Author: Nisha Shrestha

काठमाडौँ -राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई सम्मान गर्न लागेका छन् । दिउँसो २ः ३० बजे राष्ट्रपति भवन शीतलनिवासमा खेलाडीहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । खेलाडीहरुसँगै प्रमुख प्रशिक्षक मोन्टी देसाई पनि सम्मानित हुने राष्ट्रपति सचिवालयका सदस्य खिला कार्कीले जानकारी दिए । खेलाडी, प्रशिक्षकसँगै क्रिकेट एसोसिएसन अफ नेपाल क्यानको सिङ्गो टिम सम्मानित हुने उनले जानकारी दिए । नेपालले बिहीबार युनाइटेड अरब इमिरेट्स् (युएई)लाई डकवर्थ लुइस पद्धतिअनुसार नौ विकेटले हराउँदै आइसिसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष तीनमा रहेर जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगितामा स्थान पक्का गरेका थियो ।

Read More

काठमाडौं – उपराष्ट्रपति पदका लागि जनमत पार्टीका उम्मेदवार ममता झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा मतदानपछि पत्रकारसँग अन्तरक्रिया गर्दै उहाँले महिला मतदाताको मत महिलालाई नै दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपतिमा पुरुष निर्वाचित भएको अवस्थामा उपराष्ट्रपति पदमा महिला निर्वाचित हुनु राम्रो हुन्छ ।” आज बिहान १० बजेदेखि सुरु भएको मतदान मतदान दिउँसो ३ बजेसम्म हुनेछ । साढे ११ बजेसम्म सङ्घीय संसद् सदस्यतर्फ एक सय ५० र प्रदेशसभा सदस्यतर्फ दुई सय ८६ सदस्यले मतदान गर्नुभएको छ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रमा मतदान भइरहेको छ । उपराष्ट्रपति पदका…

Read More

काठमाडौँ – उपराष्ट्रपति पदको निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर प्रचण्डले मतदान गरेका हुन् । उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान जारी छ । निर्वाचनअन्तर्गत बिहान १२ ३० बजेसम्मको मतदानमा ६ सय १० मत खसेको छ । निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् । अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

Read More

काठमाडौँ- उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले १० दलले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन बसालेको बताएकी छन् । शुक्रबार बिहान नयाँ बानेश्वरस्थित संघीय भवनमा उपराष्ट्रपति पदको चयनका लागि भएको निर्वाचन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले आवश्यकताको कारण आफू उपराष्ट्रपतिमा उठेको बताइन् । उनले उपराष्ट्रपति पदमा बसेर राजनीतिक हिसाबबाट काम गर्न नसके पनि सामाजिक रूपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिने बताइन् । उनले आफू उपराष्ट्रपतिमा जित्ने ढुक्क रहेको बताइन् ।

Read More

काठमाडौँ- बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको उक्त आइपीओ बिक्री प्रबन्धक मेगा क्यापिटलले बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आइपीओमा कुल १४ लाख ५९ हजार ७ सय ८४ जना आवेदकबाट १ करोड ५७ लाख ३५ हजार ८ सय १० कित्ताको लागि आवेदन परेको थियो। आवेदन परेको कुलमध्ये १५ सय ६ जनाको आवेदन रद्द भएको छ । मागभन्दा बढीको आवेदन परेकोले योग्य रहेका १४ लाख ५८ हजार २ सय ७८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर आइपीओ बाँडफाँड गरिएको हो । जसअनुसार ८ हजार ९५ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि…

Read More

काठमाडौँ – उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ बजेसम्मको मतदानमा २ सय २० मत खसेको छ । सो समयसम्म सङ्घतर्फ ८७ र प्रदेशतर्फ एक सय ३३ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो । निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य(बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् । अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र…

Read More

भक्तपुर- उपराष्ट्रपतिको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहभागी नहुने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका सांसदहरूलाई निर्वाचनमा भाग नलिन निर्देशन दिने निर्णय गरेको हो । एमसीसी खारेज गर्न भूमिका खेल्नेलगायतका विषयमा कुनै पनि पार्टीको कुनै पनि उम्मेदवारले प्रतिबद्धता नजनाएकाले चुनावमा सहभागी नहुने निर्णय गरिएको पार्टी सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले जानकारी दिए । उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान जारी छ। निर्वाचन आयोगका अनुसार मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी…

Read More

काठमाडौँ – उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरिया पुत्रीले मतदान गरेका छन् । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गरेका हुन् । पिता लोकराजको निधनमा आशोच बारिरहेका बरालले आज बिहान पोखराबाट हवाई जहाजमा यहाँ आएर मतदान गरेका हुन् । उनी आजै दिउँसो पोखरा फर्कँदै छन् । राससको जिज्ञासामा उनले भने, ‘संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि यहाँ आएर मतदान गरेको हुँ ।’

Read More

काठमाडौँ – उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा आफू विजयी भएमा राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्ने बताएका छन् । शुक्रबार उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले संविधानले दिएको अधिकार प्रयोग गर्दै मुलुक र संविधानको रक्षा गर्नतर्फ आफ्नो भूमिका हुने बताए । ‘संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको जे काम र अधिकार छ । त्यसैअनुसार संविधानको पालना गर्ने, रक्षा गर्ने र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने मेरो प्राथमिकता र भूमिका हुनेछ । नेपाललाई समतामूलक र समृद्ध मुलुकको रूपमा विकास गर्ने काममा मेरो भूमिका रहनेछ’, उनले भने । यादवले आफू नै सत्ता गठबन्धनको सर्वसम्मत उम्मेदवार भएको दाबी गर्दै सबैले आफूलाई नै…

Read More

काठमाडौँ – उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो । सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा(एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गरे । सङ्घ र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनमा नेकपा (एमाले)बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार छन् । निर्वाचनमा सङ्घीय संसद्का ३ सय ३२ र प्रदेशसभातर्फ ५ सय ५० मतदाता कायम छ । मतदानका लागि मतदाता बिहान ९ बजेदेखि नै मतदान केन्द्र अगाडि पङ्क्तिबद्ध भएको थियो भने उम्मेदवारहरू…

Read More