काठमाडौँ । सरकारले अयोग्य लडाकुहरूलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले जनही दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार ब्युरोलाई जानकारी गराए ।
गृहले कार्यविधि बनाएर लागू कार्यान्वयनमा ल्याइने बताइएको छ । रकम बारे भने प्रस्ताव गरिएको तर फेरबदल हुन सक्ने बताइएको छ ।
आजको बैठकले पाँच जना डिआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।
Facebook Comments Box