Author: Nisha Shrestha

धनगढी – धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक संकेतहरु राख्न थालेको छ । ६ लेन सडकमासवारी चालक र पैदल यात्रीहरुले जथाभावी लेन प्रयोग गर्दा दुर्घटनाको जोखिम बढेपछि धनगढी उपमहानगरपालिकाको सहयोगमा ट्राफिक प्रहरीले ठाउँ–ठाउँमा ट्राफिक संकेतहरु राख्न थालेको हो । सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र जोहारीसहित ट्राफिक प्रहरीले धनगढी चौराहदेखि मिलनचोक, बोराडाँडी, राजपुरखण्डमा सांकेतिक चिन्ह्र अंकित बोर्ड लगाइरहेका छन् । प्रमुख ट्राफिक प्रहरी निरीक्षक जोहोरीले ६ लेन सडकमा जथाभावी रुपमा लेन प्रयोग गरिन थालेपछि दुर्घटनाको जोखिम बढेको र त्यसलाई न्यूनीकरण गर्दै लेन प्रयोगमा एकरुपता ल्याउन सडक क्षेत्रमा सांकेतिक चिन्ह्रहरु राख्न लागिएको जानकारी…

Read More

कैलाली – टीकापुर नगरपालिका–१ भूपु कमैया शिविरका कलैया थारु दैनिक मजदुरी गरेर जीविका चलाउँदै आउनुभएको थियो । दिनभर अरुकोमा मजदुरी गरेर जीविका चलाउँदै आउनुभएका कलैयाले अचेल सडक छेउमा मकै पोलेर बिक्री गर्नुहुन्छ । अरुको बारीबाट मकै खरिद गरेर उहाँ श्रीमतीसहित दिनभर मकै बेच्न व्यस्त देखिनुहुन्छ । सानो मकै रु २० र ठूलो मकै २५ मा बिक्री हुन्छ । श्रीमान् पोलेको मकै बेच्न व्यस्त हुँदा श्रीमती सीता चौधरी मकै पोल्न । “केही गरेर खानलाई आफूसँग तागत भन्दा अरु कुनै सीप छैन । खेतीपाती गर्नका लागि जग्गा छैन”, कलैया भन्नुहुन्छ, “अरुको बारीबाट मकै खरिद गरेर पोलेर बिक्री गर्ने गरेका छौंँ ।…

Read More

काठमाडौँ- वर्ष २०७९ मा गृह मन्त्रालयअन्तर्गत केही महत्वपूर्ण कार्य सम्पन्न भएको छ । मुख्यगरी विसं २०७९ साल चुनावी वर्ष नै बन्न पुगेको छ । वैशाख ३० गते स्थानीय तहको निर्वाचन, मङ्सिर ४ मा सङ्घ र प्रदेशकको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो भने त्यसपछि फागुन २५ मा राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन भयो । ती निर्वाचनमा शान्ति र सुरक्षाको जिम्मा पाएको गृह मन्त्रालयले भयररिहत वातावरणमा निर्वाचन सम्पन्न गरी महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । गृहचिव विनोदप्रकाश सिंह सफतापूर्वक सबै चुनाव सम्पन्न गर्नाका साथै अन्य धेरै काम गृहले २०७९ मा गरेको बताउनुहुन्छ । उहाँ मिटरव्याज पीडितको अबस्था अध्ययनपछि पीडितसँग सम्झौता गरी…

Read More

ताप्लेजुङ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पीडितको पक्षमा नरहेको आरोप लगाउनुभएको छ । आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त विधेयकमा द्वन्द्वका मुख्य पक्षलाई मात्रै उल्लेख गरेको छ भन्नुभयो । विधेयकले विद्रोही पक्षलाई मात्र उन्मुक्ति दिन खोजेको र द्वन्द्वको चपेटामा परेका नागरिकका विषय ओझेलमा पार्न खोजेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “द्वन्द्वमा विद्रोही पक्ष र राज्य पक्ष मात्रै थिएन, सबभन्दा ठूलो पीडित पक्ष आमजनता थिए, जो द्वन्द्वको दुवै पक्षमा थिएनन्, तर उसले सबभन्दा बढी क्षति बेहोर्नुप¥यो, त्यस्ता मानिसलाई कसरी न्याय दिने भन्ने विषय अहिले…

