Author: Nisha Shrestha

बैतडी- बैतडीमा काँग्रेस सभापतिमाथि कुटपिट भएको छ। नेपाली कांग्रेस डिलाशैनी गाउँपालिकाका सभापति तथा जिल्ला कार्य समिति सदस्य जयानन्द जोशी (जयराज) माथि आइतबार साझ कुटपिट भएको हो। आफ्नै कोठामा खाना पकाइरहेको बेला सभापति जोशीमाथि कुटपिट भएको बताइएको छ। जोशीमाथि कुटपीट गरेको आरोपमा प्रहरीले स्थानीय विरेन्द्र जोशीलाई नियन्त्रणमा लिएको बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय बोलाइएको उनले बताएका छन्। ‘कुटपिटको कारण खुल्न सकेको छैन्, ‘अहिले दुबै पक्षलाई बोलाइएर छलफल भइरहेको छ।’

Read More

महेन्द्रनगर – आकर्षक तलब पाइने जागिरको लोभ देखाएर युवाहरू ठग्ने ग्लोबल ओरियन्स नेपालका टीकापुरस्थित प्रतिनिधिहरू पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार चैत ५ गते आइतबार ग्लोबलका १२ जना प्रतिनिधि विरुद्ध जिल्ला अदालत कैलालीमा ठगी मुद्दा दर्ता भएको छ । जसमध्येका डेकेन्द्र विक लगायतका आठ जना पक्राउ परिसकेका छन् । २१ जनालाई सोधपुछ गरेको छ । ठगीको रहस्य सार्वजनिक भएपछि एक महिनाको लागि बिदा भयो भन्दै यहाँको कार्यालय आइतबारदेखि नै बन्द गरिएका छन् तर बाहिरबाट ल्याएर होस्टेलमा राखिएकाहरू भने अब पैसा पाइन्छ कि भनेर आफू ठगिएको बताउन थालेका छन् । अछाम ढकारीका…

Read More

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका लागि दिएको अभिव्यक्तिमा तालमेल नभएको बताएका हुन् । सरकारमा उपप्रधानमन्त्री रहिसकेका पौडेलले प्रधानमन्त्रीको व्यवहार र अभिव्यक्तिबीच मेल नखाने बताए । उनले भने, ‘प्रधानमन्त्रीले कस्तो राष्ट्रिय सहमति खोज्नुभएको हो ? जनमतको हिसाबले देशको सबैभन्दा ठुलो दल एमालेसहितको राजनीतिक दलबिनाको सहमति कस्तो राष्ट्रिय सहमति हो ? एमाले बिनाको राष्ट्रिय सहमतिको कुरा गरेको भए त्यसको सख्त विरोधमा एमाले रहेको छ । जनता र मुलुकले त्यस्तो राष्ट्रिय सहमति चाहेको होइन।’ विश्वासको मतको प्रस्ताव राख्दै प्रधानमन्त्रीले आफूले राष्ट्रिय सहमतिको विषय उठाउँदा एमाले र राप्रपा सरकारबाट बाहिरिएको र समर्थन फिर्ता लिएको विषयमा नेतृत्वले…

Read More

धनगढी – कैलालीको घोडाघोडीस्थित बुलबुले बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियु विजयी भएको छ। बुलबुलेमा अनेरास्ववियुकी उम्मेदवार पुष्पा खाती सभापतिमा विजयी भएकी हुन्।

Read More

धनगढी- कैलालीमा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको भजनी नगरपालिका–३ कुडि चोकमा से.२ त १०२० नम्बरको ट्याक्टर आइतबार राति दुर्घटना भएको हो। ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ट्याक्टरमा सवार भजनी नगरपालिका–१ ठेगरपुरका २८ वर्षीय टिकाराम चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नियुक्तिको छोटो अवधिमै विश्वासको मत लिनुपर्छ भन्ने नसोचेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले भने, ‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइन, सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावपछि राप्रपा र एमालेका मन्त्रीहरूले राजीनामा दिनुभयो ।’

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने बताएका छन् । सोमबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरूले प्रधानमन्त्री बनाए पनि प्रचण्डले इमान छोडेको बताएका हुन्। उनले भने, ‘यस पटक हामीले वामपन्थीसहितको सरकार बनाउन चाहेका थियौँ। उहाँलाई त्यो सह्य भएन। प्रधानमन्त्री भएपछि इमान छोड्नुभयो। प्रधानमन्त्रीजीको बारेमा यसो भन्नु ठिक होइन। तर, उहाँ इमानमा रहन सक्नुभएन। उहाँले दक्षिणपन्थी सरकार बनाउनुभयो। राष्ट्रिय हितलाई कमजोर बनाउनुभयो ।’ अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले वैदेशिक सम्बन्ध अविश्वनीय बनेको बताए। प्रधानमन्त्री प्रचण्डलाई विश्वास भए गठबन्धनका स्वार्थीहरूले भोट दिने बताए। ‘प्रधानमन्त्रीजीमाथि विश्वास छ भने गठबन्धनका स्वार्थीहरूले…

Read More

काठमाडौँ । सरकारले अयोग्य लडाकुहरूलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले जनही दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार ब्युरोलाई जानकारी गराए । गृहले कार्यविधि बनाएर लागू कार्यान्वयनमा ल्याइने बताइएको छ । रकम बारे भने प्रस्ताव गरिएको तर फेरबदल हुन सक्ने बताइएको छ । आजको बैठकले पाँच जना डिआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

Read More

काठमाडौँ – संघीय संसद्‌को दोस्रो ठूलो नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ। सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसकिने जनाउँदै विपक्षमा रहने जनाए । ‘एमालेलाई प्रचण्डप्रति विश्वास छैन। हामी विश्वासको मत दिँदैनौँ,’ संसदीय दलको बैठकमा ओलीले भने। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटै कार्यकालमा आज दोस्रो पटक विश्वासको मत लिँदै छन् । एमाले, राप्रपालगायतले समर्थन फिर्ता लिए पछि प्रधानमन्त्री प्रचण्डले आज दोहोर्‍याएर विश्वासको मत लिन लागेका हुन् ।

Read More

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयंसेविकालाई एक÷एक थान साइकल उपलब्ध गराइएको हो । नगरपालिकाको वडा नं ६ ले १३ वडा स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको वडाध्यक्ष महेन्द्र खड्काले बताउनुभयो । “स्वयंसेविकालाई स्वास्थ्यसम्बन्धी काम गर्दा सजिलो होस भनेर साइकल वितरण गरेका हौँ”, अध्यक्ष खड्काले भन्नुभयो, “यसले स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज हुनेछ ।” महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान पु¥याउँदै आएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस भन्ने उदेश्यले साइकल वितरण गरिएको नगर उपप्रमुख निलम जोशीले बताउनुभयो । “मानव जीवनको आधारभूत आवश्यकता स्वास्थ्य क्षेत्रको विकास…

Read More