Author: Nisha Shrestha

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले सो निगरानीका लागि विशेष व्यवस्था गरेको हो । उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि आयोगले राजनीतिक दल, उम्मेदवार र मतदातालाई आग्रह गरिसकेको छ भने राज्य संयन्त्रका सम्बन्धित नियकालाई आचारसंहिता प्रतिकूलका गतिविधिमाथिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गर्न निर्देशन दिइसकेको छ । आयोग उपनिर्वाचन हुने सम्बन्धित निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र मतदाताबोहक बाह्य जिल्ला वा क्षेत्रका व्यक्तिहरूको अवाञ्छित आवागमन र अनधिकृत गतिविधि नगर्न÷नगराउन सम्बन्धित सबैमा आग्रह…

Read More

काठमाडौँ – माई खोला हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको हो । कुल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला भएको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आइपीओमा वैशाख १२ गतेसम्म आवेदन…

Read More

काठमाडौं – वर्षेनी क्षयरोगीका बिरामीको संख्या बढ्दै गएको छ । यसैगरी क्षयरोगबाट मृत्यु हुनेको संख्या पनि बढेको छ ।गत वर्ष क्षयरोगी पहिचान २८ हजार ५ सय ८९ भएकोमा यो वर्ष २३.४१ प्रतिशत वृद्धि भई क्षयरोगीको संख्या ३७ हजार ७ सय ७१ पुगेको छ । क्षयरोगीको मृत्यु संख्या गत वर्ष ९ सय रहेकोमा यो वर्ष १ हजार २२ पुगेको छ । गत वर्ष बाल क्षयरोगी पहिचान १ हजार ९ सय २ रहेकोमा यो वर्ष १ हजार ३ सय ९५ ले वृद्धि भएको देखिन्छ । वर्षेनी क्षयरोगका कारण बिरामी हुने र मृत्यु हुनेको संख्या बढ्दै गए पनि क्षयरोग सेवाका लागि ल्याइएका उपकरणहरू…

Read More

काठमाडौँ – मन्त्रिपरिषद्ले नेपाल-भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक आयोजना गर्ने निर्णय गरेको छ । वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख १२ गते संयुक्त कार्यसमूहको बैठक आयोजना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको बैठक दुवैतर्फका सहसचिवस्तरीय हुनेछ । बैठकले लेखापरीक्षणमा बोर्डको सदस्यमा चार्टर्ड एकाउन्टेन्ट भोजराज पाण्डेलाई मनोनयन गरेको छ । यस्तै, सार्वजनिक संस्थान सुझाव समिति अवधारणा पत्र, २०८० स्वीकृत गर्दै शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गरेको छ ।

Read More

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिचान बनाएकाहरूले कांग्रेसलाई भुल्न नहुने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज व्यास नगरपालिका–३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसबाट अवसर लिनेहरु नै अहिले कांग्रेसलाई भुलेको आरोप लगाए । ‘कांग्रेसबाट अवसर लिएकाहरूले नै आज कांग्रेसले के दियो भन्ने गरेको सुनिँदै आएको छ, आज मातातीर्थ औँसी पनि हो, जसले पहिचान र अवसर दियो त्यो पनि आमा सरह नै हो,’ महामन्त्री शर्माले भने । महामन्त्री शर्माले आमालाई एक दिनमात्र नभइ सधैँ सम्मान गर्नुपर्ने बताए। ‘एकदिन सम्मान गरी फोटो खिचाउँदै आमाप्रति सम्मान हुँदैन, आमा त भगवान हुन् सधैँ सम्मान गर्नुपर्छ,’ शर्माले भने । महामन्त्री…

Read More

काठमाडौँ– निर्वाचन आयोगले यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनको तयारी पुरा भएको जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि तयारी पुरा भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । निर्वाचनका लागि सम्पूर्ण सामाग्री मतदान स्थलमा पुगिसकेको उनले बताए । त्यस्तै सहायक प्रवक्ता अर्यालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न गर्नका लागि बिहीबार रातीदेखि मौन अवधि सुरु हुने जानकारी दिए । उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया उम्मेदवारको…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव मधेसको अधिकारका लागि लड्ने सच्चा नेता भएको दाबी गरेका छन् । बिहीबार बारामा भएको उपनिर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यादव मधेसको लागि लड्ने नेता भन्दै तारिफ समेत गरे । आफू र उपेन्द्र यादव एउटै मन्त्रिपरिषदमा बसेर काम गरेको र यादवले सधैँ मधेसको अधिकारका लागि आफूसँग झगडा गरेको देउवाको भनाई छ । उनले उपेन्द्रलाई जिताएर जनताको सेवा गर्ने अवसर दिन आग्रह गर्दै पाँचवर्षे कार्यकाल हेर्न र चित्त नबुझे अर्को चुनावबाट विकल्पमा सोच्न समेत उनले आग्रह गरेका छन् ।

Read More

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतको आर्थिक सल्लाहकारमा अर्थविद् विश्व पौडेल नियुक्त भएका छन् । पौडेल अर्थ मन्त्रालयमा प्रमुख सल्लाहकार नियुक्त भएका हुन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका पोडेल संसदीय निर्वाचनमा चितवन–१ बाट उम्मेदवार समेत बनेका थिए । उनलाई अर्थमन्त्री महतले अर्थ मन्त्रालयमा ल्याएका हुन् ।

Read More

काठमाडौँ – परराष्ट्रमन्त्री एनपी साउदसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले भेट गरेकी छन । बिहीबार परराष्ट्र मन्त्रालयमा पुगेर राजदूत पोलिटले मन्त्री साउदलाई भेटेकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनीहरुबीच आपसी विकास सहयोग, नेपाल र बेलायतबीच १०० वर्ष लामो सम्बन्ध एवम् जलवायु परिवर्तन तथा आपसी हितका अन्य क्षेत्रका विषयमा छलफल भएको छ। साथै राजदूत पोलिटले नव नियुक्त परराष्ट्रमन्त्री साउदलाई बधाई तथा शुभकामना दिएकी छन् ।

Read More

काठमाडौँ- बजेट अभावका कारण नेपाल प्रहरीको नियमित तलब रोकिने देखिएको छ। आवश्यकताअनुसारको बजेट नआउँदा प्रहरीले वैशाखदेखि असारसम्म (तीन महिना)को तलब नियमित नपाउने देखिएको हो। नेपाल प्रहरीका प्रवक्ता एसएसपी दीपेन्द्र जिसीले चालु आर्थिक वर्षमा बढेको प्रहरीको रकम बराबरको बजेट निकासा नहुँदा तलब नियमिततामा असर पर्ने देखिएको बताए।उनका अनुसार बजेट आइसकेपछि प्रहरीको विभिन्न नयाँ पदहरू कायम भएको र सोहीअनुसार तलब पनि नयाँ मापन भएकोले बजेट अभाव भएको हो। ‘पहिलो त बढेको तलब बराबरको रकम निकासा नहुँदा समस्या भयो,’ उनले भने, ‘अर्को कारण बजेट आइसकेपछि नेपाल प्रहरीमा सहायक हवल्दार, वरिष्ठ सई जस्ता धेरै पदहरू पनि थपियो। यहीअनुसार बढुवा पनि भयो। बढुवा भएकाहरूको तलब…

Read More