काठमाडौँ- उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले १० दलले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन बसालेको बताएकी छन् ।
शुक्रबार बिहान नयाँ बानेश्वरस्थित संघीय भवनमा उपराष्ट्रपति पदको चयनका लागि भएको निर्वाचन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले आवश्यकताको कारण आफू उपराष्ट्रपतिमा उठेको बताइन् ।
उनले उपराष्ट्रपति पदमा बसेर राजनीतिक हिसाबबाट काम गर्न नसके पनि सामाजिक रूपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिने बताइन् ।
उनले आफू उपराष्ट्रपतिमा जित्ने ढुक्क रहेको बताइन् ।
Facebook Comments Box