छ। यस्तै अन्तक्या प्रान्तमा २६० घण्टापछि एक पुरुषको उद्धार गरिएको छ। टर्की–सिरिया भूकम्पमा परी मृत्यु हुनेको संख्या करिब ४४ हजार पुगेको छ। टर्कीमा मात्रै ३९ हजार ६७२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

Read More

काठमाडौं । ग्यास दुर्घटनामा घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार भएको छ । शनिबार मध्याह्नदेखि उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको हो । मुम्बईमा भण्डारीको साथमै रहेका माधव न्यौपानेलाई उद्धृत गर्दै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले भण्डारीको स्वास्थ्यमा सुधान आएसँगै कृतिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको जनाएका छन् । भण्डारीको फोक्सोले आफै काम थालेको र कृतिम अक्सिजन घटाउँदै लगेर सोमबादेखि भेन्टिलेटर हटाइने उनले जनाएका छन् । हातको जलेको भागले काम गर्न थालेकाले थप अप्रेसन गर्न नपर्ने भएको सिवाकोटीले जनाएका छन् ।

Read More

धनगढी – कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार चरेश तथा लागूऔषधसहित उनीहरु पक्राउ गरेको हो । बिहीबार इलाका प्रहरी कार्यालय, गुलरियाको समूहले कृष्णपुर नगरपालिका वडा नम्बर ४ का बलवीर भट्टलाई ४१ ग्राम चरेशसहित पक्राउ गरेको हो । उनको पसलबाट चरेश बरामद गरेको प्रहरीले बताएको छ । शुक्रबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको कुकुरसहितको प्रहरी समूहले जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ९ का पुकार पाण्डे र भीमदत्त नगरपालिका वडा नम्बर ६ का प्रेमराज जोशीलाई लागूऔषधसहित पक्राउ गरिएको हो । प्रहरीका अनुसार सु.प.प्र. ३७४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट दुई दशमलव ३० ग्राम चरेश,…

Read More

काठमाडौँ – नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६०औँ स्थापना दिवस मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको सेनाको उनी परमाधिपति हुन् । प्रमुख अतिथिले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नेछन् । हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिनेछ । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा व्याण्ड प्रस्तुति हुनेछ ।…

Read More

काठमाडौँ – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहलाई शुक्रबार बिदाइ गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच प्रहरी सेवाबाट सेवानिवृत्त भएकी सिंहलाई बिदाइ गरिएको हो । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आफ्नो अविछिन्न लामो सेवाद्वारा नागरिक र सङ्गठनलाई गरेको योगदानको प्रशंसा गर्नुको साथै अवकाश पछिको व्यावसायिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना व्यक्त गरेका छन् । विभिन्न कालखण्डमा सफल महिला कमाण्डरको रूपमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी अतिरिक्त महानिरीक्षकबाट सेवानिवृत्त जीवन पश्चातपनि रचनात्मक सहयोगको अपेक्षा राखेको र आगामी दिनमा सङ्गठनको श्रीवृद्धिका लागि आवश्यक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीचको भेट सकिएको केही समयपछि ओलीलाई भेट्न चिनियाँ राजदूत बालकोट पुगेका हुन् ।

Read More

काठमाडौं – महाशिवरात्रिका अवसरमा काठमाडौँ आएका जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीले शनिबार पशुपतिनाथ मन्दिरअघि रहेको आद्य शंकराचार्यको मन्दिर उद्‌घाटन गर्ने भएका छन् । २०७२ साल वैशाख १२ गतेको भूकम्पले भत्किएको मन्दिर हालै पशुपति क्षेत्र विकास कोषको सक्रियतामा पुनःनिर्माण भएको हो । मन्दिर उद्घाटनपछि उहाँले प्रवचनसमेत गर्नुहुने कार्यक्रम रहेको शङ्कराचार्य मठका मठाधीश डा रमणानन्द स्वामीले राससलाई जानकारी दिए । कोषको निमन्त्रणमा महाशिवरात्रिमा विशिष्ट साधुका रूपमा बिहीबार राजधानी आएका शंकराचार्य निश्चलानन्द सरस्वतीले शुक्रबार बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरी शङ्कराचार्य मठमा प्रवचन दिएका थिए । प्रवचनका क्रममा वैदिक सनातन मतमा आधारित समाज निर्माणका लागि सबै लाग्नुपर्ने अवस्था आएको भ्दै शंकराचार्य निश्चलानन्द स्वामीले…

Read More

सुर्खेत – नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले सुदूरपश्चिम प्रदेशमा एमाले फेरि सत्तामा फर्कने बताएका छन्। मिसन ग्रास्टरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत नेकपा एमाले कर्णाली प्रदेश संगठन कमिटीद्वारा सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्राविधिक रुपमा सत्ताबाहिर जानु परेपनि अहिलेको सरकार पनि धेरै नटिक्ने नेम्वाङले ठोकुवा गरे। सुदूरपश्चिमको वर्तमान सरकारलाई पनि नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने दाबी समेत गरे। ‘सुदूरपश्चिममा प्राविधिक समस्याले मात्रै सरकार बाहिर हुन पुग्यौं’ उनले भने, ‘अहिलेको सुदूरपश्चिम सरकार पनि धेरै टिक्नेवाला छैन। किन भने नागरिक उन्मुक्ति पार्टीको माग एउटै छ।’ उनले वर्तमान सत्तागठबन्धन कुनै हालतमा पनि नटुट्ने बताए।…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले आज शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । द्विपक्षीय सहयोगलाई थप मजबुत बनाउने विषयमा त्यस अवसरमा महत्त्वपूर्ण छलफल भएको बताइएको छ ।

Read More

काठमाडौँ – विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता भयो भनी प्रतिवेदन दिने समितिका पदाधिकारीहरूलाई झिकाउन आदेश गरेको छ । ललिता निवास जग्गा अनियमितताको मुद्दामाथि सुनुवाइ गर्दै विशेष अदालतले छानबिन समितिका संयोजक शारदाप्रसाद त्रिताल लगायतका पदाधिकारीहरूलाई बकपत्रका लागि झिकाएको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू बलभद्र बास्तोला र डा. खुसीप्रसाद थारुको इजलासको गत बुधबारको आदेशमा भनिएको छ, ‘शारदाप्रसाद त्रिताल संयोजक रहेका प्रतिवेदनकर्ताहरुलाई बुझ्नुपर्ने देखिँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट झिकाइ उपस्थित भएमा वकपत्रको लागि पेस गर्नू ।’ बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता भएको भनी उजुरी परेपछि तत्कालीन सरकारले पूर्व सचिव त्रितालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो…

Read More