Author: Nisha Shrestha

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (बुधबार) सम्ममा सिट बाँडफाँट टुङ्गो लगाउने गरी छलफल भइरहेको बताएका छन् । आज धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भोलि शीर्ष तहका नेताहरू बसेर सिट टुङ्गो लगाउने तयारी भइरहेको जानकारी दिएका हुन् । उनले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा पाएको कार्यदललाई आज बेलुकीसम्मको समय दिइएको पनि बताए । माओवादी केन्द्रले पनि ६० सिटमा दाबी गरेको भन्दै उनले त्यसकै वरिपरि सहमति जुट्ने विश्वास व्यक्त गरे । ‘हामीले भनेको त ६० हो, ६० बाट केही तलमाथि होला, तर त्यसकै वरिपरि हुन्छ भन्ने विश्वास छ,’ उनले भने । यसै गरी नेपाली काँग्रेसले सुरुमा…

Read More

काठमाडौ – नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा पुगेको छ। मंगलबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११२५ रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

काठमाडौँ – अज्ञात रोगका कारण मनाङका चौंरीमा बिरामी भई मर्न थालेका छन्। मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ। केन्द्रका प्रमुख नारायण कुसुमले खर्कका चौरी बिरामी भएको जानकारी आएपछि प्राविधिक टोलीले उपचार थालेको बताए। चौरीलाई म्यागुते रोग लागेको अनुमान छ। बिरामी भएकामध्ये १० चौरी मरिसकेका छन्। भ्राकाको आइसलेकस्थित १५ पशु बिरामी परेकामध्ये १० मरेको जनाइएको छ। त्यस्तै मनाङ ङिस्याङ गाउँपालिका–८ टङ्कीस्थित प्रिप्चे चरन क्षेत्र चार हजार तीन सय मिटर उचाइमा रहेका बिरामी आठ चौरी मरेको केन्द्रका प्रमुख कुसुमले बताए। हालसम्म ४२ चौरी बिरामी परेकामध्ये ३०…

Read More

काठमाडौँ – गठबन्धनभित्र सिट संख्या भागबन्डामा सकस परिरहँदा काँग्रेसमा ४० प्रतिशत हिस्साको नेतृत्व गरिरहेका शेखर कोइरालाले एकातिर नेतृत्वलाई सय सिटभन्दा तल नझर्न दबाब दिइरहेका छन् । उनले उम्मेदवार छनोट न्यायोचित नभए पार्टीभित्र विद्रोह हुन सक्ने चेतावनी पनि दिइरहेका छन् । ४० प्रतिशत नेता–कार्यकर्ताको सुरक्षा गर्ने जिम्मेवारी उनको काँधमा छ ।

Read More

काठमाडौं – नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्यूठानबाट सूर्य थापाको नाम सिफारिस गरेको छ। सोमबार बसेको एमाले जिल्ला कमिटी बैठकले नेकपा एमालेका पोलिटब्यूरो सदस्य रहेका थापालाई प्रतिनिधिसभाका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको अनेरास्ववियु प्यूठानका अध्यक्ष जालबहादुर केसीले जानकारी दिए। प्रतिनिधिसभातर्फ प्यूठानमा एउटा मात्र निर्वाचन क्षेत्र छ। पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका उनी पहिलो पटक चुनाव लड्न लागेका हुन्। थापा यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनका प्रेस सल्लाहकार थिए। यस्तै बैठकले प्रदेश सभाको प्रत्यक्षतर्फ प्रदेश ‘क’बाट तुलसीराम शर्मा र ‘ख’बाट हरिप्रसाद रिजालको नाम सिफारिस गरेको छ।

