महेन्द्रनगर – आउँदो आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट ४८ प्रतिनिधि छनोट हुँदैछन् । प्रतिनिधिसभा सदस्यका लागि १६ र प्रदेशसभा सदस्यका लागि ३२ प्रतिनिधि छनौट हुन लागेका हुन् । नौ जिल्ला रहेको प्रदेशको तराईको जिल्ला कैलालीबाट सबैभन्दा बढी प्रतिनिधिसभाका लागि पाँच सदस्य चुनिन लागेका छन् । अर्को तराईकै जिल्ला कञ्चनपुरबाट प्रतिनिधिसभाका तीन, पहाडको अछामबाट दुई र अन्य पहाडी जिल्ला डोटी, डडेलधुरा, बैतडी, बझाङ, बाजुरा र दार्चुलाबाट एक–एक जना चुनिन लागेका हुन् । कानुनी व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यको प्रत्येक निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि दुई–दुई जना निर्वाचित हुन लागेका हुन् । विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा…
Author: Nisha Shrestha
रुकुमपश्चिम – त्रिवेणी गाउँपालिका पोखरीका शेरबहादुर खड्का यतिबेला बारीमा लगाएको अदुवा खन्नमा व्यस्त हुनुहुन्छ । व्यापारी घरमै अदुवा खरिद गर्न आउन थालेपछि उहाँलाई अदुवा खन्न भ्याइनभ्याइ भएको हो । उहाँको दैनिकी बारीमा अदुवा खन्ने र खनेको अदुवा केलाउनेमा बित्ने गरेको छ । उहाँले २० क्विन्टल अदुवाको बीउ लगाउनुभएको हो । अहिलेसम्म उहाँले ८० क्विन्टल अदुवा निकाल्नुभएको छ । उहाँले २० क्विन्टल अदुवा लगाएकामा ८० क्विन्टल अदुवा फलेको हो । अदुवाखेती गर्न निकै सजिलो हुने भएकाले मकै छाडेर अदुवाखेतीमा आकर्षित भएको खड्काले बताउनुभयो । “व्यापारीले रु तीन हजारमा एक क्विन्टल अदुवा घरमै पुगेर खरिद गर्ने गर्छन्, बजारको कुनै समस्या छैन”, खड्काले…
काठमाडौं – मित्र राष्ट्र जापानका विदेशराज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदै हुनुहुन्छ । उहाँ निर्वाचन पर्यवेक्षणका लागि यही मङ्सिर ४ गते नेपाल आउन लाग्नुभएको नेपालस्थित जापानी दूतावासले जनाएको छ । नेपालमा यसअघि विसं २०७४ को आमनिर्वाचनमा जापान सरकारले पूर्व उपमन्त्री होरी इवाओ एचईको नेतृत्वमा निर्वाचन पर्यवेक्षण टोली पठाएको थियो । मन्त्री ताकेई जापानबाट नेपाल निर्वाचन पर्यवेक्षकका रूपमा पठाइने उच्च अधिकारी हुनुहुन्छ । “नेपालको थप विकास र समृद्धिका लागि लोकतन्त्रिक शासन व्यवस्था अपरिहार्य भएकाले आसन्न निर्वाचन निष्पक्ष, पारदर्शी र शान्तिपूर्णरूपमा सम्पन्न हुनुपर्ने आवश्यकतामा जापानले जोड दिएको छ”, दूतावासद्वारा…
काठमाडौं – सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । बिहिबार नेप्से परिसूचकमा १।३४ प्रतिशतले वृद्धि भएको हो । सेयर बजारमा हरियाली छाएसँगै २५।५७ अंकले वृद्धि हुँदै १९३६।८३ विन्दुमा आएर नेप्से रोकिएको छ । साथै ९क० वर्गको सेन्सिटिभ इन्डेक्समा पनि १।१९ प्रतिशतले वृद्धि भएको छ । बुधबार पनि सेयरबजारमा दोहोरो ९१३।४०० अंकले वृद्धि भएको थियो । ४३ लाख ८४ हजार बराबर कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख १९ हजार बढीको कारोबार भएको छ । ८७ कम्पनीको कारोबार हुँदा १७२ कम्पनीमा वृद्धि भएको, १३ कम्पनीमा ओरालो लागेको र २ कम्पनी स्थिर रहेको छ । सबैभन्दा धेरै रिडी…
