काठमाडौँ – निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीको ब्यागेज फुटेको विषयमा छानबिन सुरु भएको छ ।
नेपाल वायुसेवा निगमले सचिव दुवाडीको ब्यागेज फुटेको विषयमा छानबिन सुरु गरेको हो ।
सोमबार सचिव दुवाडी काठमाडौँबाट दिल्ली उडानका क्रममा आफ्नो ब्यागेज फुटेको ट्विटर मार्फत जानकारी गराएका छन् ।
उक्त घटनाबारे जानकारी पाएपछि छानबिन सुरु गरिएको निगमले जनाएको छ ।
सामाजिक सञ्जाल ट्विटरमा निगमलाई मेन्सन गरेर सचिव दुवाडीले लेखेका छन्, ‘नेपाल एयरलाइन्सबाट दिल्ली पुगेपछिको पहिलो उपहार लथालिङ्ग पारिएको फुटाइएको ब्यागेज हात पर्यो । यसको जिम्मा कसले लिने ? तिम्रो अनुसन्धान गर्दै गरौला, मैले मेरो सामान बोक्न अब डोको खोज्नुपर्यो ?’
Facebook Comments Box