Author: Nisha Shrestha

काठमाडौँ – नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार र दिशाहीन भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो, आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने थाहा नभएको बताए । पन्तले सरकारले १०० दिनको उपलब्धी भनेर ३७ बुँदा सार्वजनिक गरे पनि त्यसमा उल्लेखनीय केही पनि नभएको बताए । उनले भने, ‘३७ बुँदा पढ्दा के पढेको भन्ने नै बुझिँदैन । यस्तो योजना तर्जुमा गरिएको छ, यस्तो निर्देशन दिइएको छ भन्ने जस्ता कुरा छन् । न किसानका समस्या छन्, न मुलुकको गम्भीर अवस्थाबारे भिजन छ न गरेको कामको…

Read More

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न नसकिने टिप्पणी गरेका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले कार्यकर्ता भर्तीकेन्द्र मात्रै भएकाले प्रदेश सरकारको औचित्य नरहेको बताएका हुन्। उनले प्रदेशका नाममा पाँच वर्षमा करिब १६ खर्ब बजेट खर्च भएको बताउँदै त्यो पैसाले लाखौंलाई रोजगार बनाउने गरी रोजगारी सिर्जना गर्न सकिने बताए। ‘प्रदेश दुई कारणले मात्रै आवश्यक छ। एउटा पहिचानका लागि र अर्को देश ठूलो भयो भने देशलाई केन्द्रीकरण गर्नका लागि चाहिन्छ। संघीयता काहीँ नअटाएका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो। यसरी विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन,’ उनले भने। सांसद शाहीले सरकाले विदेशबाट ऋण ल्याइरहेपनि…

Read More

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव ल्याइएको बाकस खोलेको बताएका छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै विमानस्थलमा विदेशबाट ल्याइएका शव बोकेको बाकस खोलिएको बताएका हुन्। उनले यस विषयमा उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका हुन्। ‘विदेशबाट शव ल्याउँदा शवको बाकस फोडिएको छ एयरपोर्टमा केही सामान छ कि भनेर लुट्नलाई,’ उनले भने, ‘हामीलाई ब्यागेज, ब्यागहरू फुटेको त जानकारी थियो। समाज कहाँ जाँदैछ, समाज के बन्दैछ। शव ल्याएका बाक्साहरू फुटेका छन्। ती बाकसमा पनि केही सामान छन् कि गरगहनाहरू लुट्नका लागि। कारण के हो?’ यस्तै उनले यही विमानस्थलबाट गएका एक जनाको झोलामा लागु औषध…

Read More

काठमाडौँ- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान– २०७९ ले घोषणा गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता भएको छ । दुर्गा प्रसाई नेतृत्वको महाअभियानले शुक्रबार अर्थात चैत २४ गते नेपालको आह्वान गरेको थियो । हाल चलिरहेको एसईई परीक्षालाई ध्यानमा राख्दै बन्द फिर्ता लिइएको प्रसाईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Read More

काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद र सिङ्गो देशलाई उपेन्द्र यादवको आवश्यकता रहेको बताएका छन्। जसपा अध्यक्ष एवं बारा क्षेत्र नं. २ का उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्र पुगेर बिहीबार नेता नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता अपरिहार्य रहेको औँल्याएका हुन्। बाराको क्षेत्र नंं-२ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका जसपा अध्यक्ष यादवको पक्षमा माहोल बनाउन नेपाल बुधबार साँझ कलैया पुगेका थिए। बारा २ को चुनावी मैदानमा रहेका यादवसँगको भेटमा नेता नेपालले गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेका छन्। जसपा अध्यक्ष यादवलाई विजयी बनाउन अपिल गर्दै नेता नेपालले भने, ‘सिङ्गो देश र संसद्लाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले…

Read More

काठमाडौँ – प्रतिनिधिसभामा आकस्मिक समयको व्यवस्था गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयमा तीन मिनेटको समय सदस्यहरुलाई उपलब्ध गराइएको जानकारी दिए । अघिल्लो बैठकबाट चालु बैठकको बीचको समयमा भएका जरुरी घटनाका विषयमा आकस्मिक समय लिएर तीन मिनेटमा सांसदहरुले आफ्नो धारणा राख्न पाउने सभामुख घिमिरेले बताए । ‘आकस्मिक समयमा तीन मिनेट समय उपलब्ध गराउने गरी नियमावली बनाइएको छ । यो समयमा अघिल्लो बैठकबाट यो बैठकसम्मका जरुरी घटनाका विषयमा धारणा राख्न पाइनेछ,’ सभामुख घिमिरेले भने ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशको नाम सच्याउने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले पहिचानको मुद्दा उठाउने पार्टी माओवादी भएको र त्यसलाई आफूहरूले अझै नछाडेको भन्दै पार्टीको तर्फबाट नाम सच्याउन पहल गर्ने बताएका हुन् । माओवादी केन्द्रले गत फागुन १७ गते प्रदेशसभाबाट नाम पारित हुँदा भूगोलको आधारमा कोसीको पक्षमा मतदान गरेको थियो । एक नम्बर प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्नुपर्ने पक्षमा प्रदेश सभामा मतदान गरेको माओवादी केन्द्र त्यसको एक महिनापछि नामाङ्कन सच्याउने भएको हो ।

Read More

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय सङ्गठनहरूले पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ज्ञापनपत्र पेस गरेका छन् । किराँती राष्ट्रिय मुक्ति मोर्चा नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा तथा जातीय मुक्ति मोर्चाका पदाधिकारीसहितको प्रतिनिधिमण्डलले सो ज्ञापनपत्र बुझाएको हो । प्रदेशको नामकरण कोशी भएपछि उत्पन्न परिस्थितिलाई तत्काल वार्ताबाट समाधान गर्न र आन्दोलनका क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्रमा पहिचानका पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि प्रधानमन्त्रीसमक्ष अनुरोध गरिएको छ ।

Read More

काठमाडौँ – सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटेको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठकले उक्त सहमति जुटाएको हो । आज साँझ ५ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुने भएको छ ।

Read More

धनगढी- कैलालीमा दुई जना मृत अवस्थामा भेटिएका छन्। जिल्लाको गोदावरी नगरपालिका र कैलारी गाउँपालिकामा दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। कैलारी गाउपालिका– ७ रतनपुर बस्ने ३५ वर्षीया लक्ष्मीप्रसाद चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले बताए। उनी आफ्नै घरमा मृत भेटिएको बताउदै प्रहरी नायब उपरीक्षक चन्दले घटनाबारे अनुसन्धान भइरहेको जनाए। यस्तै बिहीबार बिहान गोदावरी नगरपालिका–१ बस्ने ५८ वर्षीय छुनु डगौरा थारू पनि आफ्नै घर आगनमा मृत भेटिएका छन्। उनी आँपको रूखमा प्लाष्टिकको डोरीले पासो लगाएको अवस्थामा मृत भेटिएको बताउदै डीएसपी चन्दले थारुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको जानकारी दिए…

Read More