Author: Nisha Shrestha

काठमाडौँ- नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोरा विरुद्ध पक्राउ पुर्जी लिएको हो । बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोरा विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो। तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई समेत रहेको गिरोहलाई हाल…

Read More

काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा) विधान अधिवेशनको तयारीमा जुटेको छ । आउँदो जेठ १ गतेदेखि हुने विधान अधिवेशनको तयारी लगभग पूरा भएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार विधानको मस्यौदा तयार भइसकेको र यसका लागि मागिएको सुझाव लगभग सातै प्रदेशबाट प्राप्त भइसकेकाले अब केही दिनमा बैठक बसेर त्यसलाई अन्तिम रुप दिइने छ । विधान अधिवेशनमा क–कसलाई प्रतिनिधि बनाउने भन्ने मापदण्ड पनि तयार भइसकेको सो पार्टीले जनाएको छ । प्रतिनिधि चयन गर्नेसम्बन्धी मापदण्ड तयार गर्ने जिम्मेवारी कार्यकारिणी सदस्य रकम चेम्जोङ, विजय यादव र मनिष सुमनलाई दिइएको र उहाँहरुले मापदण्ड तयार गरी पार्टीलाई बुझाइसकेको…

Read More

काठमाडौं – सञ्चार क्षेत्रका विज्ञहरुले नेपालको पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न कानुन निर्माण गर्नुपर्ने माग गर्नुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस (३ मे, २०२३) का अवसरमा नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक तथा अन्तरक्रिया’मा विज्ञहरुले संविधान जारी भएको आठ वर्षसम्म पनि सञ्चारसँग सम्बन्धित कानुन निर्माण हुन नसकेको भन्दै जतिसक्दो चाँडो निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संविधानमा व्यवस्था भएको प्रेस स्वतन्त्रतासम्बन्धी हकको उपयोगको सुनिश्चितता गर्नु राज्यको दायित्व भएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष गोविन्द आचार्य र डा महेन्द्र विष्टले प्रेस स्वतन्त्रताका लागि नीतिगत र…

Read More

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको योजना छनोटका लागि स्थानीय तहमा छलफल सुरुवात गरेको छ ।  यसका लागि उसले कैलालीको टीकापुरमा प्रदेश निर्वाचन क्षेत्रस्तरीय योजना तर्जुमा गोष्ठी आयोजना गरेको छ । गोष्ठीमा कैलाली क्षेत्र नं १ का प्रदेश सभासद, टीकापुर, जानकी र जोशीपुरका पालिका प्रमुख, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका सबै कार्यालयका प्रमुख, अन्य विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि सहभागी थिए । टीकापुरबाट सुरु भएको योजना तर्जुमा गोष्ठी यही वैशाख २३ गतेसम्म सबै निर्वाचन क्षेत्रमा सक्ने तयारी प्रदेश सरकारको छ । गोष्ठीमा प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेश सरकारले नयाँ अभ्यास गरिरहेकाले वर्गीकरण गरेर योजना छनोट हुने र सामाजिक, सार्वजनिक सरोकारका योजना प्राथमिकतामा रहने बताउँछन् ।…

Read More

काठमाडौँ – सरकारले वैशाख २४ गते संसद्को बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सिफारिस गरेको हो । वैशाख २४ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। अब सरकारको सिफारिस बमोजिम राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नेछन्।

Read More

काठमाडौँ – सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई प्रोत्साहन स्वरूप जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले क्रिकेट खेलाडीलाई जनही ६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। मङ्गलवार भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो। एसिसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपका लागि छनौट भएको छ। एसिया कपमा नेपालले अब भारत र पाकिस्तानसँग खेल्नेछ।

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कर्णाली प्रदेशमा सरकारमा पार्टीलाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाएका छन् । बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीले एकलौटी गरेकोमा चित्त दुखेको बताएका हुन् । “कर्णाली प्रदेश सरकारको निर्माण गर्दा हाम्रो पार्टीलाई पुरै व्यवास्ता गरिएको छ । यस्तो कार्यप्रति हामी अत्यन्त धेरै दुःखी पनि छौँ,” उनले भने, “यस्ता कार्यको आलोचना मात्रै होइन, निन्दा पनि गर्न मन लाग्छ । म माओवादी पार्टी, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेतालाई भन्न चाहन्छु, तपाईँहरूले एकलौटी गर्नुभएको छ हामीलाई स्वीकार्य छैन ।” उनले यस्तै व्यवहार हुर्कँदै गए गठबन्धन टिक्छ कि टिक्दैन भन्ने प्रश्न उठ्ने बताए । आफूहरूमाथिको…

Read More

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिबद्धताका लागि इरानका तीन जना महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । मंगलबार राति गरिएको घोषणाअनुसार सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीले आफ्नो शिर राम्ररी नढाकेको अभियोगमा धार्मिक प्रहरी हिरासतमा लिइएपछि भएको उनको मृत्युको खबर सम्प्रेषण गर्ने निलोफर हमेदी महसाको अन्त्येष्टिको समाचार लेख्ने इलाहे मोहम्मदी हुन् । अमिनीको मृत्युपछि इरानका दर्जनौँ शहरमा महिनौँसम्म विरोध प्रदर्शन भएका थिए । तेस्रो विजेता नरगेस मोहम्मदी हुन् । इरानमा लामो समयदेखि काम गरेकी उनी प्रेस स्वतन्त्रता र मानवअधिकारकार रक्षाका खातिर वर्षौँदेखि अग्रमोर्चामा रहेर काम गरेकी अग्रणी पत्रकार हुन् । पुरस्कृत पत्रकारहरू कारागारमा छन् ।…

Read More

दार्चुला – व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्र्पकबिहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ । मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँचजना सम्पर्कबिहीन थिए । दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट करिब अढाइ किलोमिटर तल हिउँभन्दा बाहिर मृतावस्थामा तीन शव भेटिएको जानकारी दिनुभयो । “शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र हाम्रो टोली घटनास्थल पुगिसकेको छ ।” उहाँले भन्नुभयो“शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन् ।” म¬ङ्गलबार दिउँसोबाट सशस्त्रको टोली…

Read More

काठमाडौं– प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । बुधबार प्रि-ओपन सेसनमा नेप्से ०।२७ अंकले बढेर १८६६.६८ विन्दुमा पुगेको हो । १० स्टकको २८४ कित्ता सेयर कारोबार हुँदा १ लाख १७२ रुपैयाँ बराबर भएको छ । १० स्टकमध्ये २ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर छ ।

Read More