Author: Nisha Shrestha

मुम्बइ – बलिउड अभिनेता रणवीर सिंहले केही समयअघि एक न्यूड फोटोसुट गराएर सनसनी मच्चाएका थिए । उनको फोटोसुटको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । यद्यपि यो फोटोसुटले उनी कानुनी समस्यामा परेका छन् । यो फोटोसुटका लागि रणवीरविरुद्ध प्रहरीमा एफआईआर दर्ता भएको थियो । यो विषयमा प्रहरीले रणवीरलाई सोधपुछका लागि बोलाए पनि उनले केही समय मागेका थिए । हाल आएर भने प्रहरीले उनीमाथि सोधपुछ गरेको छ । न्यूड फोटोसुटको मामलामा अभिनेता रणवीरले मुम्बईको चेम्बर पुलिस स्टेसनमा बयान दिएका छन् । रणवीर सोमबार बिहान ७ बजे त्यहाँ पुगेका थिए । जहाँ अनुसन्धान अधिकारीहरुले उनको बयान लिएका थिए । उनी साढे ९…

Read More

काठमाडौं – सुनको मूल्य आज बढेको छ । तीजको दिन मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको थियो । मंगलबार चाँदीको भाउ भने स्थिर छ । मंगलबार चाँदीको भाउ प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल सोमबार राती अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा १५ देखि १७ भदौसम्म स‌ंचालन हुने संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको सम्मेलनमा सहभागि हुन उनीहरु अमेरिका गएका हुन् । उनीहरुसँगै प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदारप्रसाद सापकोटा समेत सहभागी रहेका छन् । सम्मेलनमा संयुक्त राष्ट्र प्रहरी र अन्य कानून प्रवर्तन मामिलाहरूको लागि प्रणाली निर्माणसहित संयुक्त राष्ट्र प्रहरी डिभिजनको भूमिकालाई परिचालन सम्बन्धि विषयमा छलफल हुनेछ । यस्तै संयुक्त राष्ट्र प्रहरी भित्र लैङ्गिक समानतालाई अगाडि बढाउन स्वैच्छिक कम्प्याक्टको सुरुवात सहित क्षमताहरू सुदृढ गरेर संयुक्त…

Read More

काठमाडौं – सांसदहरूको विरोधकाबीच सोमबार सुदूरपश्चिम प्रदेशसभाबाट सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन तथा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । सभामा छलफलपछि उक्त विधेयक ध्वनि मतको बहुमतका आधारमा पारित भएको सभामुख अर्जुनबहादुर थापाले घोषणा गरे । विधेयकमा प्रदेश सरकारअन्तर्गतका विभिन्न कार्यालयमा यसअघि नियुक्त करारका हलुका सवारी चालक, हेभी सवारी चालक र कार्यालय सहयोगी कर्मचारीलाई एक पटकका लागि प्रदेश लोकसेवा आयोगमार्फत स्थायी पदपूर्ति गर्ने प्रक्रिया पूरा गरी सहायक तेस्रो श्रेणीमा कायम हुने गरी स्थायी गर्ने प्रस्ताव गरिएको थियो । उक्त प्रावधानको विरोध भएको हो । तर आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले भने विधेयकका प्रावधानहरूमा कुनै विवाद…

Read More

काठमाडौं । नेकपा एमालेबाट प्रदेश सभामा निर्वाचित भएर नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङले आफू पुनः एमालेमै फर्किने घोषणा गरेका छन् । सुदूरपश्चिम प्रदेश सभामा विशेष समय माग गर्दै उनले सत्ता गठबन्धनले जनताको भावनाअनुसार काम नगर्न नसकेको भन्दै आफूले पुन एमाले रोज्न थालेको बताए । उनले आगामी दिनहरूमा संसदमा पनि जुन पार्टीको जुन चिन्हबाट निर्वाचित भएको त्यही हिसाबले प्रस्तुत हुने जानकारी दिए । ‘अहिलेको गठबन्धनले जनताको पक्षमा काम गर्न सकेन’ मलाई प्रदेश सभाको अहिलेको रेकर्डमा जे भए पनि म सुरुमा निर्वाचित पार्टीको चिन्हकै हिसाबले प्रस्तुत हुनेछु’ उनले सभामुखलाई जानकारी गराए ।…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ११ जनाको कोरोना परीक्षण गर्दा २२६ जनामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार ५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ र दुई हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२३ जना सङ्क्रमणमुक्त भएका छन् भने सो समयमा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । त्यस्तै, हाल मुलुकमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार २३५ छ । यसैगरी, पछिल्लो २४ घण्टामा एक लाख ३२ हजार २९४…

Read More

कर्णाली – कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा रातो कामी नियुक्त हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले मन्त्रीमा सिफारिस गरेका माओवादी केन्द्र प्रदेशसभा दलका प्रमुख सचेतक शाह र प्रदेशसभा सदस्य कामीलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले आज योजना र ऊर्जा विकासमन्त्रीमा नियुक्त गर्नुभएको हो । माओवादी केन्द्रले प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएसँगै दुवै मन्त्रीले आइतबार मुख्यमन्त्री शाहीसमक्ष राजीनामा दिनुभएको थियो । उक्त राजीनामा स्वीकृत भएसँगै रिक्त रहेको पदमा मुख्यमन्त्री शाहीले शाह र कामीलाई मन्त्रीमा नियुक्त गर्नुभयो । मुख्यमन्त्री…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दाको सोमबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ। न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त अवहेलना मुद्दाको सुनुवाइ भएको हो। मेयर शाहलाई अदालतको अवहेलना आरोपमा कारबाही गर्न माग राख्दै अधिवक्ता दीपकराज जोशीले सर्वोच्चमा दिएको निवेदनमाथि सोमबार सुनुवाइ भएको हो। सर्वोच्च अदालतले नर्भिक अस्पतालको संरचना नभत्काउन दिएको अन्तरकालीन आदेशमाथि बालेनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए। उनले लेखेका थिए- ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’ उनको प्रतिक्रियाले अदालतको अवहेलना भएको भन्दै जोशीले सर्वोच्च…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले ४ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन् । आजको बैठक सिंहदरबारमा बोलाइएको छ । सचिब दिनेश भट्टराईले संचालन गर्दैछन् । मुख्यसचिव शंकरदास बैरागी ब्यक्तिगत कामको लागि दुई साताका लागि अमेरिका गएसंगै वरिष्ठतम् सचिवका हिसावले भट्टराईले संचालन गर्न लागेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वरिष्ठतम् सचिवका हिसाबले सुर्य गौतम भएपनि उनि अस्वस्थ रहेकोले भट्टराईले चलाउन लागेका हुन् ।

Read More

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा मागिएको छ । सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी सङ्गठनले साम्पाङको राजीनामा मागेको हो । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस (धरान)का अध्यक्ष अभाष अधिकारीले सोमबार विज्ञप्ति जारी गरी मेयर साम्पाङको राजीनामा मागेका हुन्। मेयर साम्पाङले सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको तथा इन्जिनियरहरूको मानमर्दन गरेको आरोप सङ्गठनले लगाएको छ। राजीनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी पनि उसले दिएको छ। केही दिनअगाडि अगाडी मेयर साम्पाङले काठमाडौँका मेयर बालेन्द्र शाहप्रति लक्षित गर्दै इन्जिनियरहरूलाई कटाक्ष गरेका थिए।

Read More