Author: Nisha Shrestha

कञ्चनपुर- कृष्णपुर नगरपालिकाले छाडा चौपाया व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको छ । यसका लागि नगरपालिकाका पाँच स्थान तोकिएका छन् । निगाली, वनहरा, गजविजुला, वनदेवी र ग्वासी समैजीमा एक हजार एक सय छाडा चौपाया व्यवस्थापन गरिएको छ । छाडा चौपायाका लागि तत्काल टहरा र ‘मेसवायर’ जडान गरी व्यवस्थापन गरिएको नगर प्रमुख हेमराज ओझाले बताउनुभयो । “जेठ महिनाभित्रै स्थायी प्रकृतिका भौतिक पूर्वाधार निर्माण गरी छाडा चौपाया व्यवस्थापनको कार्यलाई टुङ्गोमा पुयाउछौंँ” उहाँले भन्नुभयो, “त्यसका लागि कार्य अगाडि बढाइसकेका छौंँ ।” उहाँका अनुसार हालसम्म छाडा चौपाया व्यवस्थान गर्नका लागि रु १६ लाख बढी रकम खर्च गरिएको छ । छाडा चौपाया व्यवस्थापन गरिएका पाँच वटै स्थानमा…

Read More

काठमाडौं – बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिनुहुने भएको छ । उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो । त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । बागमती प्रदलेश सरकारको वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री हुनुहुन्छ ।

Read More

काठमाडौँ – सत्ता गठबन्धनमा आबद्ध चौथो ठूलो दल नेकपा (एकीकृत समाजवादी)ले गृहसहित तीन मन्त्रालयमा दाबी गर्ने भएको छ । एकीकृत समाजवादीका एक नेताले आफूहरूले रोजेको मन्त्रालय पाउनुपर्ने बताए । “माओवादीले प्रधानमन्त्री पायो, काँग्रेसले राष्ट्रपति पायो । जसपाले उपराष्ट्रपति पाउने पक्का भएको छ । गठबन्धनमा रहेको चौथो ठूलो दलको हैसियतले हामीले रोजेको तीन मन्त्रालय पाउनुपर्छ,” ती नेताले भने, “महत्त्वपूर्ण मन्त्रालय गृह, अर्थ वा भौतिक योजनामध्ये हामीले रोजेको मन्त्रालय पाउनुपर्छ । त्यसमा गृहमा हाम्रो जोड रहन्छ ।” यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य तथा जनसङ्ख्या र शिक्षा, विज्ञान तथा प्रविधिमध्ये दुई मन्त्रालयमा आफूहरूको दाबी रहने ती नेताले बताए । पार्टीमा औपचारिक…

Read More

काठमाडौँ – जनमत पार्टीले रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णयको विरोध गरेको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बुधवार राति विज्ञप्ति जारी गरेर मलमा अनुदान कटौती गरेको निर्णयको विरोध गरेका हुन् । उनले मलमा अनुदान बढाउन, पर्याप्त मल खाद खरिद गर्न र समयमै मल खादको सुलभ उपलब्धता सुनिश्चित गर्न माग गरेका छन् । ‘सरकारले जनताको हितमा काम गर्नु पर्ने र उत्पादनमुखी काममा बजेट बढाउनु पर्नेमा उल्टा मलको समग्र अनुदान ११.८ प्रतिशतले घटाउने निर्णय गर्नु सरकारले गरिब किसानहरूको बेवास्ता गरेको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

Read More

काठमाडौँ – प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ । महोत्तरीको जलेश्वर नगरपालिका–३ बाट ९ लाख ९८ हजार ३ सय भारतीय रुपैयाँसहित २९ वर्षीय बिमलेश पाण्डेलाई पक्राउ गरिएको हो । आरोपीको साथबाट उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.४ प ७०३४ नम्बरको मोटरसाइकललाई जाँच गर्दा पाण्डेको साथमा सो रकम फेला परेको थियो ।

Read More

काठमाडौँ – उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । शुक्रबार बिहान ११:३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक परिस्थितिबारे निर्णय गरिने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने निर्णय लिनेछ । उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ मा हुँदैछ ।

Read More

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य आज फेरी बढेको छ । आज तोलामा एक हजार रुपैयाँले बढेर तोलामा १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्रै बढ्दै आज तोलामा १ हजार ३…

Read More

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि नेपाली सेनाको बाहिनीपति ट्रफी भलिबल प्रतियोगिता सुरु भएको छ । यहाँस्थित श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजनामा सुरु भएको लिग चरणको भलिबल प्रतियोगितामा बाहिनीअन्तर्गत कार्यरत चार गुल्मबीच प्रतिस्पर्धा हुनेछ । श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पुरुषोत्तम ढकालले उद्घाटन गर्नुभएको सो प्रतियोगिताको पहिलो खेलमा श्रीदल गुल्म कञ्चनपुरले विजयी सुरुआत गरेको छ । उद्घाटन खेलमा बैतडीको हनुमानध्वज गुल्मलाई २–० सोझो सेटले पराजित गर्दै श्रीदलले विजयी सुरुआत गरेको हो । त्यसैगरी प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा वीरभद्रजङ्ग गुल्म बझाङ विजयी भएको छ । सो खेलमा वीरभद्रजङ्ग गुल्मले गुरुगोरख गुल्म दार्चुलालाई २–० सोझो सेटले पराजित गरेको…

Read More

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ६२ अङ्कमा कायम भएको हो । आजको कारोबारमा कूल दुई सय ५३ वटा कम्पनीका विभिन्न ३७ लाख १६ हजार छ सय ८४ कित्ता शेयर रू एक अर्ब २० करोड २१ लाख ४१ हजारमा कारोबार भएका छन् । आजको कारोबारमा व्यापार समूह १० दशमलव ५७ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६९ दशमलव ४६ र लघुवित्त समूहको उपसूचक ६८ दशमलव ३५ अङ्कले घटेको छ । साथै बैंकिङ समूह नौ दशमलव ९४,…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। आज शीतल निवास पुगेर उपसभापति गुरुङले राष्ट्रपति पौडेललाई बधाई तथा शुभकामना दिएका हुन्। गुरुङले राष्ट्रपतिको सवारीमा सर्वसाधारण जनतालाई दुःख हुन नहुने बताए। ‘राष्ट्रपतिको सवारीमा तामझाम गरेर सर्वसाधारणलाई दुःख दिने विगतको परम्परालाई तोड्न सुझावसमेत दिइयो,’ उपसभापति गुरुङले भने। सवारीका बेला जनतालाई दुःख दिने पक्षमा आफू नरहेको पनि राष्ट्रपति पौडेलले बताएको उनको भनाइ छ। गत फागुन २५ गते पौडेल राष्ट्रपति निर्वाचित भएका थिए।

Read More