Author: Nisha Shrestha

धनगढी- बैतडीको सिगास गाउँपालिका–१ मा २२ वर्षीय युवक बलात्कार आरोपमा पक्राउ परेका छन्। गाउँकै भतिजी नाता पर्ने १५ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा उनी समातिएका हुन्। गत चैत २९ गते पीडित पक्षले निवेदन दिएको र भोलिपल्ट आरोपित युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमल प्रशाद चौधरीले जानकारी दिए। घटना पुस १५ गते रातिको भएपनी अहिले बाहिरिएको हो।बालिकाका बुवा रोजगारीको सिलसिलामा भारत रहेकाले उनले भारतबाट घर आएर प्रहरीमा निवेदन दिएको बताइएको छ। पीडित बालिकाका आफन्तले घटनालाई आर्थिक प्रलोभन देखाई ढाकछोप गर्न खोजेको र न्यायलाई प्रभावित गर्न खोजेको आशंका व्यक्त समेत गरिएको छ।यता प्रहरीले भने अदालतबाट म्याद थप गरी…

Read More

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन्। शुक्रबार होटेल व्यवसायी महासङ्घ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले यस्तो बताएका हुन् । मन्त्री किरातीले लामिछानेलाई जनताले लोकप्रिय मत दिएकाले उनलाई रोजेको मन्त्रालय दिन प्रधानमन्त्री तयार हुनुपर्ने बताएका हुन्। त्यसका लागि आफू जुनसुकै त्याग गर्न पनि तयार रहेको मन्त्री किरातीको भनाई छ ।

Read More

काठमाडौं- नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह मोटरसाइकल दुर्घटना परी घाइते भएकी छन्। शुक्रबार दुर्घटनामा घाइते भएकी सिंहको अहिले काठमाडौंको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। बिहान साढे १० बजे कोटेश्वरमा उनी चढेको मोटरसाइकल दुर्घटनामा परेको थियो। उनको स्वास्थ्यमा सुधार हुँदै गइरहेको बताइएको छ।

Read More

विराटनगर – विराटनगर महानगरपालिकाले आजदेखि खुलारुपमा माछामासु बिक्रीवितरण र बध गर्न रोक लगाएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुलारुपमा माछामासुको बिक्रीवितरण र बध गर्न रोक लगाएको महानगर प्रमुख नागेश कोइरालाले बताउनुभयो । उक्त अभियानलाई सफल पार्न बिहीबार महानगरले सरोकारवालासित अन्तक्र्रिया गरेको थियो । स्वच्छ मासु खान पाउने उपभोक्ताको अधिकार भएकाले मासु व्यवसायलाई व्यवस्थित गर्न लागिएको उहाँको भनाइ थियो । महानगरको सरसफाइ, कर सङ्कलन, सडकबत्ती जडान, बिजुलीको खम्बामा रङरोगनसहित नम्बरिङ, पार्किङलगायत अभियान सञ्चालन गरिरहेको महानगर प्रमुख कोइरालाले जानकारी दिनुभयो । उहाँले मानव स्वास्थ्य र महानगरको सौन्दर्यमा असर पर्नेगरी जथाभावी सञ्चालित मासु व्यवसायलाई व्यवस्थित गर्ने अभियानमा सहयोग…

Read More

काठमाडौँ – सरकारले हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रपतिसमक्ष संघीय संसद्‌को दुवै सदनका जारी अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो। गत मंसिरमा सम्पन्न निर्वाचनपछि २५ पुसमा संसद्को पहिलो बैठक राखिएको थियो। आजको प्रतिनिधिसभा बैठक हिउँदे अधिवेशनको अन्तिम बैठक हो। प्रतिनिधि सभाको बैठक जारी छ भने राष्ट्रियसभाको बैठक अपराह्न चार बजेका लागि डाकिएको छ।

Read More

काठमाडौँ – नेकपा (एमाले) पत्रकार सम्मेलन गर्ने भएको छ । देशको शान्ति सुरक्षाका विषयमा धारणा सार्वजनिक गर्न एमालेले आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्ने भएको हो । “उपरोक्त सम्बन्धमा देशको शान्ति सुरक्षा लगायत समसामयिक विषयमा पार्टीका धारणा सार्वजनिक गर्न आज आकस्मिक रूपमा पत्रकार सम्मेलन आयोजना गरिएकाले उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ,” एमाले प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Read More

काठमाडौं – नेकपा (एमाले)ले तत्कालीन नेकपा ९माओवादी०का अयोग्य लडाकुलाई रकम वितरण गर्ने गरी वर्तमान सरकारले निर्देशिका पारित गरेको निर्णय तत्काल खारेज गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरी मुलुकको आर्थिक अवस्था नाजुक रहेको अवस्थामा शान्ति प्रक्रिया टुङ्ग्याउने नाममा अयोग्य लडाकुलाई वितरण गर्न रु एक अर्बभन्दा बढी रकम वितरण गर्ने तयारी गरेको आरोप लगाउनुभयो । उहाँले निर्माण सम्पन्न भएका परियोजनाको भुक्तानी, शिक्षकको पेन्सनबापत, निजामती कर्मचारीको पेन्सन भुक्तानीमा अपुग, सामाजिक सुरक्षा भत्ताको भुक्तानी बाँकी रहेको, राज्यले तिर्नुपर्ने ऋणको साँवा÷ब्याज भुक्तानी बाँकीलगायत विषयमा अर्बौ रकम अपुग रहेको अवस्थामा राज्यको रकम मनपरि वितरण गर्न नहुने बताउनुभयो । प्रमुख…

Read More

काठमाडौं – प्रतिनिधिसभाका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा विकास बजेट कटौती नगर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद रोशन कार्कीले तत्कालीन नेकपा (माओवादी)का अयोग्य लडाकुलाई पैसा दिने निर्णय तत्काल फिर्ता लिन सरकारसंग माग गर्नुभयो । सांसद बद्री पाण्डेले बाजुरालाई केन्द्रबिन्दु भएर शुक्रबार भूकम्प गएको र सुदूरपश्चिम अझै भूकम्प आउने विशेषज्ञले बताइरहेका सन्दर्भमा यसको तयारीका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद ठाकुर गैरेले संसद्को हिउँदे अधिवेशन आज अन्तिम भन्ने सुनिएको तर प्रधानमन्त्रीले संसद्मा उठेका प्रश्नको जवाफ कहिले दिनुहुन्छ भनी प्रश्न गर्नुभयो । सांसद चन्दा कार्कीले राष्ट्रपति उत्थान कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयअन्तर्गत राख्नुपर्ने, प्र्रसूति गृहमा हेलिप्याड…

Read More

बुटवल– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त चौधरीलाई शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । साथै तीनजना मन्त्रीलाई पनि नियुक्त गरेर शपथ खुवाइएको छ । लुम्बिनी सरकारमा माओवादी केन्द्रबाट धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डे सहभागी भएका हुन् । यद्यपि, उनीहरूको मन्त्रालय भने तोकिएको छैन ।

Read More

काठमाडौँ – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई शपथ गराएका हुन् । नेपाली काँग्रेस संसदीय दलका नेतासमेत रहेका पाण्डे बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । पाण्डेलाई काँग्रेसका २७, माओवादी केन्द्रका सात र दीपक मनाङेको समर्थन छ ।

Read More