Author: Nisha Shrestha

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्‍ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ३०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ । यस्तै कोरोना सक्रिय सङ्क्रमितको संख्या ४१४ पुगेको छ भने संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।

Read More

काठमाडौँ – बेलायतमा उपप्रधान तथा न्यायमन्त्री डोमिनिक राबले राजीनामा दिएका छन् । कर्मचारीलाई धम्क्याएको आरोप लगाएपछि उनी विवादमा परेका थिए । राबले आरोप गर्दै आएका थिए । विपक्षी पार्टीले भने प्रधानमन्त्री सुनकमाथि आफ्नो उपप्रधानमन्त्रीबारे निर्णय लिन ढिला गरेको आरोप लगाएको थियो । यसबारे छानबिन रिपोर्ट हिजो मात्र प्रधानमन्त्री ऋषि सुनकलाई बुझाइएको छ । उपप्रधानमन्त्री राबले शुक्रबार राजीनामा दिएको बीबीसीले जनाएको छ ।

Read More

काठमाडौँ – नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले बिहीबार आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन् । सन्दीपले एसीसी प्रिमियर कपमा ओमानका आदिल सफिकलाई एलबिडब्लूको धरापमा गर्दै १०० विकेटको कोसेढुंगा पार गरेका हुन् । सन्दीपले ४२ खेलमा १०० विकेट लिएका हुन् । यसअघि यो कीर्तिमान अफगानिस्ताका स्पिनर रसिद खानको नाममा थियो । रसिदले २५ मार्च २०१८ मा उक्त सफलता हासिल गरेका थिए । रसिदले ४४ खेलमा १०० विकेट पूरा गरेका थिए । त्यसअघि अष्ट्रेलियाका मिचेल स्टार्कले २०१६ मा ५२ खेलमा १०० विकेट लिएका थिए । सन्दीपले नामिबियाविरुद्ध १४, नेदरल्यान्ड्सविरुद्ध ४, ओमानविरुद्ध १०, पीएनजीविरुद्ध २५, स्कटल्यान्डविरुद्ध १०,…

Read More

काठमाडौं – गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा नभएको बताएका छन्। उपप्रधानमन्त्रीसमेत रहेको श्रेष्ठले शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । सरकारले तत्कालीन समस्या समाधानका उपायहरू खोज्न सक्दा तत्काल अर्थतन्त्रमा सुधार आउनेसमेत बताए । उनले सरकारले अर्थतन्त्रमा देखा परेका तत्कालीन समस्या समाधान गर्न सम्पूर्ण ध्यान केन्द्रित रहेको स्पष्ट पारेका छन्। सरकारले अर्थतन्त्रमा देखिएका तत्कालीन समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र तथा सम्बन्धित सबैसँग छलफल गरिरहेको गृहमन्त्री श्रेष्ठको भनाई छ ।

Read More

बैतडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने बताएका छन् । नेपाल प्रेस युनियन बैतडीले गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले उपनिर्वाचन लगत्तै केही दिनमै प्रदेश सरकारले पूर्णता पाउने बताएका हुन् । उनले भने, ‘केन्द्रमा गठबन्धन सरकार बनेकाले सोहीअनुसार प्रदेश सरकार बन्छ, केन्द्रीय गठबन्धनअनुसार प्रदेश सरकार विस्तार हुने भएकाले उपनिर्वाचनपछि सुदूरपश्चिम सरकारले पनि पूर्णता पाउँछ ।’ नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहलाई कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र एक स्वतन्त्र सांसदको समर्थन छ । शाह माघ २६ गते मुख्यमन्त्रीमा गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । मुख्यमन्त्री शाहले पश्चिम…

