Author: Nisha Shrestha

रूपन्देही– लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आठ दलीय गठबन्धनको तर्फबाट चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार ८ दलका ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख शेरचनसमक्ष दाबी पेस गरे ।चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन छ ।

Read More

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बेलैमा कमीकमजोरी सच्चाएर जानुको विकल्प नभएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ जिल्लाको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उपचुनावले जनताको चासो प्रस्ट भएको भन्दै जनताले अपेक्षा गरेअनुरूप काम गर्ने नसकेकाले जनतामा असन्तुष्टि बढेको बताए । सिंहले समयको मागअनुसार काँग्रेसको कार्यशैलीमा रूपान्तरण गर्न नसके गाह्रो पर्ने अवस्था आएकोसमेत बताए। पछिल्लो समय काँग्रेस पावर बेस पोलिटिक्समामामात्रै केन्द्रित हुँदा यसको परिस्थिति सिर्जना हुन पुगेको उनको तर्क छ। काँग्रेसले मूल्यमान्यता आदर्शको राजनीतिबाट विमुख भएकाले परिस्थिति जटिल बन्दै गएको उनको भनाई छ। उप चुनावको नतिजालाई पार्टीले गम्भीरताताका साथ लिनुपर्नेसमेत नेता सिंहको भनाई छ। चुनावी…

Read More

काठमाडौं – सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । प्रदेशको नाम नेपालीमा लेख्ने गरी टुङ्गो लागेको र अन्य विषय यथावत रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर अर्जुनजङ्ग थापाले जानकारी दिनुभयो । “जुन प्रदेशको नाम लेखिएको थियो त्यो नेपालीमा हुन्छ । नम्बर प्लेटमा नेपालको झण्डा रहेको छ । त्यसले नेपालको सवारीसाधन भन्ने जनाइहाल्छ”, उहाँले भन्नुभयो । इम्बोस्ड नम्बर आपूर्ति गर्न बङ्गलादेशको कम्पनी टाइगर आइटीले जिम्मा पाएको छ । पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्नेगरी विसं…

Read More

काठमाडौं – नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसम्बन्धी समस्या चाँडै समाधान गर्ने बताउनुभयो । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकार कानुन निर्माणका विषयमा गम्भीर रहेको बताउनुभयो । “नीति तथा बजेट बनाउने तयारीमा छौँ, कम लगानीमा बढी प्रतिफल दिने योजनाका बारेमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो । मन्त्री शर्माले दाङमा सञ्चार नेटवर्कको समस्या भएको ठाउँको पहिचान गर्ने तथा सञ्चारसम्बद्ध समस्याको समाधान गर्ने तयारीमा सरकार रहेको बताउनुभयो । “सार्वजनिक, सामाजिक स्थान र सरकारी विद्यालयमा सञ्चारको पहुँच पु¥याउन पहल भइरहेको छ ”, उहाँले भन्नुभयो । मन्त्री शर्माले घोराही–तुलसीपुर चार लेन सडक आयोजनाको…

Read More

कैलाली – चालु आर्थिक वर्षमा कैलालीको सत्ती भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न मुस्किल देखिएको छ । भन्सार कार्यालयको मासिक राजस्व सङ्कलनको अवस्था हेर्दा लक्ष्यको आधा रकम पनि सङ्कलन नभएको देखिएकाले चालु आर्थिक वर्षमा लक्ष्य भेटाउन मुस्किल पर्ने देखिएको हो । भन्सार कार्यालयले चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा चैत मसान्तसम्म रु पाँच करोड ३१ लाख ६८ हजार एक सय ८७ अर्थात् कूल लक्ष्यको ३१ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । भन्सारले १६ करोड ९४ लाख ४१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । लक्ष्य पूरा गर्नका लागि भन्सार कार्यालयले बाँकी रहेको तीन महिनामा ११ करोड ६२…

