काठमाडौँ – नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
५ चैतमा बबरमहलबाट झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहलकै न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्ल गण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूले १० जना तिब्बतीलाई नेपाली नागरिकता दिइसकेका छन् ।
Facebook Comments Box