Read More

काठमाडौँ – उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वैशाख १० मा हुन लागेको उपनिर्वाचनपछि संघीय सरकारले पूर्णता पाउने बताएका छन् । आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले यस्तो बताएका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली कोरिडोरलाई प्राथमिकतामा राखिने बताए । “अहिले मुलुकको अर्थतन्त्रको अवस्था अप्ठ्यारो छ त्यसका बाबजुत पनि कर्णाली करिडोरको सडकलाई राष्ट्रिय प्राथमिकताको राखेर बहुवर्षीय योजनामा अगाडि बढाउने योजनामा छौँ,” खड्काले भने । यसका लागि कर्णालीबाट सङ्घमा प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरूले प्राथमिकताका साथ काम अगाडि बढाउनुपर्ने उनको भनाइ छ । साथै, हाल रत्नराजमार्गको सडकको डीपीआर तयार भएर अगाडि बढाउने काम भएको र वीरेन्द्रनगर तेलपानी भुरीगाउँ सडकलाई पनि…

Read More

काठमाडौँ – मनकामना केबलकारको सेवा बन्द हुने भएको छ । आउँदो वैशाख १० गते चितवन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुन लागेकाले सेवा बन्द गर्न लागिएको हो । मतदानको दिन मनकामना केबलबार सञ्चालन हुँदा भिड बढ्ने र सुरक्षा संवेदनशील बढ्ने हुँदा उक्त दिन बन्द रहने मनकामना दर्शन प्रा.लि.ले जनाएको छ । उक्त जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रसिद्ध शक्तिपीठ जाने गर्दछन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न लागिएको हो ।

Read More

काठमाडौँ – निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिता सम्बन्धी ५ बुँदे निर्देशन जारी गरेको छ । आयोगले आचारसंहिता विपरीत गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ । पाँच बुँदे निर्देशन जारी गर्दै आयोगले आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई मतदान सम्पन्न नभएसम्म कब्जामा लिइ कारबाही गर्न पनि भनेको छ । यही वैशाख १० गते आइतबार तनहुँ क्षेत्र नं. १, चितवन क्षेत्र नं. २ र बारा क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदै छ । निर्वाचन आचारसंहिता, २०७९ मा भएको व्यवस्था बमोजिम मतदान हुने दिनभन्दा ४८ घण्टा अघि अर्थात् बिहीबार राति १२ बजेदेखि मतगणनाको काम सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध…

Read More

काठमाडौँ – एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा ३१० रनको योगफल तयार पारेको हो। नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे। विस्फोटक ब्याटिङ गरेका मल्लले ६४ बलमा ९ चौका र १० छक्काको मदतमा १०८ रन बनाए। यो उनको एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो। यसअघि उनले सर्वाधिक ८१ रन बनाएका थिए। यस्तै नेपालका लागि सोमपाल कामीले अर्धशतकीय पारी खेलेका छन्। उनले ४८ बलमा ९ चौकाको मद्दतमा ६३ रन बनाए। भीम सार्कीले ३३…

Read More

बैतडी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह समक्ष बैतडीका बासिन्दाले पाटनस्थित विमानस्थलमा हवाई सेवा सञ्चालनको माग गरेका छन् । जिल्लाको भ्रमणका क्रममा बिहीबार यहाँ आइपुगेका मुख्यमन्त्री शाहसित भेटघाट गर्दै पाटन नगरपालिका–८, ९ र १० का बासिन्दाले तत्काल पाटन विमानस्थलमा हवाई सेवा सञ्चालनको माग गरेका हुन् । मुख्यमन्त्री शाहलाई पाटन नगरपालिकाले नगरको समग्र विकासका लागि भन्दै ११ बुँदे ज्ञापनपत्रसमेत बुझाइएको छ । ज्ञापनपत्रमा पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत पाटन–लोर्खा खण्ड मर्मतका लागि बजेट माग, नगरपालिकाको वडा नं ५ र ६ मा उपत्यका कृषि तथा फलफूल विशेष उत्पादन क्षेत्र परियोजना सञ्चालनका लागि बजेटको व्यवस्था गर्नुपर्ने उल्लेख छ । यस्तै पाटन–१, २, ३, ४, ७, ८,…

Read More