Author: Nisha Shrestha

बुटवल- डेंगुको संक्रमण बढ्न थालेपछि अस्पतालहरूमा बिरामीको चाप हुन थालेको छ । पछिल्लो समय कोभिडको संक्रमण कम हुँदै जाँदा डेंगुको संक्रमण भने बढिरहेको छ । डेंगुको संक्रमणबाट लुम्बिनी प्रदेशमा मात्र तीन जनाले ज्यान गुमाइसकेका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेंगुको संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ भने सयौं संक्रमित अस्पतालमा भर्ना भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता पुष्पराज पौडेलका अनुसार पाल्पा, दाङ र बर्दियामा एक/एक जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ का ख्याहाका ५८ वर्षीय पुरूषको डेंगु संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । त्यस्तै भदौ २७ गते दाङको घोराही उपमहानगरपालिका–१४…

Read More

हेटौँडा- मकवानपुरको भीमफेदीमा बस दुर्घटना मृत्यु हुनेको संख्या ७ पुगेको छ । भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो । एक जनाको भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । काठमाडौँबाट वीरगंज जाँदै गरेको उक्त बस भीमफेदीको आरालोमा सडकबाट तल खस्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको र घाइतेहरूको हेटौँडामा उपचार भइरहेको जानकारी दिएको प्रहरीले दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको बताएको छ ।

Read More

मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा मिनी बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । मिनी बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतमले जानकारी दिए । बस सडकबाट ६५ मिटर खसेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोगजस्तो विषयलाई सभामुखले ६ महिनासम्म चुपचाप लागेर राखेको भन्दै आक्रोश व्यक्त गरेका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसदको अधिकार खोसेर मनपरी गर्ने हक सभामुखलाई नभएको बताएका हुन् । ओलीले भने, ‘महाभियोगजस्तो विषयमा ६ महिनासम्म चुपचाप लाग्न मिल्छ? फागुन १ गते दर्ता भएको महाभियोग प्रस्ताव बाहिर नै निस्कँदैन, संसदको अधिकार खोसेर मनपरी गर्ने हक सभामुखलाई छैन । तर उहाँले गर्नुभयो । ६ महिनासम्म चेपेर राख्नुभयो ।’ उनले प्रधानन्यायाधीश पदबाट नहट्दै र अभियोग पुष्टि नहुँदै राज्य शक्ति लगाएर घर घेर्नु, नजरबन्द…

Read More

महेन्द्रनगर – गतहप्ता लगातारको वर्षापछि आएको बाढीले विद्यालयसमेत डुबानमा परेपछि कैलालीको भजनीका केही विद्यालय सञ्चालनमा आउन सकेका छैनन् । विद्यालय बन्द भएपछि बालबालिकाको पढाइ प्रभावित भएको छ । भजनीका आशिष खत्री कक्षा ४ मा पढ्छन् । भजनी-८ स्थित कालिका आधारभूत विद्यालय सोनाफाँटामा अध्ययनरत उनको विद्यालय असोज १ गतेदेखि नै बन्द छ । असोज १ गते आएको बाढीले उनको विद्यालय डुबानमा परेपछि खत्रीसहित ६१ बालबालिकाले विद्यालय जान नपाएका हुन् । ‘मलाई विद्यालय जान मन लागेको छ । साथीहरूसँग खेल्न मन छ’, उनले भने, ‘बाढीले डुबेको भनेर मलाई घरबाट विद्यालय जान दिइएको छैन, हाम्रो विद्यालय छिटो खोलिदिनुपर्‍यो ।’ विद्यालयका प्रधानाध्यापक रामबहादुर चौधरी बाढीले विद्यालयमा छ फिटसम्म पानी पुगेको बताए…

Read More

काठमाडौँ – सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्ने समय तय गर्न अध्ययन थालेको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार राजस्व सचिवको नेतृत्वमा एक समिति गठन भई अध्ययन सुरु भएको छ । यो समितिले नेपालमा कति वर्षपछि पेट्रोलियम पदार्थ प्रयोग हुने गाडी रोक्ने भन्नेबारे सरकारलाई सुझाव दिने छ । बिहीबार नाडा एक्स्पो-२०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले नेपालमा पेट्रोलियम प्रयोग हुने गाडी कहिले, कति वर्षमा रोकिन्छ भन्नेबारे अध्ययन गरिरहेको बताएका हुन् । त्यसपछि सरोकारवालाको सुझाव लिएर कार्यान्वयनमा जाने उनले जानकारी दिए । अब नेपाल पनि विद्युतीय सवारीमा रूपान्तरण हुनु पर्ने भन्दै नाडा समेत यसमा तयार हुनु पर्ने अर्थमन्त्री…

