Author: Nisha Shrestha

काठमाडौँ- विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु मैदानमा जारी अन्तिम सिरिजको पिएनजीविरुद्धको अन्तिम खेलमा नेपालले ९६ रनको सामान्य लक्ष्य प्राप्त गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको पिएनजी ३२ ओभरमा ९५ रनमा अलआउट भएपछि नेपालले सहज लक्ष्य प्राप्त गरेको हो। पिएनजीका लागि कप्तान असद भालाको २० रन सर्वाधिक रह्यो। त्यस्तै, सेसे बाउले १८ रन बनाउँदा चार्लिस अमीनीले १६ तथा हिरीहिरीले १४ रन बनाए। ओपनर किप्लीङ २ रनमा आउट हुँदा रिले हेकुरे ४ रनमा आउट भए। त्यस्तै, नोर्मन भनुवा १० बल खेल्दै शुन्य रनमा पेभिलियन फर्किएका थिए। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिँदा ललित राजवंशी र कुशल मल्लले २-२ विकेट…

Read More

काठमाडौँ- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ६ सय रुपाैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपाैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार एक सय रुपाैयाँ तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार छ सय रुपाैयाँ छ। यसको मूल्य अघिल्लो दिनको मूल्य रू एक लाख तीन हजार थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू १० वृद्धि भई रू एक हजार दुई सय ५५ पुगेको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन…

Read More

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्यांकन गर्ने काम भइरहेको छ भने। उनले भने,’सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्यांकन गर्नुपर्ने हुन्छ ।’ उनले सत्ता समीकरण परिवर्तन भए पछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए। उनले थपे , ‘अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन । ‘ रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उनले बताए। आफ्नो दलको राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको सभापति लामिछानेले उल्लेख गरे ।…

Read More

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी) सँग खेलिरहेको छ। पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले फिल्डिङ गरिरहेको छ। नेपालले १४औँ ओभरमा तेस्रो सफलता हात पारेको छ। नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन्। उनले सेसे बाउलाई १८ रनमा बोल्ड गरे। तेस्रो विकेट गुमाउँदा पिएनजीले ४९ रन जोडेको थियो। नेपालले सातौँ ओभरको पाँचौँ बलमा दोस्रो सफलता हात पारेको थियो। नेपालका लागि सोमपाल कामीले दोस्रो सफलता दिलाए। उनले १४ रन बनाएर खेलिरहेका पिएनजीका हिरि हिरीलाई करन केसीको हातबाट क्याचआउट गराए। त्यसअघि चौथो ओभरको…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशको अर्थतन्त्रमा दीर्घरोग रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रमा दीर्घरोग लागेको र त्यसको ठिक ढङ्गले उपचार गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘अहिले अर्थतन्त्रमा हनहन ज्वरो आएको छ । तर, यो दुई–चार दिनमा निको हुने ज्वरो होइन । मौसम बदलिएर चिसो लागेर आएको ज्वरो पनि होइन ।’ विदेशी मुद्रा सञ्चिति अलिकति तलमाथि हुँदा तर्सनुपर्ने अवस्था छ । ‘यो आर्थिक वर्षका निम्ति चालू खर्च घटाउन के गर्ने, पुँजीगत खर्च बढाउन के गर्ने, मेरो उठ्ती नै कम भएको वेलामा कहाँ–कहाँ काटेर खर्च धान्ने प्रधानमन्त्रीले…

Read More

काठमाडौँ – वैज्ञानिक समाजवादीका अध्यक्ष विश्वभक्त दुलाल ‘आहुति’ ले आफूहरू जहाँ भएपनि सङ्कटको बेलामा एक ठाउँमा उभिने बताएका छन् । आइतबार माओवादी धारले काठमाडौँमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै आहुतिले यस्तो बताएका हुन् । उनले संक्रमणकालीन न्याय नियमित अदालतबाट हेर्न थालेपछि सबै माओवादी एक ठाउँमा उभिएको बताएको दाबी गरे । ‘हामी परिवर्तनका पक्षधरहरूलाई एउटै डालोमा हालेर मुद्दा लगाउने प्रयत्न हुँदैछ । संक्रमणकालीन मुद्दालाई सत्य निरूपणबाट टुङ्गो लगाउनुपर्नेमा साधारण मुद्दा अन्तर्गत अदालतमा प्रवेश गराइयो’ उनले भने, ‘अहिले नाटक धेरै भएका छन् । अहिले मुद्दा दर्ता नगर्ने, कहिले बेन्चमा पठाउने र कहिले आदेश दिन नपर्ने आदि इत्यादि भन्ने गरेको सुनिन्छ ।’…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतकमा पदम गिरीलाई मनोनीत गरेका छन् । एमालेले निर्वाचन सम्पन्न भएको झण्डै चार महिनामा प्रमुख सचेतक मनोनीत गरेको हो । एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गिरीलाई आइतबार प्रमुख सचेतकमा मनोनीत गरेको पत्र दिएका हुन् । पर्वतबाट निर्वाचित गिरी प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री बनेका थिए । एमालेले संसदीय दलको उपनेता भने तोक्न बाँकी छ ।

Read More

धनगढी – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अहिलेको वर्तमान सरकार बाह्य शक्तिबाट परिचालित भएको बताएका छन्। एमालेको ग्रास रुट अभियानको क्रममा कैलालीस्थित गोदावरीको एक कार्यक्रममा बोल्दै भण्डारीले यस्तो बताएका हुन्। अहिलेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अन्तैबाट चलिरहेको र सरकारलाई समर्थन गर्ने दश दलीय गठबन्धन परिचालित रहेको भण्डारीले दाबी गरे। उनले भने, ‘अन्तकै आदेश र इसाराबाट अहिलेको सरकार चलिरहेको छ। अहिले अन्तैबाट कोही आउने एकै पटक सबैलाई भेटेर निर्देशन जारी गर्ने र त्योलाई अक्षरशः पालना गर्ने प्रवृत्ति देखिएको छ। उताबाट आदेश आउँछ, यता दश…

Read More

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध पाँचौं सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले १४औं ओभरमा आफ्नो पाँचौं विकेट गुमाएको हो । नेपालका सन्दीप लामिछानेले रोहन मुस्तफालाई १४ औं ओभरको चौथो बलमा एलबीडब्लू आउट गराएका हुन् । रोहन मुस्तफाले ६ रन बनाए । यसअघि नेपालका लागि सोमपाल कामीले आसिफ खानलाई पाँचौं ओभरको पहिलो बलमा ६ रनमा आउट गराएका थिए ।

Read More

धनगढी- पूर्व जनमुक्ति सेनाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापन पत्र बुझाएका छन्। आइतवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पूर्व जनमुक्ति सेनाले मुख्यमन्त्री शाहलाई ९ बुँदे माग राखेर ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्रमा १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौताको भावनाअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत जनयुद्धकालिन मुद्दा हल गरिनुपर्ने माग गरिएको छ। जनमुक्ति सेनालाई राष्ट्रिय सेना घोषणा गरिनुपर्ने, युद्धमा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सहिद घोषणा गरिनुपर्ने, परिवारलाई उचित सम्मान गर्नुपर्ने, घाइते, अपाङ्गको उचित उपचार र भरणपोषणको व्यवस्था मिलाउनुपर्ने, विदेशी शक्तिको चलखेल बन्द गरिनुपर्ने, स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने, भ्रष्टाचारको अन्त्य गरिनुपर्ने र देशको अर्थतन्त्र सुधार गर्न आवश्यक कदम चाल्न पूर्वजनमुक्ति सेना नेपालले…

Read More