Author: Nisha Shrestha

जाजरकोट – भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्व नगरप्रमुख गोरखबहादुर केसीले बताए । मृतकको ठेगाना खुलेको छैन ।

Read More

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा रामकृष्ण पण्डित र लेखापढी व्यवसायी सुभाष चन्द्र लाल कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरमा कार्यरत नायब सुब्बा पण्डित र भू-सेवा केन्द्र जलेश्वरका कार्यरत कर्णविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । सुब्बा पण्डितले जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ । उनले दाखिला खारेज गरी जग्गाधनी पुर्जासमेत दिलाइदिने प्रयोजनको लागि सेवाग्राहीसँग नौ हजार घुस लिएर लेखापढी व्यवसायी कर्णलाई राख्न दिई भ्रष्टाचारजन्य कसुर गरेको अख्तियारको ठहर छ ।

Read More

काठमाडौँ – सरकारले नेपालमा रहेका शरणार्थीको पनि व्यक्तिगत घटना दर्ता गर्ने तयारी गरिएको छ । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइँ सराई जस्ता व्यक्तिगत घटना दर्ता गर्न कानुनी व्यवस्था गर्न लागिएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार तत्काल शरणार्थीको व्यक्तिगत घटना दर्ता गर्ने कानून नभएका कारण अभिलेख मात्रै राख्ने गरिएको छ । व्यक्तिगत घटना दर्ता नहुँदा शरणार्थीले भोग्नु परेका समस्याहरूमा सरकारले चासो देखाएको हो । अनुसार शरणार्थीको व्यक्तिगत घटना दर्ता गर्ने व्यवस्थासहितको कानुनको मस्यौदा तयार भएको विभागले जनाएको छ ।

Read More

सुर्खेत – कर्णाली प्रदेशका नवनियुक्त चार जना मन्त्रीले प्रदेश प्रमुख तिलक परियारद्वारा पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री राजकुमार शर्माले बिहीबानै संविधानको धारा १६८ को उपधारा ९ बमोजिम नयाँ मन्त्री नियुक्त गरेका थिए। मंगलबार नेपाली कांग्रेसबाट सिफारिस भएका तीन र माओवादीबाट यसअघि भौतिक पूर्वाधार, ऊर्जा राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्माले प्रदेश प्रमुख तिलक परियारसमक्ष मन्त्री पदको शपथ लिए। कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा बेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीले शपथ लिए । यस्तै, यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकासमन्त्रीको रुपमा शपथ लिएकी छन्। २८ पुसका…

Read More

नेपालगञ्ज– नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नेपालगञ्जको न्युरोडस्थित एक होटलबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रास्लेट, मंगलसूत्र, बाला, ढुङ्ग्री, औँठीलगायतका सुनका गहना प्रहरीले गएराति बरामद गरेको हो । यस विषयमा विस्तृत जानकारी दिन आज अपराह्न बाँके प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेका छ । गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा ती दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Read More

बारा– नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले बारा क्षेत्र नं. २ मा एमालेको जित सुनिश्चित रहेको बताएका छन् । चुनावी अभियानका क्रममा बारा आएका नेता पोखरेलले चुनाव जित्ने थुप्रै आधार रहेकाले उम्मेदवार पुरुषोत्तम पौडलको बिजय निश्चित रहेको बताएका हुन् । १० वैशाखमा हुने निर्वाचनका लागि एमालेको ठूलो शक्ति एकताबद्ध ढंगले परिचालित हुनु र विकासप्रेमी नेता उम्मेदवारका रुपमा मैदान हुनुनै एमालेले चुनाव जित्ने मुख्य आधार रहेको पोखरेलको भनाई थियो । नेता पोखरेलले फिरंगी र पार्टी चाहार्दै हिड्नेलाई भन्दा जनतासँग बसेर काम गर्ने भूमिपुत्रलाई जिताउन बारा(२ का मतदाता उत्साहित देखिएको बताए । लामो समयदेखि बाराको भूगोलमा बसेर जनता पक्षमा काम…