Read More

बैतडी – आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि बैतडीमा पाँच मतदान केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार मतदाता सङ्ख्याको आधारमा मतदानकेन्द्र थप गरिएका हुन् । जिल्लाको दशरथचन्द नगरपालिकाका तीन, मेलौली नगरपािलका र पुर्चौँडी नगरपािलकामा एकरएक मतदान केन्द्र थप गरिएका छन् । दशरथचन्द नगरपालिका-१ मा रहेको मणिलेक मावि र गुरुखोलामा दुई मतदान केन्द्र रहेकोमा थप एक गर्दै तीन केन्द्र बनाइएका छन् । दशरथचन्द नगरपालिका-४ मा रहेको शिवस्थली मावि जर्ग, दशरथचन्द नगरपालिका-५ को वडा कार्यालय पल्लाचौँडाली, पुर्चौँडी नगरपालिका-६ मा रहेको जनता मावि रौनालीचौर, मेलौली नगरपालिका-२ मा रहेको कोटेश्वर माविमा एक मतदान केन्द्र रहेकोमा त्यहाँ पनि…

Read More

काठमाडौं – गृहसचिव विनोद प्रकाश सिंहले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण तथा निरीक्षण गरी उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए । निरीक्षण भ्रमणका क्रममा गृह सचिवले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलिग्राफ शाखा र कमाण्ड सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए । निरीक्षण पश्चात गृहसचिव सिंहले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा संगठनको हीत र सुधारको लागि प्राप्त हुने सुझावलाई आफूले गम्भीरतापूर्वक लिई कार्यान्वयनको लागि प्रयास गर्ने बताउँदै संगठनको उद्देश्य र लक्ष्य हासिल गर्न सबै प्रहरी कर्मचारीहरू ऐक्यबद्ध भई प्रतिवद्ध…

Read More

काठमाडौं – उपभोक्ता अधिकारकर्मीहरुले सरकारले सीमित मोबाइल व्यवसायीलाई फाइदा पुग्ने गरेर एमडीएमएस प्रणाली लागू गरेको भन्दै आपत्ति जनाएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले भदौ २९ गतेदेखि नेपालमा गैरकानूनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न भन्दै मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) सुरु गरेको थियो। तर, सरकारले सीमित व्यवसायीलाई फाइदा पुग्ने गरी (एमडीएमएस) प्रणाली लागू गरेको भन्दै विरोध सुरु भएको हो। सरकारले बजारमा कार्टेलिङ गर्ने सीमित व्यवसायीहरुको दबाबमा लागू गरेको ९एमडीएमएस० प्रणाली उपभोक्ता हित र मौलिक अधिकारको विरुद्धमा रहेको उनीहरुको आरोप छ। उपभोक्ता अधिकारकर्मीहरुले सीमित मोबाइल कम्पनी र व्यवसायीहरुलाई मोबाइल बजारमा एकाधिकार कायम गर्ने गरी लागू भएको प्रणाली तत्काल फिर्ता गर्न…

Read More

काठमाडौँ – सरकारले आफ्ना विद्युतीय (ई) सेवाहरुहरुको विकास र व्यवस्थापन गर्ने गरी विद्युतीय सुशासन आयोग गठन गरेको छ । विद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) आदेश-२०७९ अनुसार आयोग स्थापना भएको हो । आदेशअनुसार प्रधानमन्त्री नै आयोगको अध्यक्ष रहनेछन् । सरकारका मुख्य सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्री आयोगको सहअध्यक्ष रहनेछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, सञ्चार तथा सूचना प्रविधि सचिव सदस्य रहने छ । नेपाल सरकारले थप एक सदस्य र प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गर्नेछ । सीईओले आयोगको सदस्य सचिवका रूपमा काम गर्नेछन् । सूचना प्रविधि विषयमा स्नातक गरेर अन्य कुनै विषयमा स्नातकोत्तर गरेको र सम्बन्धित क्षेत्रमा १०…

Read More