Author: Nisha Shrestha

महेन्द्रनगर – मुक्तकमैया कमलरी पुनः स्थापन अधिकार यात्रा २०८० कैलाली र कञ्चनपुरमा आजदेखि एकै साथ सुरु गरिएको छ । पुनः स्थापन हुनबाट छुटेका मुक्तकमैया र कमलरीको पुनः स्थापनको माग गर्दै मुक्तकमैया समाजले यात्राको थालनी गरिएको हो । “तत्कालीन सरकारले कमैंया र कमलरी पहिचान गर्दा गलत प्रक्रियाका कारण छुटन गएकाले पुनःस्थापनको मागका लागि जागरण ल्याउन यात्राको थालनी गरेका छौंँ” मुक्तकमैंया समाजका केन्द्रिय अध्यक्ष पशुपति चौधरीले भन्नुभयो, “भूमि व्यवस्था सहकारी मन्त्रालयबाट गठित कमैया, कमलरी, हरुवाचरुवा समितिको प्रतिवेदनले यस कुरालाई पुष्टि गरेको छ ।” मुक्तकमैंया, कमलरीको न्यायिक पुनः स्थापनका लागि कार्यविधि बनाइ कार्य अगाडि बढाउन दबाब दिने उद्देश्यले यात्राको थालनी गरिएको उहाँले जानकारी…

Read More

काठमाडौं – राष्ट्रियसभा बैठक स्थगित भएको छ । आज आपरह्न १ः०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश स्थगित भएको हो । स्थगित बैठक यही वैशाख १५ गते शुक्रबार अपराह्न ४ः०१ मा सरेको सङ्घीय संसद् सचिवालले जनाएको छ । आज बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम (६) उपनियम (३) बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिस्सिनाले शुक्रबार बस्ने गरी निर्धारण गर्नुभएको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो ।

Read More

धनगढी- कैलालीको अत्तरियामा विद्युतको पोलमा ट्रक ठोकिएको छ। महाकाली राजमार्ग अन्तरगत गोदावरी नगरपालिका– २ तेघरीमा सुपप्र ०१००१ ख २८१४ नम्बरको ट्रकले सडक किनारामा रहेका विद्युत पोलमा ठक्कर दिएको हो। ट्रकको ठक्करबाट ४ वटा विद्युतका पोल भाचिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। अहिले सो क्षेत्रमा विद्युत पोल फेर्ने काम भइरहेको जनाएको छ। ठक्कर दिने ट्रक इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेको छ। चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

Read More

कञ्चनपुर- कञ्चनपुरमा नालाको पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ। पुनर्वास नगरपालिका–१० विकासबस्तीकी अन्दाजी २८ वर्षीया तारा बिष्टको घर नजिकैको लमैया नाला तर्ने क्रममा डुबेर मृत्यु भएको हो। मृतकको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती पुनर्वासले जनाएको छ।

Read More

कञ्चनपुर – कञ्चनपुरमा स्थानीय तहबाटै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिन सुरु गरेका छन् । जिल्लाका नौमध्ये दुई पालिकाले वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति उपलब्ध गराउन सुरु गरेका हुन् । पहिलो पटक बेदकोट नगरपालिकाले वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका श्रम स्वीकृति दिन सुरु गरेको थियो । नगरपालिकाबाट हालसम्म दुई जनाले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएको रोजगार संयोजक भोजराज अवस्थीले जानकारी दिनुभयो । “अहिले पुरानालाई मात्रै श्रम स्वीकृति दिइरहेका छौँ, स्वास्थ्य परीक्षण र अभिमुखीकरण तालिमका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला चाहिन्छ”, उहाँले भन्नुभयो, “यस्तो प्रयोगशाला प्रदेशमा पनि छैन, त्यसैले नयाँलाई श्रम स्वीकृति दिन सकिएको छैन ।” उहाँका अनुसार नयाँ…

Read More

विराटनगर – अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन् । आज विराटनगर पुगेका उनले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भने,’तपाईँहरू राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ । कुनै पनि तहमा माथि देखाएर आफ्नो जिम्मेवारीको दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन । भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौँ, मलाई विश्वास छ यहाँहरूले राम्रो गर्न कोसिस गरिराख्नु भएको छ र आगामी दिनमा झन् राम्रो गर्नुहुनेछ ।’ मन्त्री डा.महतले कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने पनि स्पष्ट गरे । उनको भनाइ थियो- कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पारदर्शी रूपमा पूरा गर्नुहुनेछ । उनले…

Read More

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९४ अंकले बढेको छ। यससँगै नेप्से सूचक १८९२.९४ विन्दुमा अडिएको छ। यस अवधिमा १ लाख ९४ हजार रुपैयाँको सेयर कारोबार भएको छ। ६ कम्पनीको ९३५ कित्ता सेयर कारोबार हुँदा एक लाख ९४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । जसमा ५ कम्पनीको मूल्य बढेको छ भने १ वटाको मूल्य घटेको छ ।

Read More

कैलाली – मोहना पुल–अत्तरिया सडक खण्डमा विभिन्न प्रजातिका बोटबिरुवा रोपिएका छन् । उक्त क्षेत्रमा रहेको ६ लेन सडकको सौन्दर्यीकरण गने भन्दै तीन हजार बढी बोटबिरुवा रोपिएका हुन्। धनगढी उपमहानगरपालिका र सूर्य नेपाल प्रालिको संयुक्त प्रयासमा झन्डै ४ हजार बोटबिरुवा रोपिएको हो । मोहना पुलदेखि धनगढी एयरपोर्टसम्मको ६ लेन सडकमा वृक्षारोपण गरिएको र बिरुवा संरक्षणका लागि दुवै तिरबाट तार जाली लगाउने कार्य भएको उपमहानगरपालिकाले जनाएको छ ।

Read More

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी पूर्व लडाकुलाई पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले मुलुकको ढुकुटीमा पैसा नभएर सरकारी कर्मचारीलाई तलब र पूर्व शिक्षकहरूको पेन्सन दिन समेत नसकेको अवस्थामा सरकारले पूर्व लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका हुन्। उनले विगतमा क्यान्टोनमेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाबकिताब नबुझाएको र द्वन्द्वकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याएको आरोप पनि लगाएका छन्। ‘विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब किताब बुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरूको तलब र पूर्वशिक्षकहरुको पेन्सन दिन समेत नसक्ने…

Read More

गुल्मी-  मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गए राति खाल्टुङ खोला भन्ने स्थानमा दुर्घटनामा हुँदा जीपका सहचालक बागलुङ बडिगाड –९ का १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभएको छ । दुर्घटनामा परी जीप चालक बडिगाड–९ का २१ वर्षीय प्रेमबहादुर केसी गम्भीर घाइते हुनुभएको छ । उहाँको थप उपचारको लागि आज बिहानै पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास लगिएको छ । जीप दुर्घटनाको जानकारी पाउनासाथ पौदी अमराईबाट प्रहरीको टोली घटनास्थल पुगिसकेको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी…

Read More