Author: Nisha Shrestha

काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू झापाको दमक पुगेका थिए । बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

Read More

काठमाडौँ – पछिल्लो दुई सातादेखि नेप्से परिसूचकमा उतारचढाव आइरहेको छ । अघिल्लो कारोबार दिन हरियाली बनेको सेयर बजार बुधबार फेरि राताम्मे बनेको छ । परिसूचक नेप्सेसहित सबै उपसमूहका सूचक ओर्लिएका छन् । नेप्से १८.७५ अंक घटेर १९३० अंकमा कायम भएको छ । यसअघिको कारोबार दिन सोमबार परिसूचक २२.६ अंक बढेको थियो । बुधबार १ अर्ब ३० करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा १ करोड बढी हो । कुल ३८ कम्पनीको मूल्य बढ्दा १६६ को घट्यो भने १० को स्थिर रहृयो । बैंकिङ ७, विकास बैंक ४५, फाइनान्स २३, होटल तथा पर्यटन ३५, जलविद्युत् २६, जीवन…

Read More

काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकमा सांसदले मुलुकको समसामयिक राजनीतिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा उनीहरूले समाजमा छोरी असुरक्षित रहेको र मानव तस्करको कब्जामा परिरहेकाले अपराधीलाई कारबाहीको दायरामा ल्याउन माग गरे । सांसद अनिता देवकोटाले छोरीहरू समाजमा असुरक्षित रहेको, उनीहरूको जीवन जोखिममा परेको र मुलुक मानव तस्करको केन्द्र बन्दै गएकामा चिन्ता व्यक्त गर्दै यसतर्फ सरकारको ध्यान जाओस् भने । सांसद कुमार दसौदीले आफूलाई राष्ट्रिय सभा सदस्यमा निर्वाचित गराएकामा लुम्बिनी प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई धन्यवाद दिए । सांसद दिलकुमारी रावल थापाले स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिन र स्वास्थ्य क्षेत्रमा रणनीतिक योजना बनाएर लागू…

Read More

काठमाडौँ – नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । ५ चैतमा बबरमहलबाट झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहलकै न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्ल गण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले १० जना तिब्बतीलाई नेपाली नागरिकता दिइसकेका छन् ।

Read More

काठमाडौँ – नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । ५ चैतमा बबरमहलबाट झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहलकै न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्ल गण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले १० जना तिब्बतीलाई नेपाली नागरिकता दिइसकेका छन् ।

Read More

काठमाडौँ- जिल्ला अदालत काठमाडौँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध विरोध प्रदर्शन गर्ने तीन जना युवालाई हिरासतमा राख्न अनुमति दिएको छ। अदालतले उनीहरूलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बागलुङ सोम शर्माविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा चलाउन लागिएको काठमाडौँ प्रहरीले जनाएको छ। प्रहरीले मङ्गलवार उनीहरूलाई मुख थुनेर पक्राउ गरेको थियो । पक्राउ परेका तीन जना युवा महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा छन्। अभद्र कसुर मुद्दामा अनुसन्धान गर्न भन्दै काठमाडौँ प्रहरीले अनुमति मागेको थियो। उनीहरूलाई मुख थुनेर पक्राउ गरेको भन्दै अहिले सरकारको चौतर्फी रूपमा आलोचना भइरहेको छ ।

Read More

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपरान्ह ४ बजे बस्नेगरी बैठक डाकिएको हो । बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत लिइसकेकाले अब सरकारलाई पूर्णता दिने तयारीका साथ बैठक आह्वान गरेका हुन् ।

Read More

काठमाडौँ – राष्ट्रिय सभा सांसद डा.बिमला राई पौड्यालले प्रहरीले युवाहरूको मुख थुनेको विषयमा सरकारले जवाफ दिनु पर्ने बताएकी छिन्। मङ्गलवार प्रधानमन्त्री दाहाल ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले बानेश्वरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए। जसमा प्रहरीले युवाहरूको मुख थुनेर बोल्न नदिई उनीहरूलाई पक्राउसमेत गरेको थियो। सोही विषयमा सांसद पौड्यालले यस बारेमा सरकारको जवाफ माग गरेकी छिन् । उनले संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको भन्दै मुख थुन्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ कि छैन ? भन्दै प्रश्न गरेकी छिन् । उनले भनिन्, ‘हिजोदेखि सञ्चार जगत र सामाजिक सञ्जालमा…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी सेवामा करारमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने बताएका छन्। बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नसकिएकोमा धेरै दुःख लागेको बताउँदै उनीहरूलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने बताएका हुन् । सामाजिक सुरक्षा कोषमा आबद्धताको संस्कार बसाल्न कानुनले निर्देशित गरेको सहयोग दानको प्रावधानलाई कार्यान्वयनमा ल्याइ सबै क्षेत्रको अपनत्व स्थापित गरिने उनले बताए। उनले कोषको लगानीलाई राज्यको भौतिक पूर्वाधार विकास, उद्यमशीलता लगायतका उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने नीतिगत व्यवस्था गरिने उल्लेख गरे। उनले भने, ‘सामाजिक सुरक्षा कोषमा आबद्धताको संस्कार बसाल्न कानुनले निर्देशित गरेको…

Read More

काठमाडौँ- संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा जातीय भेदभाव, छुवाछुत, बलात्कार, हत्या, दमन, शोषणजस्ता उत्पीडनविरुद्धको संकल्प प्रस्तावमा छलफल सुरु भएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा संकल्प प्रस्तावमाथि अहिले छलफल जारी छ । सांसद भुवनबहादुर सुनार प्रस्तावक रहेको संकल्प प्रस्तावकको समर्थनमा सुरेशकुमार आले मगर, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार, सिंहबहादुर विश्वकर्मा, जगतबहादर पार्की, राधेश्याम पाशवान, जगप्रसाद शर्मा, जितेन्द्रनारायण देव, प्रमिला कुमारी, प्रकाश पन्थ, देवेन्द्र दाहाल, भगवती न्यौपाने, जयन्तीदेवी राई, तारामान स्वाँर, सवमला घिमिरे, मयााप्रसाद शर्मा, गंगाकुमार बेलवासे रहेका छन् । संकल्प प्रस्तावमा १९ विषयमा सरकारलाई निर्देशन दिन माग गरिएको छ । संकल्प प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्री…

Read More