Author: Nisha Shrestha

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ जनाको पीसीआर परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जना र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका सँगै देशभर १ हजार २२३ जना सक्रिय संक्रमित रहेका छन् । आज एक सय जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्‍यु भएको छैन ।

Read More

– राम धामी डडेल्धुरा – सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपिठका रुपमा रहेको विश्व सम्पदा सूचीमा सूचिकृत उग्रतारा मन्दिरको पुरातन शैलीमा पुर्ननिर्माण गरिने भएको छ। हाल सिमेन्टजन्य सामग्रीबाट निर्माण भएको उग्रतारा मन्दिरलाई विश्व सम्पदा सूचीबाट हटाईएपछि पुरातत्व विभागले सिमेन्टजन्य सबै सामग्री हटाई दिगो काठ तथा बलियो ढुंगा प्रयोग गरेर पुरानै स्वरुपमा पुर्न निर्माण गर्न थालेको हो । उग्रतारा मन्दिरलाई आकर्षक रुपले पुरातन शैलीमा चालु आर्थिक वर्षमै पुर्ननिर्माणको काम सम्पन्न गर्न पुरातत्व विभागले काम अघि बढाएको छ ।उग्रतारा मन्दिर पुर्ननिर्माण परियोजना प्रमुख हरिप्रसाद भुषालले चालु आर्थिक बर्षभित्रै पुर्ननिर्माणको काम सम्पन्न गरिने जानकारी दिए । उनले जिल्लास्थित सबै सरोकारवालाहरुसँग समन्वय बैठकको आयोजना गरेर उग्रतारा मन्दिरको…

Read More

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठलाई हटाएर परिवर्तन राईलाई नियुक्त गरेका छन् । आइतबार विहान राईलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । पार्टी निकट कानुन व्यावसायीलाई पालो पुर्‍याउन मुख्यमन्त्री राईले नौँ महिनामै मुख्य न्यायाधीवक्ता फेरेको भन्दै आलोचना भएको छ । हाल नियुक्त मुख्य न्यायाधिवक्ता राई खोटाङका हुन् । नवनियुक्त मुख्य न्यायाधिवक्ता राईलाई आइतबार प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले सपथ गराएका हुन् । श्रेष्ठ गत पुस २३ गते मुख्यन्यायधिवक्ता नियुक्त भएका थिए । उनलाई पदमुक्त गर्नुको कारण खुलाइएको छैन । श्रेष्ठले भने आफैँले राजिनामा दिएको बताएका…

Read More

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आयोग जाने भएका छन् ।  निर्वाचन आचारसंहिता पालनाको प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न देउवा आयोग जान लागेका हुन् । केही बेरमा आयोग जान लागेका प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । आयोगले आज आचारसंहिताबारे छलफल गर्न र पालनका लागि प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ दललाई छलफलमा बोलाएको छ । उनीहरूलाई आचारसंहिता पालनाका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउने आयोगको तयारी छ । गृहमन्त्री बालकृष्ण खाँण पनि आयोग जाँदैछन् ।

Read More

काठमाडौँ – सर्वोच्च अदालतले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई आज बिदाइ गर्न लागेको छ। असोज १७ गतेदेखि ६५ वर्षको उमेर हदका कारण कायम मुकायम प्रधानन्यायाधीश कार्कीले अवकाश पाउँदै छन्। भोलिदेखि दसैँ बिदा सुरु हुने भएकाले आजै कामु कार्कीलाई औपचारिक बिदाइ गर्न लागेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। कार्कीले अवकासको एक महिना अघिदेखि मुद्दा हेरेका छैनन्। उनले अन्य प्रशासनिक काम मात्र गर्दै आएका थिए। गएको फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग लगाउने प्रस्ताव संसदमा दर्ता भएपछि कार्कीले सर्वोच्च अदालतको नेतृत्व सम्हालेका थिए। राणा निलम्बनमा परेपछि उनी कायममुकायम प्रधानन्यायाधीश भएका हुन्। संविधानले प्रधानन्यायाधीशले काम गर्न नसकेको अवस्थामा कायममुकायमले प्रधानन्यायाधीशले गर्ने…

