Author: Nisha Shrestha

चितवन – चितवन क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतान्तर बढाउँदै अग्रता लिनुभएको छ । भरतपुर महानगरपालिकाका क्षेत्र नम्बर २ मा पर्ने सबै वडा, इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाको वडा नम्बर १ देखि ४ सम्म गणना हुँदा लामिछानेले ४५ हजार ८४२ मत प्राप्त गर्नुभएको छ । साथै लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठले आठ हजार ४२५ मत र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले आठ हजार ३३० मत प्राप्त गर्नुभएको छ । हाल सम्म ६४ हजार ५४५ मतगणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो ।…

Read More

बैतडी – बैतडीको झुलाघाटमा बसपार्क नहुँदा सवारी साधन पार्किङमा समस्या भएको छ । झुलाघाट सम्म सडक पुगेको भएपनि बसपार्क नहुँदा सवारी पार्किङमा निकै समस्या हुने गरेको चालक दानबहादुर क्षेत्रीले बताए । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट बजारमा दैनिक सैयौं जिपहरु आवतजावत गर्ने भएपनि पार्किङको सुविधा नहुँदा सडकमै पार्किङ गर्नुपर्ने बाध्यता रही आएको क्षेत्रीले बताए । सडकमा सवारी साधन पार्किङले दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीय व्यापारीहरुले बताएका छन् । झुलाघाट भारतसंग जोडिएको नाका भएकाले यो क्षेत्रमा बसपार्क निर्माण अनिवार्य भइसकेको स्थानीयहरुको भनाइ छ । यो नाकाबाट दैनिक सैयौं नागरिक आवतजावत गर्ने गरेका छन् । तर सवारी साधन पार्किङको सुविधा नहुँदा समस्या…

Read More

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि सुदूरपश्चिम प्रदेशस्तरीय कबड्डी छनोट प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा सुदूरपश्चिमका नौ जिल्लाका खेलाडी सहभागी छन् । सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश रावलले प्रतियोगिताको उद्घाटन गर्नुभयो । महेन्द्रनगरस्थित कभर्डहलमा रहेको कबड्डी प्रशिक्षण केन्द्रमा सञ्चालन भएको सो प्रतियोगिताबाट छनोट भएका खेलाडी काठमाडौँमा हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुने कबड्डी प्रशिक्षक विष्णुदत्त भट्टले जानकारी दिनुभयो । सोमबारमा छनोट प्रतियोगिता सकिनेछ । प्रतियोगिता उद्घाटन समारोहमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंह…

Read More

खलङ्गा – पुल निर्माण गर्दाको ज्याला नपाएपछि श्रमिकले झोलुग्ङे पुल बन्द गरेका छन् । दुई वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहुँ गाउँपालिका–१ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीय मजदुरले काम गरेको ज्याला नपाए पछि पुल बन्द गरेका हुन् । गाउँपालिकाको रु दुई करोड १० लाख लागत रहेको तीन सय ९० मिटर लम्बाइ भएको उक्त पुलको विसं २०७६ मा निर्माण सुरु भएको थियो । दुई वर्षभित्र पुल निर्माण गर्नुपर्ने समय सीमा रहेको पुलमा अहिले पनि लोड टेस्टलगायतका काम बाँकी रहेकाले अन्तिम किस्ता भुक्तानी हुन बाँकी रहेको गाउँपालिका–१ का वडाध्यक्ष जीतबहादुर बमले बताउनुभयो । पुलमा केही संरचनाको प्राविधिक परीक्षणमा त्रुटिसमेत…

Read More

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान-अवतरण बन्द भएको छ । सञ्चार उपकरणमा आएको समस्याका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ । जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएसँगै जहाजहरूको उडान-अवतरण बन्द भएको बताइएको छ । टावरबाट नजिकै रहेका जहाजसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडान प्रभावित बनेका हुन् ।