Read More

बैतडी – जिल्लाभरका विद्यार्थीलाई आवश्यक पर्ने सबै पाठ्यपुस्तक यहाँ आइपुगेका छन् । जिल्लामा ६८ हजार पाठ्यपुस्तक आवश्यक पर्नेमा सबै पुस्तक आइपुगेको शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए । ‘कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि ८६ हजार पाठ्यपुस्तक आवश्यक रहेको र सबै आइपुगेको छ , उनले भने, ‘ आइपुगेका पाठ्यपुस्तकको ढुवानी कार्य जारी रहेको र विद्यार्थीलाई वितरण गर्न तयारी पनि थालिएको छ ।’ जिल्लाभर हाल भर्ना अभियान सञ्चालन रहेको छ । वैशाख १५ गतेसम्म भर्ना अभियान सञ्चालन हुने सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले बताए । उनले भने, ‘भर्ना अभियान पछि पाठ्यपुस्तक वितरण गरिने…

Read More

सोल – कोरियन पपस्टार मोनबिन अर्पाटमेन्टमा मृत भेटिएका छन्। २५ वर्षे पपस्टार सोलको गंगनम–गुको आफ्नो अपार्टमेन्टमा मृत भेटिएका हुन्। प्रहरीले उनले आत्महत्या गरेको अनुमान लगाए पनि विस्तृत विवरण पोस्टमार्टम पछिमात्र थाहा हुने जनाएको छ। पुरुष व्याण्ड समूह एस्ट्रोमा सन् २०१६ मा जोडिनुअघि मोनबिन अभिनेता तथा मोडल थिए। यो ब्याण्ड के–पप ग्रुपको लोकप्रिय ब्याण्डमा पर्छ। उनले मोनबिन र सान्हाजस्ता साना समूहमा पनि गीत गाएका थिए। एस्ट्रोमा जोडिनु अघि मोनबिन एजेन्सी फान्टागियोको प्रशिक्षण कार्यक्रममा थिए। यो समूहले हालसम्म जम्मा ६ वटा मात्र प्रस्तुति दिएको छ। यही बीचमा ब्याण्डका एक सदस्यले गत फेब्रुअरीमा व्याण्ड छोडेका थिए। उनकी बहिनी मोन सुआ पनि के–पप गायिका…

Read More

बारा – बाराको क्षेत्र नम्बर २ मा १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल-भारत सिमानाका बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै भोलि राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएको हो। यस्तै मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाएको छ। बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाद्वारा जारी सूचनामा बारा क्षेत्र नं.२ भित्र पर्ने हुलाकी राजमार्ग लगायत सम्पूर्ण राजमार्ग ९ वैशाख राति १२ बजेदेखि १० गते साँझ ७ बजे सम्मका लागि सम्पूर्ण आवागमन बन्द गर्ने भनिएको…

Read More

काठमाडौँ – वीर अस्पतालका सफाइ कर्मचारीले आन्दोलनको घोषणा गरेका छन् । समयमै पारिश्रमिक नपाएको भन्दै उनीहरूले आन्दोलनको घोषण गरेका हुन् । आन्दोलनका कार्यक्रमअन्तर्गत वैशाख १० देखि १३ गतेसम्म दैनिक एक घण्टा कालो ब्यानर र प्लेकार्डसहित कोणसभा गर्ने र नियमित काममा फर्कने जनाइएको छ । ज्यालादारीमा कार्यरत कर्मचारीले तीन महिनादेखि पारिश्रमिक नपाएको बताएका छन् । पारिश्रमिकबारे प्रशासन र आपूर्तिकर्ता कम्पनीलाई पटक–पटक लिखित र मौखिक जानकारी गराउँदा पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ । गरुड सर्भिसेज र वीर अस्पतालले समयमै पारिश्रमिक भुक्तानी गर्ने लिखित प्रतिबद्धता नजनाएसम्म आन्दोलन फिर्ता नलिने उनीहरूको अडान छ ।

Read More