Read More

काठमाडौं – नेपाल र बेलायत सम्बन्धमा नयाँ आयाम थपिएको छ । परराष्ट्र सचिव भरतराज पौड्यालले दुई देशबीचको सम्बन्ध विकास, साझेदारी, व्यापार र लगानी, पर्यटनमा पनि उल्लेख्य काम भएको बताएका हुन् । लण्डनस्थित नेपाली राजदूतावास र बेलायतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालयले ब्रिटिस लाइब्रेरीसँगको सहकार्यमा मङ्गलबार साँझ आयोजना गरिएको प्रदर्शनी तथा स्वागत समारोहमा सन् १९२३ को मैत्री सन्धिपछि ब्रिटिश गोर्खा तथा दुई देशको सम्बन्धको विकासमा नयाँ आयाम थपिएको बताउदै उनले पारस्परिक हितका एजेन्डामा बहुपक्षीय मञ्चमा हुने सहकार्य विस्तार भएको बताए । नेपालको ऐतिहासिक पाण्डुलिपि, फोटो, मोनोग्राफ र अन्य बहुमूल्य सामग्रीको संरक्षण, संरक्षण र डिजिटलाइजेशनमा ब्रिटिश पुस्तकालयले गरेको सहयोगको प्रशंसा गर्नुभएको लण्डनस्थित…

Read More

पोखरा- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बेपत्ता पारिएका नागरिकको खोजी र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विषय संवदेनशील रहेकाले विधेयक छिटो अघि बढाउनुपर्ने बताएका छन्। बुधबार पोखरामा आयोजित एक कार्यक्रममा भट्टराईले विभिन्न मानिसका चलखेल र धमिलो पानीमा माछा मार्ने प्रवृत्तिले गर्दा आयोगसम्बन्धी विधेयक लामो समय अड्काएर राखिएको बताए। त्यसकारण शान्ति प्रक्रिया सुरू भएको र संविधान निर्माणको लामो समय हुँदासमेत शान्ति प्रक्रियामा व्यवस्था भएका बेपत्ता भएका नागरिकको खोजी र सत्य निरुपण तथा मेलमिलाप आयोगको काम पूरा नभएको उनले बताए। हालसालै मात्र प्रमुख दलहरुबीच सो सम्बन्धमा भएको सहमतिबारे भट्टराईले भने, ‘विधेयक विशेष समितिमार्फत छिटो अघि बढाउने र आयोगबाट टुङ्गो लगाउने भन्ने…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँंदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव भएको बताएका छन् । राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उनले भूमिसम्बन्धी समस्या समाधानका निम्ति सरकार गम्भीर रहेकाले सोही बमोजिम कार्यसम्पादन गर्न आयोगलाई निर्देशन दिएका हुन् । छलफलका क्रममा प्रधानमन्त्री दाहालले भने, ‘भूमि व्यवस्थाको दीर्घकालीन समाधान आवश्यक छ । यस पटक मैले मन्त्रिपरिषद्को बैठकबाट भूमिसम्बन्धी केही क्रान्तिकारी निर्णय लिने सोंच बनाएको छु । पटक–पटक उही समस्या बल्झिएर भूमिसम्बन्धी समस्या भुमरीमा पर्नुहुँदैन । हामीले वैज्ञानिक र दीर्घकालीन समाधान दिनुपर्छ ।’ भेटमा प्रधानमन्त्री दाहालले सुकुम्वासी, अव्यवस्थित बसोबासलगायत भूमिहीनका समस्या…

Read More

काठमाडौँ – यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता कार्यविधि संशोधन गरेको छ । विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको हो। बिहीबार एक सूचना जारी गर्दै विभागले उक्त जानकारी दिएको हो । यो व्यवस्थासँगै अब विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि प्रज्ञापनपत्र आवश्यक नपर्ने जनाइएको छ । त्यस्तै, नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर…

Read More

काठमाडौँ – एसीसी प्रिमियर लिगको अन्तिम खेलमा नेपालले कतारविरुद्ध १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टियु मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव ३ ओभरमा अलआउट हुँदै १ सय ५७ रन बनाएको हो । नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौका सहयोग सर्वाधिक ४२ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३६ बलमा २७ रन बनाए । ओपनर आसिफ शेखले २७ बलमा १९ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १९ बलमा १२ रन बनाउँदा सोमपाल कामी र आरिफ शेखले समान ११र११ रन बनाए । अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले…

Read More