काठमाडौँ – तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि एमालेका तर्फबाट सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खनालले उम्मेदवारी दर्ता गराएका हुन् । खनालको प्रस्तावकमा र समर्थकमा क्रमश भगवती न्यौपाने र एकबहादुर राना रहेका छन् ।
मंसिर ४ मा भएको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सो क्षेत्र सांसदविहीन भएको हो।पहिलो दर्ता राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले दर्ता गराए। उनको प्रस्तावक मन्धरी आले र मिना थापा समर्थक रहेकी छन्।
यो क्षेत्रमा कांग्रेसका तर्फबाट गोविन्द भट्टराई र रास्वपाबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराउँदैछन् ।
Facebook Comments Box