Author: Nisha Shrestha

काठमाडौं – दैलेखको तालपोखरीमा मालबाहक मिनि ट्रक दुर्घटना ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। नेपालगञ्जबाट दैलेखतर्फ जादै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरको ट्रक आज विहान पौने ९ बजे दैलेखको गुराँस गाउँपालिका ३ ताल पोखरीमा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ। दुर्घटनमा मृत्यु हुनेमा ३० वर्षीय चालक कृष्ण चौधरी, कामदारहरु २५ वर्षीय लक्षिराम चौचरी र २२ वर्षको विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी किशोर लम्सालले बताए । सहचालक प्रकाश कुमाई भने सकुशल रहेको प्रहरीले जनाएको छ। माथिल्लो मोडबाट तल्लो मोडमा खसेको ट्रकका कारण बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ- सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद्को कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन २०७८/२०७९ सभा समक्ष प्रस्तुत गर्ने कार्यतालिका छ । त्यसैगरी भुवनबहादुर सुनारले दलित समुदायका विभेद र उत्पीडनहरूको अन्त्य गरी सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Read More

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षारोपण गरेका छन् । उनले वन काली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपण गरेका हुन् । वृक्षारोपण कार्यक्रमका सहयोगी तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार पौराणिक हिसाबले आज नयाँ वर्ष परेकाले वन काली क्षेत्रमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो । नाग देवताको पूजा नागचम्पा सेतो फूलले गरिने तथा नाग प्रसन्न हुने भएकाले आज राष्ट्रपति पौडेलद्वारा उक्त फूलको बिरुवा रोपण गरिएको उनको भनाइ छ । वन काली क्षेत्र कृपालु क्षेत्र भएको र नाग देवता नागचम्पा फूलले पूजा गर्दा खुसी हुने भएकाले वृक्षारोपण गरिएको आयोजकले जनाएको छ । गृह शान्ति, राष्ट्र शान्तिका लागि…

Read More

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले प्रधानमन्त्री प्रचण्डलाई नेपालको नेल्सन मण्डेलाको संज्ञा दिएका छन् । मङ्गलवार ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसमा काठमाडौँमा आयोजित सार्वजनिक समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले संविधान सभामा देशमा जातीय मुक्ति आन्दोलनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्री प्रचण्डलाई मण्डेलाको संज्ञा दिएका हुन् । मन्त्री मोदीले दलित, जनजाति लगायतका उत्पीडित जातिहरूले संविधान बनाउने बेलामा माओवादीलाई बुझ्न नसकेका पनि बताएका छन् । माओवादी आन्दोलनको कारण आज बोल्न नसकेका दलितहरू बोल्न पाएको उनको भनाई छ । मन्त्री मोदीले भने, ‘आज समावेशीको नाममा माओवादीका मन्त्रीमण्डलमा २/३ जना जनजाति छौँ । एक जना दलित छौँ ।…

Read More

ताप्लेजुङ – कोशी प्रदेश माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोमाथि आक्रमण प्रयास भएको छ । पाँचथरको फिदिमबाट ताप्लेजुङ सदरमुकाम फुङलिङ आउने क्रममा ढुङ्गा प्रहार भएको हो । ढुङ्गाले लागेर आङ्बो सवार गाडीको सिसा फुटेको छ । आक्रमण गर्नेको खोजी भइरहेको छ । उनी चढेको गाडी भने फर्किसकेको छ ।

Read More

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगहरूका कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्। मङ्गलवार मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगहरूले सोहीअनुसार काम गर्नुपर्ने बताएका हुन् । अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरूलाई जागिर खाने थलोको रूपमा विकास गर्न नहुने पनि बताएका छन् । उनले तिमिल्सिनाले आफ्नो परिभाषित जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेर आफ्नो औचित्य पुष्टि गर्न पनि सबै संवैधानिक आयोगहरूलाई आग्रह गरे। अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरू अनन्तकालसम्मका लागि नभएको उल्लेख गर्दै केही वर्षभित्रै त्यसको आवश्यक नहुने गरी काम गर्नुपर्ने पनि स्मरण गराए। उनले आयोगका लागि आवश्यक स्रोत, साधनाको व्यवस्था गर्ने काममा…

Read More

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा र लमजुङका हजारौँ जनसङ्ख्या लाभान्वित हुने पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका छन् । गोरखाको पालुङटार नगरपालिकाको विमिरेमा आज बिहान आयोजित एक कार्यक्रमबीच उहाँले सो सडकखण्ड स्तरोन्ततिको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायतको सहभागिता थियो । भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ रहेको छ । पन्थडिहीदेखि साहिलटारसम्मको झन्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्र हुनेछ । बुड हिल–लामा जेभी,…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध बानेश्वरमा नाराबाजी भएको छ। मङ्गलवार प्रधानमन्त्री ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा युवाहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन्। कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए। तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले आतङ्ककारी प्रचण्ड मुर्दावाद भन्दै विरोध गरेका थिए। त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए। दुवै जना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवै जना युवाले गरिब मारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालायक सरकार होसियार,युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौँ भन्दै नाराबाजी गरेका थिए।…

Read More

काठमाडौँ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १७ गतेदेखि सुरु हुँदै छ। परीक्षाका लागि देशभर ४ लाख ८५ हजार विद्यार्थी तयारीमा जुटेका छन्। परीक्षा नियन्त्रण कार्यालयले परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। कक्षा १० को एसइई परीक्षामा यस पटक ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै छन्। साधारण, परम्परागत र प्राविधिक धारका गरी ८६ विषयको परीक्षाका लागि सबै जिल्लामा उत्तर पुस्तिका र प्रश्न पत्र पुर्‍याई सकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। प्रदेशगत रूपमा फरक–फरक प्रश्न पत्र बनाई २ हजार ३७ परीक्षा केन्द्रमार्फत परीक्षा लिइने छ। सङ्घीयताको प्रावधान अनुसार एसइई परीक्षा लिइने दायित्व प्रदेश सरकारको हो।…

Read More

काठमाडौँ – निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीको ब्यागेज फुटेको विषयमा छानबिन सुरु भएको छ । नेपाल वायुसेवा निगमले सचिव दुवाडीको ब्यागेज फुटेको विषयमा छानबिन सुरु गरेको हो । सोमबार सचिव दुवाडी काठमाडौँबाट दिल्ली उडानका क्रममा आफ्नो ब्यागेज फुटेको ट्विटर मार्फत जानकारी गराएका छन् । उक्त घटनाबारे जानकारी पाएपछि छानबिन सुरु गरिएको निगमले जनाएको छ । सामाजिक सञ्जाल ट्विटरमा निगमलाई मेन्सन गरेर सचिव दुवाडीले लेखेका छन्, ‘नेपाल एयरलाइन्सबाट दिल्ली पुगेपछिको पहिलो उपहार लथालिङ्ग पारिएको फुटाइएको ब्यागेज हात पर्‍यो । यसको जिम्मा कसले लिने ? तिम्रो अनुसन्धान गर्दै गरौला, मैले मेरो सामान बोक्न अब डोको खोज्नुपर्‍यो ?’

Read More