Author: Nisha Shrestha

काठमाडौँ – तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि एमालेका तर्फबाट सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खनालले उम्मेदवारी दर्ता गराएका हुन् । खनालको प्रस्तावकमा र समर्थकमा क्रमश भगवती न्यौपाने र एकबहादुर राना रहेका छन् । मंसिर ४ मा भएको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सो क्षेत्र सांसदविहीन भएको हो।पहिलो दर्ता राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले दर्ता गराए। उनको प्रस्तावक मन्धरी आले र मिना थापा समर्थक रहेकी छन्। यो क्षेत्रमा कांग्रेसका तर्फबाट गोविन्द भट्टराई र रास्वपाबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराउँदैछन् ।

Read More

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गैर कानुनी रूपमा उन्मुक्ति दिइएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । लामिछानेमाथि पर्याप्त अनुसन्धान नगरी उनीमाथि मुद्दा नचल्नेअर्ता निर्णय भएको भन्दै अधिवक्ता युवराज सफलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । रिट निवेदनमाथि मङ्गलवार प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ ।

Read More

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले तत्कालका लागि सेयर लगानीकर्ताको मनोबल उकास्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, पुँजी बजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा भेट गर्न गएको टोलीसँग सोमबार बिहान परामर्श गर्दै उनले यस्तो बताएका हुन् । छलफलमा अर्थमन्त्री महतले सल्लाह सुझाव लिएर अगाडि बढ्ने बताउँदै आगामी दिनमा संवादलाई निरन्तरता दिने पनि बताएका छन् । भेटका लागि अध्यक्ष पौडेलसँगै ब्रोकर सङ्घ, मर्चेन्ट बैंकर तथा अरु लगानीकर्ता गएका थिए ।

Read More

काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सोमबार अध्यक्ष तिमिल्सिनाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर राष्ट्रपति पौडेललाई भटेका हुन् । यसअघि बिहान उपराष्ट्रपति रामसहाय यादव पनि राष्ट्रपति पौडेललाई भेट्न अस्पताल पुगेका थिए । उपराष्ट्रपति यादवले राष्ट्रपतिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका थिए । पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिबार अस्पताल भर्ना भएका थिए । यसअघि राष्ट्रपति पौडेलका स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवालगायतले अस्पतालमै पुगेका थिए। राष्ट्रपति पौडेललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ। उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै राष्ट्रपतिको सचिवालयले दिएको जानकारीअनुसार…

Read More

काठमाडौँ – आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ । सम्बन्धित निर्वाचन क्षेत्रमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा अपराह्न ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । मनोनयन दर्तापछि आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गर्ने कार्यतालिका छ । मङ्गलबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारका विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ । बुधबार अपराह्न ५ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र सोही दिन साँझ ६ बजेभित्र उम्मेदवारको नामावली प्रकाशित गर्ने, चैत २३ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म…

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीन वटै क्षेत्रमा पार्टीको उम्मेदवार नउठाउने भएको छ । एकीकृत समाजवादीले तीनवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार नउठाएर तनहुँ-१ मा गोविन्द भट्टराई र चितवन-२ मा कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई सघाउने भएको हो । त्यस्तैगरी, बारा-२ मा भने जनता समाजवादी पार्टी, नेपाल (जसपा)का उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय भएको नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । सत्ता साझेदार दलका उम्मेदवारलाई सहयोग गर्नुपर्ने भएकाले पार्टीको उम्मेदवार नउठाएको उनले बताए । तनहुँ-१ मा एकीकृत समाजवादी पार्टीको समानुपातिक मत ९५० र चितवन-२ मा समानुपातिक मत ६१६ मात्रै छ ।…

Read More

बर्दिबास – नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टर मातहतका ८ ओटा जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी ‘भूतपूर्व सैनिक सम्मेलन–२०७९’ सुरु भएको छ ।सम्मेलन जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा भएको हो । प्रधानसेनापति प्रभुराम शर्माले महोत्तरीस्थित सेनाको मध्य पूर्वी पृतना, बर्दिबास सैनिक शिविरमा आज आयोजित विशेष समारोहबीच सम्मेलन उद्घाटन गरे । सम्मेलनमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरीमा स्थायी बसोबास गर्ने करिब दुई हजार भूपू सैनिकको सहभागिता रहेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । भूपू सैनिकहरूको कल्याणकारी कार्यलाई समन्वय गर्ने उद्देश्यले विस २०७० असोज २१ गते नेपाली सैनिक…

Read More

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमहरू भजनमण्डली बन्न नहुने बताएकी छन् । सोमबार रेडियो नेपालको ७३औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कुनै पनि सञ्चार माध्यमहरू भजनमण्डली बन्नु नहुने बताएकी छन् । उनले भनेकी छन्, ‘सञ्चार माध्यमहरू सरकारको तर्फबाट पनि सञ्चालन भइरहेका छन् । तिनीहरू भजनमण्डली हुनु हुँदैन भनेका छौँ,’ ‘भजनमण्डली हुनुहुँदैन भन्ने हाम्रो सैद्धान्तिक मान्यताअन्तर्गत अहिले प्रसारण ऐन जसरी संसदमा गएको छ, त्यो प्रसारण ऐन पारित भइरहँदा खेरिमा रेडियो नेपाल, नेपाल टेलिभिजनका विषयमा त्यसले नयाँ एउटा वातावरण सिर्जना गर्छ ।’ सरकारले आमसञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेको मन्त्री…

Read More

काठमाडौँ – नेपाली बजारमा आज (सोमबार)सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । छापावाला सुन आइतबार प्रति तोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। त्यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ ।

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गरेका छन् । आगामी वैशाख १० गते चितवन–२ मा हुने उपनिर्वाचनका लागि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं। २ मा उपनिर्वाचन हुन लागेको हो । लामिछानेसँगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा र नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी लगायतले उम्मेदवारी दर्ता गर्दै छन् ।

Read More