Read More

काठमाडाैं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिष्ट र कांग्रेसका केही नेताले देशलाई चक्रब्यूमा पारेकाे आरोप लगाएका छन् । ०४६ सालको राजनैतिक परिवर्तनपछि मुट्ठिभरका केही नेताले देशको हालत दयनीय बनाएको उनकाे दाबी छ । शनिवार महोत्तरीको बर्दिबासमा आयाेजित आमसभालाई सम्बाेधन गर्दै नेता लिङ्देनले नेताहरूले नेपालको निर्णायकत्व विदेशीलाई सुम्पेको र विदेशीको चाहनाअनुसार सरकार चलेको समेत आरोप लगाए । वामपन्थी र कांग्रेस नेताका कारण नेपाल शक्तिराष्ट्रको क्रिडास्थल बनेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘हामीलाई विदेशीसँगको मित्रता स्वीकार्य छ । तर, हस्तक्षेप स्वीकार्य छैन ।´ राजालाई अर्बाै रुपैयाँ स्वीट्जरल्याण्डमा राखेको आरोप लगाउने नेताहरूले अहिले स्वीटजरल्याण्डमा ७० अरब रुपैयाँ राखेको अध्यक्ष लिङ्देनले खुलासा गरे । याे व्यवस्थाबाट देश भ्रष्टाचारको दलदलमा फसेको र यसकाे संरक्षणकर्ता पनि नेताहरू…

Read More

चितवन – नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी लाग्ने बताएका छन् । नेपाल प्रहरी शिक्षालय भरतपुरको प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको भन्दै शान्तिपूर्णरुपमा सम्पन्न गर्न आआफ्नो ठाउँबाट लाग्न निर्देशन दिए । आम नागरिकलाई कानुनी राज्यको प्रत्याभूति दिलाउने गरी काम गर्न निर्देशन दिँदै उनले आम प्रहरीले आचरण, इमान्दारिता र निष्ठामा ख्याल गर्नुपर्ने बताए । आइजिपीको कार्यालयमा पाँच सय एक दीक्षित भएका थिए । हरेक अवस्थामा सम्यमता अपनाएर काम गर्नुपर्ने भन्दै उनले कर्तव्य निष्ठ भएर कार्य क्षेत्रमा लाग्नुपर्छ भने । हरेक काम…

Read More

सुनसरी – राष्ट्रिय प्रजातान्त्र पार्टीका केन्द्रीय सदस्य धनसुर शाहीले जारी संविधान च्यात्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन इटहरी नगरसमिति कार्यालयमा सम्पन्न सुनसरी जिल्ला अधिवेशनका क्रममा बोल्दै संगठनका पूर्व अध्यक्ष समेत रहेका नेता शाहीले यो संविधानले देश अघि बढ्न नसक्ने बताउदै राष्ट्रपतिले नै नमान्ने संविधान च्यात्नुपर्ने बताए । कार्यक्रममा बोल्दै शाहीले सुर्य पूर्वबाट उदायजस्तै राप्रविसंको उदय पूर्वको सुनसरीबाट भएको बताउदै सबै विद्यार्थीलाई राष्ट्रवादी आन्दोलनका लागि अगाडि बढ्न आग्रह गरे ।

Read More

काठमाडौँ – नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले करण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश हरि फुयाँलको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको हो । संघीय संसद्को दुवै सदनबाट पारित भएर आएको नागरिकता विधेयक संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ४ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने थियो । तर राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि संविधान उल्लङ्घन भएको भन्दै सर्वोच्चमा ५ वटा रिट गरेको छ । सबै रिटमा राष्ट्रपतिलाई विधेयक प्रमाणीकरणका लागि परमादेश जारी गर्न समेत माग गरिएको छ । अधिवक्ता सुनिलरञ्जन सिंह, अधिवक्ता सुनिलकुमार यादव, अधिवक्ता सागर बराल, देव शर्मा र सोनु रौनियारले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति …

Read More

चितवन- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताएका छन् । अवकाश प्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गरेपछि पत्रकारसँग कुराकानी गर्दै उनले अवकाश प्राप्त समायोजित सेनाको माग सम्बोधन गर्न आफू तयार रहेको बताए। उनले भने, “उहाँहरूको मुख्य माग सङ्गठनमा आबद्ध गर्ने र निर्वाचन लड्ने अवसर दिनुपर्छ भन्ने रह्यो । यसमा मैले सङ्गठनमा बस्ने मिल्छ । निर्वाचन लड्न पनि मिल्छ भनेको छु ।” पूर्वसेनाको सङ्गठनमा बसेरसमेत काम गर्न सक्ने उनको भनाइ थियो । कार्यक्रममा अवकाश प्राप्त समायोजित सेनाले आफूहरूको अवस्था र अहिले देखिएको पार्टीको समस्याका बारेमा…

Read More