काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशको नाम सच्याउने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले पहिचानको मुद्दा उठाउने पार्टी माओवादी भएको र त्यसलाई आफूहरूले अझै नछाडेको भन्दै पार्टीको तर्फबाट नाम सच्याउन पहल गर्ने बताएका हुन् ।
माओवादी केन्द्रले गत फागुन १७ गते प्रदेशसभाबाट नाम पारित हुँदा भूगोलको आधारमा कोसीको पक्षमा मतदान गरेको थियो ।
एक नम्बर प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्नुपर्ने पक्षमा प्रदेश सभामा मतदान गरेको माओवादी केन्द्र त्यसको एक महिनापछि नामाङ्कन सच्याउने भएको हो ।
Facebook Comments Box