Author: Nisha Shrestha

काठमाडौँ – शनिबार बिहान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सशस्त्र प्रहरी बल (एपिएफ)को प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन्। शनिबार बिहान हलचोकस्थित एपिएफको मुख्यालयमा उनले निरीक्षण भ्रमण गरेका हुन्। निरीक्षणपछि आयोजित कार्यक्रममा उनले सशस्त्र प्रहरीलाई निर्देशन दिने तालिका थियो।  स्टेजमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत उच्च अधिकृतहरू पनि उपस्थित थिए। उक्त स्टेजमा सशस्त्र प्रहरी अधिकृतहरूका लागि र गृहमन्त्री लामिछानेका लागि छुट्टै सोफा राखिएको थियो। सशस्त्र प्रहरी अधिकृतहरूकोबीचमा गृहमन्त्री लामिछानेका लागि रातो रङ्गको सोफा राखिएको थियो। छुट्टै किसिमको सोफा राखेको देखेपछि तत्काल परिवर्तन गर्न उनले निर्देशन दिएका हुन्। उनले निर्देशन दिएपछि सशस्त्र प्रहरी अधिकृतहरू बसेकै खालको सोफा राखिएको हो।…

Read More

काठमाडौँ – नेपाली काँग्रेसले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ। शनिबार बसेको काँग्रेस संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री गगनकुमार थापाले आफूहरू प्रतिपक्ष दल भएको हैसियतले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारेका हुन्। ‘प्रधानमन्त्रीले सात दल मिलेर विश्वासको मत लिने भएपछि हामीले छलफल पनि गर्नुपर्दैन। हामी प्रतिपक्षमा बस्ने हो। हामीले प्रतिपक्षको भूमिका निर्वाह गर्ने हो,’ उनले भने, ‘हामीले पुस २६ गते औपचारिक रूपमा निर्णय गर्छ।’ प्रधानमन्त्री दाहालले पुस २६ गते संसद्बाट विश्वासको मत लिने कार्यक्रम छ।

Read More

काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा शनिवार दिउँसो साँढे १ बजेबाट बैठक सुरु भएको हो । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन नदिनेलगायत समसामयीक विषयमा छलफल हुने जनाइएको छ ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि पहल गर्ने बताएका छन् । शनिबार बिहान बालुवाटारमा वादी समुदायका अगुवाहरुसँगको छलफलमा उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा वादी समुदायको आत्मसम्मान, जीविकोपार्जन र व्यक्तिगत पुनर्स्थापनाको लागि निर्णय गरेको भन्दै निर्णय कार्यान्वयनमा समस्या देखिएको भए हल गर्ने बताए । ‘इतिहासमै पहिलोपटक राज्यले औपचारिकरुपमा वादी समुदायलाई सम्बोधन गरेको पुस २३ को दिनलाई विजयोत्सवका रुपमा मनाउनुपर्छ’ उनले भने, ‘ वादी उत्थान विकास समितिलाई सक्रिय बनाउँदै समुदायले भोग्नुपरेका समस्या हल गर्न हामी सरकारका तर्फबाट प्रभावकारी पहल गर्छौं ।’ वादी समुदायका प्रतिनिधिहरुले शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकता, पुनर्स्थापना र विकास समितिको सक्रियता जस्ता…

Read More

एजेन्सी – उत्तरपश्चिम नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु हुनाका साथै अन्य छ जना बेपत्ता भएका छन् । केब्बी राज्यको कोकोरबेस्से स्थानीय क्षेत्रस्थित नदीमा मङ्गलबार साँझ सो डुङ्गा पल्टिदा उक्त दुर्घटना भएको हो । उक्त डुङ्गामा करिब १०० धान किसान सवार थिए जसमध्ये ८० जनालाई सकुशल उद्धार गरिएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति मुहम्मदु बुहारीले दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेका छन् । साथै बेपत्ता व्यक्तिहरूको खोजीमा खटिएका उद्धारकर्मीहरूको प्रयासको प्रशंसा समेत गरेका छन् । राष्ट्रपतिले विशेषगरी ग्रामीण क्षेत्रमा डुङ्गाको यातायातको उचित नियमनमा बढी ध्यान दिन सरोकारवालालाई आग्रह गरेका छन् ।