Read More

चितवन- चितवनको निर्वाचन क्षेत्र नम्बर २ को भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा स्थगित भएको मतदान सुरु भएको छ । रास्वपाले आचारसंहिता उल्लंघन गरेकोमा क्षमायाचना गरेपछि स्थगित भएको मतदान सुरु भएको हो । यस्तै कृष्णपुर माविमा पनि रोकिएको मतदान सुरू भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको हो । रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलकाले विरोध गरेपछि त्यहाँ मतदान रोकिएको थियो । अवस्था सामान्य भएपछि मतदान पुनः सुरु भएको हो । यस क्षेत्रमा बिहान ७ वजे देखि ४३ स्थलका १३८ केन्द्रमा मतदान जारी छ । मतदान साँझ ५…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणको मिति भारत सरकारसमक्ष प्रस्ताव गरिएको छ । प्रधानमन्त्री दाहालले शनिबार छलफल गरेर आफ्नो भ्रमणको मिति प्रस्ताव गरेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार वैशाख ३१ र जेठ १ गते (मे १४-१५)मध्ये एक दिन भ्रमणमा आउन सकिने प्रस्ताव दिल्ली पठाइएको छ । भारतले यी दुई मितिमध्ये एउटा तय गरेर खबर गरेपछि प्रधानमन्त्री प्रचण्डको भ्रमण तय हुने सचिवालयको भनाई छ । स्रोतका अनुसार भारत भ्रमण तीन दिनको हुने गरी भ्रमणका क्रममा हुने कार्यक्रम र तालिकाको एजेण्डा तय गर्न पनि भनिएको छ ।

Read More

धनगढी- धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल (गोपी)ले आफ्नो निजी विद्यालय लगानी नरहेको बताएका छन्। आज ९आइतवार० उनले सामाजिक संजालमार्फत यस्तो जनाएका हुन्। उनले लेखेका छन्, ‘धनगढी उप-महानगरपालिका वडा न- ५ स्थित वाल्मीकि इन्टरनेशनल विद्यालयमा रहेको मेरो शेयर(लगानी) ६ महिना अगाडि नै मैले डा।मिराज आलम अन्सारीज्यू लाई बिक्री गरेको र हाल मेरो कुनै पनि संस्थागत (निजि) विद्यालयमा शेयर (लगानी) नभएको विषय सबैलाई जानकारी गर्दछु।’ यसअघि उनलाई निजी विद्यालयलाई पोस्न अनेक हतकण्डा गरेको आरोप समेत लागेको थियो। तर आलोचनाकै बिच उनले सेयर बेचेको प्रष्ट पारेका हुन्।

Read More

काठमाडौँ – उपनिर्वाचनअन्तर्गत आज बारा २, तनहुँ १ र चितवन २ मा मतदान जारी छ। निर्वाचन आयोगले उपनिर्वाचनको नतिजा पाँच दिनभित्र सार्वजनिक हुने बताएको छ। पाँच दिनभित्र मतगणना सक्ने आयोगको योजना रहेको आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले बताए । कुनै कारणवश ढिलाइ नभए १५ वैशाखभित्र तीनै क्षेत्रको नतिजा सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

Read More

कञ्चनपुर – कञ्चनपुरको चुरेक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार जिल्लाका विभिन्न वनमा लागेको डढेलो नियन्त्रणमा आए पनि चुरेक्षेत्रमा लागेको डढेलो अझै नियन्त्रण बाहिर छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले भौगोलिक विकटताका कारण चुरेक्षेत्रको डढेलो नियन्त्रण गर्न नसकिएको जानकारी दिनुभयो । “विभिन्न क्षेत्रमा गरी एक सय दश हेक्टरमा डढेलो निभाइसकेका छौँ ।” उहाँले भन्नुभयो–“चुरे क्षेत्रमा डढेलो नियन्त्रण गर्न चुनौतीपूर्ण छ जान सकिने अवस्था छैन ।” चुरेमा दुई÷तीन घण्टा पैदल जानुपर्ने र त्यहाँ पानीको समेत अभाव भएकाले डढेलो निकै चुनौतीपूर्ण रहेको अवस्थीले बताउनुभयो । “आमी डढेलो नियन्त्रण गर्ने प्रयासमै छौँ ।” उहाँले…

Read More