Author: Nisha Shrestha

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रदेश प्रमुखहरूले भेटवार्ता गरेका छन्। काठमाडौँ आएका उनीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेका हुन्। प्रदेश प्रमुखहरू र प्रधानमन्त्रीबीच बुधबार बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्री सचिवालयले जनाएकाछ । उक्त भेटवार्तामा प्रदेशलाई बलियो बनाउन सङ्घले गर्नुपर्ने सहयोगलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ।

Read More

सप्तरी – सप्तरीको शम्भुनाथ नगरपालिका-३ स्थित ट्राफिक चौकमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय वीरेन्द्र मण्डलका ५ वर्षका छोरा हार्दिक मण्डलको पोखरामा डुबेर मृत्यु भएको हो । घरभन्दा ५०० मिटर उत्तरमा रहेको पोखरामा खेल्नेक्रममा डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि युनिक अस्पताल भर्ना गरिएको थियो । बालकलाई इसिजी गर्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Read More

सप्तरी – बालिका बलात्कार अभियुक्तलाई आज अदालतले जन्मकैदको सजाय सुनाएको छ । दश वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सप्तरी डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय चन्दनकुमार साहलाई जन्मकैदको सजाय भएको अदालतले जनाएको छ । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले अभियुक्तलाई जन्मकैदको फैसला गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए । अभियुक्तले बालिकालाई विसं २०७८ फागुन २२ गते दिउँसो बलात्कार गरेका थिए । पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा घटनाकै दिन उजुरी दिएकी थिइन् । बाबुआमा ज्याला मजदुरीका लागि घरबाहिर गएको मौका छोपी आरोपितले ललाइफकाई शरीर बन्धक बनाई घरदेखि पश्चिम रहेको पोखरीको डिलमुनि लगेर बलात्कार गरेको पीडितले बयान दिएकी छन् । इलाका…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीले नै काम नपाउने चुनौती बढेको बताएका छन् । नेपाल ट्रेड युनियन काँग्रेसले आज यहाँ आयोजना गरेको ‘नीति अधिवेशन’ मा उनले नेपालमा काम नपाउने अवस्था सिर्जना भएको बताएका हुन् । ‘नेपालमा रोजगारी सिर्जना हुन्छ तर नेपालीले काम पाउँदैनन्, आज के कति कारणले नेपाली श्रमिकले काम पाएका छैनन् त्यसमा गम्भीर बहस हुनुपर्छ’, उनले भने । महामन्त्री थापाले आजको समस्या समाधान गर्न पनि बिपी कोइरालाले नै भनी दिएको हुनुपर्ने अवस्था पार्टीभित्र रहनु बिपीमाथि नै काँग्रेसले अन्याय गरेको हुने बताए । उनले हाम्रो भागको समस्याको समाधान हामी आफैँले गर्नुपर्ने भन्दै त्यसमा लाग्न…

Read More

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–७ स्थित हुनैनाथ माध्यमिक विद्यालय देवथलीको भवन निमार्ण लामो समयदेखि अधुरै रहेको छ । शैल्यशिखर नगरपालिकाले २०७७ सालमा विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेको थियो । बजेट विनियोजनपछि भवन निर्माण अघि बढाइएको थियो । भवन निर्माण अधुरै रहेको स्थानीय गणेशदत्त जोशीले बताउनुभयो । नगरपालिकाले विद्यालय भवन निर्माणका लागी रु छ लाख ५० हजार विनियोजन गरेको थियो । बजेट अभावका कारण भवन निर्माण अधुरै रहेको प्रधानाध्यापक नवराज जोशीले बताउनुभयो । “बजेट अभाव भयो, बाँकी काम अघि बढ्न सकेन”, उहाँले भन्नुभयो । विद्यालय व्यवस्थापन समितिमार्फत भवन निर्माण गर्ने सम्झौता भएको थियो । भवन निर्माण गर्न नगरपालिकाले थप…

