सुनसरी – राष्ट्रिय प्रजातान्त्र पार्टीका केन्द्रीय सदस्य धनसुर शाहीले जारी संविधान च्यात्नुपर्ने बताएका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन इटहरी नगरसमिति कार्यालयमा सम्पन्न सुनसरी जिल्ला अधिवेशनका क्रममा बोल्दै संगठनका पूर्व अध्यक्ष समेत रहेका नेता शाहीले यो संविधानले देश अघि बढ्न नसक्ने बताउदै राष्ट्रपतिले नै नमान्ने संविधान च्यात्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै शाहीले सुर्य पूर्वबाट उदायजस्तै राप्रविसंको उदय पूर्वको सुनसरीबाट भएको बताउदै सबै विद्यार्थीलाई राष्ट्रवादी आन्दोलनका लागि अगाडि बढ्न आग्रह गरे ।
Facebook Comments Box