Read More

काठमाडौं – विश्व हेमोफिलिया दिवसका अवसरमा नेपाल हेमोफिलिया समाजले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । विश्व हेमोफिलिया दिवसको यस वर्षको नारा ‘सबैका लागि पहुँचः रक्तस्राव रोकथाम विश्व हेरचाहको मापदण्ड’ रहेको छ । विसं २०७८ मा राष्ट्रिय जनगणनामा हेमोफिलियाका व्यक्तिको सङ्ख्या चार हजार नौ सय ३७ जना रहेको देखाएको थियो । नेपाल हेमोफिलिया समाजका आठ सय १४ जना आबद्ध छन् । समाजका अध्यक्ष मुकुन्दमणि घिमिरेले भन्नुभयो, “हामीसँग सम्पर्कमा रहनुभएका आठ सय १४ बाहेक अन्य को कहाँ कस्तो अवस्थामा छन्, खोजी कार्य तत्काल हुनुपर्छ, रक्तस्रावको समयमा रोकथाम उपचार नभए उहाँहरुको ज्यान जोखिम बढेर जान्छ ।” विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रतिपाँच हजार…

Read More

काठमाडौँ – प्रमुख तीन दलबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ । भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा सोमबार बिहान बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्षनेताहरुको बैठकले प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनका अनुसार शीर्ष नेताहरूको बैठकमा संवैधानिक परिषद् बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको हो । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीबीच प्रधानन्याधीश सिफारिस गर्ने सहमति भएको हो । सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका प्रमुख…

Read More

काठमाडौँ – आज सोमबार नेपाली बजारमा सुन चाँदीको भाउ स्थिर मुल्यमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबार तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि प्रतितोला १ लाख १० हजार रुपैयाँमै कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा स्थिर रहेको छ ।आज चाँदीको भाउ स्थिर रहँदै प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले (एफपिओ)मार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर नलगाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले सेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल स्थगित गर्न निर्देशन दिएका हुन् । नेपाल उद्योग परिसंघका अनुसार परिसंघ र नेपाल बैकर्स सङ्घले संयुक्त रूपमा कर लगाउने निर्णयको असरबारे ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीले कर लगाउने निर्णय स्थगित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

Read More

काठमाडौँ- गैरआवासीय नेपाली संघ अन्तर्गत भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्द्धन समितिले प्रदान गर्ने अरनिको अन्तर्राष्ट्रिय पुरस्कार यस वर्ष चीनको बेइजिङमा बसेर पत्रकारिता गरिरहेका चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’लाई प्रदान गरिएको छ । आइतबार राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले उपन्यासकार आचार्यलाई पुरस्कार प्रदान गर्नु भएको हो। यो पुरस्कारमा २ लाख रुपैयाँ नगद र सम्मानपत्र रहेको छ । धादिङको रुबी उपत्यकामा जन्मे–हुर्केकी एक तामाङ युवती लागूपदार्थ ओसार्ने भरियाको रुपमा प्रयोग भएकी र यी युवती अहिले चीनको कारागारमा थुनिएको कथानकमा स्वैरकल्पना मिसाएर पत्रकार आचार्यले लेखेको ‘रुइबा’ले यसपटक अरनिको अन्तर्राष्ट्रय पुरस्कार पाएको हो । समारोहमा राष्ट्रपति पौडेलले नेपालका विभूति अरनिकोको…

Read More

एजेन्सी -भारतको महाराष्ट्रमा एउटा पुरस्कार वितरण समारोहमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । महाराष्ट्रको नविमुम्बईमा आइतबार दिउँसो आयोजित महाराष्ट्र भूषण पुरस्कार वितरण समारोहमा सहभागीहरुको मृत्यु भएको हो । अत्यधिक गर्मीका कारण शरीरमा पानीको अभाव तथा चर्को घाममा लामो समय बसेका कारण १ सय २० जना बिरामी परेको जनाइएको छ । जसमध्ये ११ जनाको मृत्यु भएको र अन्य १३ जनाको अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएकाे छ । मुम्बई शहरदेखि नजिकैको नविमुम्बई भन्ने स्थानको खर्घर मैदानमा आयोजित समारोहमा लाखौं मानिस सहभागी भएका थिए । ३ सय एकड भन्दा ठूलो मैदानमा मानिसहरु खचाखच भरिएका थिए । खुला आकाशमुनि आयोजित…

Read More