Read More

काठमाडौं – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई जापानका प्रधानमन्त्री किशिदा फुमियोले बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति पौडेलले सोमबार पदभार ग्रहणसँगै प्रधानमन्त्री किशिदाले आज औपचारिक पत्रमार्फत उहाँलाई बधाई ज्ञापन गर्नुभएको यहाँस्थित जापानी राजदूताबासले जनाएको छ । राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालको सामाजिक र आर्थिक विकासका लागि द्विपक्षीय सम्बन्ध र मित्रतालाई प्रवद्र्धन गर्न तथा सहकार्य गर्न जापान सरकार नेपाल सरकारसँग थप काम गर्न तत्पर रहेको प्रधानमन्त्री किशिदाले उल्लेख गर्नुभएको छ । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो ।

Read More

धनगढी- पूर्व मन्त्री तथा नेकपा एमालेका पोलिटव्युरो सदस्य गणेश ठगुन्नाले मुलुक जुनसुकै बेला पनि चुनावमा जानसक्ने भएकाले तयारी अवस्थामा रहन आग्रह गरेका छन्। नेकपा एमाले धनगढी नगर कमिटिले मंगलबार धनगढीमा आयोजना गरेको नगर स्तरीय जनसंगठनहरुको संयुक्त अभिमुखीकरण कार्यक्रममा बोल्दै ठगुन्नाले अगामी निर्वाचनबाट एमालेले बहुमत प्राप्त गर्ने बताउदै त्यसका लागि तयारी अवस्थामा रहन आग्रह गरेका हुन्। ‘अहिलेको संसदीय प्रणालीमा कुनै पार्टीको पनि बहुमत नभएका कारण मुलुक जुनसुकै बेला चुनावमा जानसक्छ। त्यसकारण तयारी अवस्थामा रहनुपर्छ,’ ठगुन्नाले भने, ‘एमाले एक्लैले बहुमत ल्याउनेगरी आजैदेखि तयारी गर्नुपर्छ।’ उनले विगतमा टुटफुट र मनमुटुवाका कारण राम्रो नतिजा ल्याउन नसकेको उल्लेख गर्दै एकताबद्ध भएर पार्टीपंक्ति अघि बढनुपर्ने आवश्यकता…

Read More

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले सरकारले रासायनिक मलमा दिने अनुदान कटौती गरेकोप्रति असन्तुष्टि जनाएका छन्। सरकारको निर्णयले कृषकलाई आहत पुगेको भन्दै उनले सरकार जनताको होइन ? भनेर प्रश्न गरेका छन्। ‘पुँजीवादी भनिने देशहरूले पनि कृषिलाई संरक्षण गरेको देखिन्छ’ उनले ट्टिटरमा लेखेका छन्, ‘नेपाल सरकारले मलमा दिने अनुदान कटौती गर्ने, भारतीय फलफूल तरकारीमा विषादी परीक्षण नगर्ने र नेपाली किसानको तरकारी, माछा र केराले बजार नपाउने, चिया, अलैँची र अदुवा निर्बाध भारत निर्यात गर्न नपाइने के नीति हो ? सरकार जनताको होइन ?’ सरकारले मलको अनुदान घटाएपछि कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढ्ने भएको छ। अनुदान कटौतीपछि आयात…

Read More

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुद्ध जन्मेको देशका बासिन्दाहरू मृत्युदण्ड दिने कानूनको पक्षमा जान नहुने बताएका छन्। आज मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले नेपालीहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने बताए। उनले मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नहुने पनि उनको भनाइ थियो। ‘बुद्ध जन्मेको देशका बासिन्दाहरू कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान हुँदैन,’ उनले भने, ‘मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन। त्यसकारण हामी स्थायी रूपमा मृत्युदण्डको पक्षमा कुनै आवेश वा उत्तेजनामा पनि जान हुँदैन।’ फरक प्रसंगमा अध्यक्ष ओलीले नेपालमा पनि मानव अधिकार आयोगलाई धम्की दिने राजनीतिक भइरहेको भन्दै…

Read More

काठमाडौँ – सर्वोच्च अदालतमा उपराष्ट्रपति महिलालाई नै गराउनु पर्ने मागसहित पेस गरिएको रिटमा दरपिठ गरिएको छ । अधिवक्ता राधिका खतिवडाले सोमबार अदालतमा रिट पेस गरेकी हुन् । आइतबार उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम गरेको थियो । राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने मागसहित सो रिटको अध्ययनपछि रजिस्ट्रारको आदेशबाट मङ्गलवार दरपिठ भएको हो ।

Read More