काठमाडौं – जापान पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-९ घर भइ हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बा छन्। उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। जापानको प्रतिष्ठित होटलमा मासिक ३ लाख रुपैयाँसम्म तलब हुने गरी काममा लगाइदिने प्रलोभनमामा पारी पीडितबाट १३ लाख रुपैयाँ लिइ उनी सम्पर्क विहीन भएकी थिइन्।
मिनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ सुविधानगरबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाइएको छ।
Facebook Comments Box