Read More

काठमाडौँ – गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) का पर्यटन संयोजक सोम सापकोटा बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूत (टुरिजम गुडविल एम्बेस्डर) नियुक्त भएका छन् । नेपालको पर्यटन क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै सरकारले सापकोटालाई चार वर्षका लागि पर्यटन सद्भावना दूतमा नियुक्त गरेको हो । सापकोटालाई शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नियुक्तिपत्र हस्तान्तरण गरे । सो अवसरमा सचिव अधिकारीले लामो समयदेखि पर्यटन क्षेत्रमा आबद्ध सापकोटालाई सरकारले दिएको जिम्मेवारीबाट यो क्षेत्र झनै बिस्तार र बलियो हुने विश्वास व्यक्त गरे । नवनियुक्त सद्भावनादूत सापकोटाले राज्यले आफूमाथि विश्वास गरेर दिएको जिम्मेवारीलाई मुलुकको हित र प्रवासी नेपालीको साथ लिएर सफलतापूर्वक निर्वाह…

Read More

भैरहवा– भैरहवा भन्सार कार्यालयमा राजश्व संकलन घटेसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । नेपालकै दोस्रो ठूलो भन्सार नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले पछिल्लो १२ महिनादेखि निरन्तर राजश्व संकलन लक्ष्यअनुरूप गर्न नसकेर घाटामा गइरहेको छ । मुलुकका लागि ठूलो योगदान गर्ने यो नाकाबाट नै राजश्व संकलन घटेसँगै सीमा सुरक्षा र अवैध चोरीनिकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले सीमा विन्दुमै सक्रियता बढाएको हो । सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रण सशस्त्र प्रहरीको पहिलो जिम्मेवारी हो । सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटरको नेतृत्वमा समग्र रूपन्देहीको सीमा सुरक्षा व्यवस्था भइरहेको छ । सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठका अनुसार सीमामा चोरी निकासी रोक्न थप…

Read More

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालले विधान अधिवेशनको तयारी थालेको छ। आगामी चैत्रभित्र विधान अधिवेशन गर्ने तयारीमा जसपा जुटेको जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको विधान मस्यौदा समितिले पार्टीको विगतको आफ्नो साङ्गठनिक अनुभव, प्रमुख राजनीतिक दलका साङ्गठनिक पद्धति र संरचनाबारे अध्ययन थालेको छ। संघीय र समाजवादी मुलुकका विधान अधिवेशनसँग सम्बन्धित दस्तावेजहरु पनि उपयोगी हुन सक्ने समितिले ठहर गरेको छ । जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समितिले सङ्गठनहरू गठन, पुनर्गठन गर्ने निर्णय गरेसँगै केन्द्रीय सङ्गठन विभागले मातहतका पार्टी सङ्गठन, समितिहरू र भ्रातृ सङ्गठनहरूसँग अभिलेख माग गर्ने भएको छ ।…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईबीच शनिबार बिहान भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको भट्टराईको सचिवालयले जनाएको छ । भेटका क्रममा दुई पार्टी एकताको प्रक्रियालाई अघि बढाउने विषयमा पनि छलफल भएको छ । यी दुई दलबीच चुनावताका नै एकता गर्ने गरी छलफल भएको थियो ।

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईसहित राष्ट्रिय समाचार समिति (रासस)को टोलीले भेट गरी सेवा प्रवाह र संस्थागत विकासका लागि भइरहेका प्रयासबारे जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले रासस राज्यको समाचार समिति भएकाले यसको विकास र सुधारका लागि सरकार तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राससले पछिल्ला दिनमा राम्रो काम गरिरहेको जानकारी पाएको छु, सुधार र विकासका लागि सहयोग गर्न सरकार तयार छ ।” यसअघि अध्यक्ष झाले प्रधानमन्त्री दाहाललाई कार्यकालको सफलताका लागि बधाई ज्ञापन गर्दै राज्यको महत्वपूर्ण सञ्चारमाध्यम भएकाले सरकारको नीति निर्देशन अनुरुप अघि बढिरहेको बताउनुभयो ।…

Read More