Read More

एजेन्सी – अफगानिस्तानको राजधानी काबुल फेरि एक पटक बम विष्फोटले स्तब्ध भएको छ । यस पटक रुसको दूतावास नजिकै भएको विस्फोटमा २ रुसी कूटनीतिज्ञ सहित २५ जनाको मृत्यु भएको छ । काबुल सहरको दारुल अमान क्षेत्रमा विस्फोट भएको हो । रुसी दूतावास यही क्षेत्रमा अवस्थित छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त विस्फोट रुसी दूतावासको गेट अगाडि भएको थियो । यो आत्मघाती बम आक्रमणकारी द्वारा गरिएको थियो। दूतावास बाहिर तैनाथ तालिबान सुरक्षा गार्डले आक्रमणकारीलाई चिनेको बताइएको छ । उनले आक्रमणकारीलाई गोली पनि हानेका थिए तर अचानक विस्फोट भयो । तालिवानका स्थानीय प्रहरी प्रमुख मौलावी साबिरका अनुसार आत्मघाती हमलाकारी लक्ष्यमा पुग्नुअघि नै…

Read More

महोत्तरी– बर्दिबास नगरपालिकाले डेंगु नियन्त्रणका लागि सतर्कता अभियान चलाएको छ ।  डेंगुका बिरामी धमाधम देखिन थालेपछि नगरपालिकाले सचेतना अभियानलाई जोड दिएको हो । नगर स्वास्थ्य साखाका अनुसार वडा नम्बर ३ मा दुई जना र वडा नम्बर १ मा एक जनालाई डेंगुको लक्षण देखिएको छ । नगरभित्रका बिरामीलाई पहिचान गरी डेंगुको विषयमा अध्ययन सुरू भएको बर्दिबास अस्पतालका इन्चार्ज रामबाबु साहले जानकारी दिए । नगरले आइतबार बर्दिबास नगरपालिकाको सभाहलमा जनप्रतिनिधि र सरोकारवाला निकायहरूलाई अभिमुखिकरणका माध्यमवाट डेंगु नियन्त्रणको लागि सचेत गराएको थियो । नगरले पहिलो चरणमा लामखुट्टेको बासस्थान पहिचान गरी नष्ट गर्ने र यथेष्ट मात्रामा यसको नियन्त्रणको लागि जनचेतना अभिवृद्धि गर्ने नगरपालिकाका प्रवक्ता विजय महतोले जानकारी दिए ।  मधेश प्रदेश स्वास्थ्य शाखाका विशेषज्ञ डा। दिपेन्द्र झाले डेंगु…

Read More

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् । क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झापा–५ का एमाले इन्चार्ज होम थापाले बताए । ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका थिए ।

Read More

काठमाडौं – भारतले करिब २२ करोड रुपैयाँ बराबरको विभिन्न सैन्य सामाग्री नेपाललाई हस्तान्तरण गरेको छ।नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको एक कार्यक्रमबीच ती सैन्य सामाग्री प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेका हुन्। ‘भारतीय स्थल सेनाध्यषले करिव २२ करोड रुपैयाँको सैन्य सामाग्री नेपाली सेनालाई हस्तान्तरण गर्नु भएको छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले भने। प्रवक्ता सिलवालका अनुसार भारतीय स्थल सेनाध्यक्षले आज १० वटा माइन प्रोटेक्टीभ भेइकल (एमपीभी), ४ वटा घोडा, मेडिकल उपकरण र मेन्टीनेन्स स्पेयर्स पार्टस नेपाली सेनालाई हस्तान्तरण गरेका हुन्। आज उपलब्ध गरिएका करिव २२ करोडको सैन्य सामाग्रीमा ६० प्रतिशत…

Read More

काठमाडौं –  जापान पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-९ घर भइ हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बा छन्। उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। जापानको प्रतिष्ठित होटलमा मासिक ३ लाख रुपैयाँसम्म तलब हुने गरी काममा लगाइदिने प्रलोभनमामा पारी पीडितबाट १३ लाख रुपैयाँ लिइ उनी सम्पर्क विहीन भएकी थिइन्। मिनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ सुविधानगरबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाइएको छ।

Read More