काठमाडौं – राष्ट्रिय कर दिवस साताव्यापी रुपमा मनाइने भएको छ । आन्तरिक राजस्व विभागले आजदेखि एक हप्तासम्म विभिन्न कार्यक्रम गरेर कर दिवस मनाउन लागिएको जानकारी दिएको छ । विभागका महानिर्देशक रितेशकुमार शाक्यले राष्ट्रिय कर दिवसका अवसरमा हरेक करदाता कार्यालयले प्रथम करदातालाई सम्मान गर्ने, उद्योगी व्यवसायीलगायत करदाताका छाता सङ्गठनसँग विभिन्न छलफल तथा अन्तरक्रियालगायत विभिन्न कार्यक्रम गर्न लागिएको बताउनुभयो । यसवर्षको कर दिवसको नारा “स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारस् दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार रहेको छ । करदाता आफैले स्वेच्छिक रुपमा कर तिर्न अभिप्रेरित गर्ने र कर भुक्तानी प्रणालीलाई प्रविधिमैत्री बनाउने गरी विभागले काम गरिरहेको महानिर्देशक शाक्यले बताउनुभयो । “कर तिर्ने प्रक्रियालाई प्रविधिमैत्री…
सप्तरी – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा उत्साहका साथ सहभागी हुन मतदाता समक्ष आह्वान गर्नुभएको छ । सप्तरी निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका यादव हाल चुनाव प्रचारका क्रममा आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय रहनु भएको छ ।अन्तिम चरणको घरदैलो अभियानमा रहनुभएका जसपा अध्यक्ष यादवले आज बिहान रासससँगको कुराकानीका क्रममा चुनावप्रति आम सप्तरीवासी र समग्र जनतामा ठूलो उत्साह रहेको बताउनुभयो । “सङ्घीयतालाई परिस्कृत गर्दै संस्थागत गर्न, अधिकार र पहिचानको सङ्घर्षलाई मूर्तरुप दिन, संविधान संशोधन गर्न, आफ्नै मुलुकमा नागरिकताबाट वञ्चित मधेशी युवाहरुको नागरिकता समस्या समाधान गर्ने लगायतका दृष्टीले आगामी चुनाव निकै महत्वपूर्ण रहेको भनि आम मधेशीको बुझाइ…
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई अग्रगामी र प्रतिगामी शक्तिबिचको जनमत सङ्ग्रहको रूपमा टिप्पणी गरेका छन् । आज उनले एक श्रव्यदृश्यमार्फत् आम मतदातालाई सक्रियतापूर्वक मतदानमा सहभागी हुन र देशभरका गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । अध्यक्ष दाहालले ठुलो त्याग र बलिदानबाट व्यवस्था बदलेको भए पनि वर्ग, क्षेत्र, महिला, आदिवासी र जनजातीलगायतले प्राप्त गरेको अधिकार कार्यान्वयन गर्न बाँकी रहेकाले गठबन्धनको जीत जरुरी रहेको बताएका छन् । उनले सन्देशमा भनेका छन्, ‘शिक्षा, स्वास्थ्य, रोजगारीमा जनताको पहुँच, आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत समृद्ध नेपाल बनाउने कार्यभार हाम्रो काँधमा छ ।…
दार्चुला – मंसिर ४ गते हुने निर्वाचनको क्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्नाले जिल्लाभरीका आमसभामा आफुले जिल्लाको लागि गरेका विकास निर्माणका कुरा सुनाउँदै जानुभएको छ । ६ महिना मन्त्री हुँदा र सांसद हुँदा सुरु गरेका काम र गर्न बाकी कामबारे जनतालाई सुनाउदै गएका छन् । दुई दशक गौचरन बनेको गोकुलेश्वर विमानस्थल पुर्ननिर्माण सुरु, दार्चुला तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिनु, सुनसेरासम्म कालोपत्रे निर्माण कार्य अघि बढाएको, भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटर चुच्चे नक्सा जारी गरेको, छांगरुमा सुरक्षाकर्मीको उपस्थिति गराएको अधिकांश भाषणमा सुनाउनुभएको छ । यस्तै पाँच सैययाको जिल्ला अस्पतालदेखि हरेक स्थानीय…
काठमाडौँ – निर्वाचनमा खटिएका सुरक्षाकर्मीलाई तीन अवस्थामा माथिल्लो निकायको आदेशविना नै गोली चलाउन सक्ने अधिकार सरकारले दिएको छ । आफ्नो सुरक्षा, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षामा खतरा उत्पन्न हुने अवस्थामा फिल्डमा खटिएका सुरक्षाकर्मीले गोली चलाउन माथिल्लो निकायको आदेश नचाहिने परिपत्र भएको छ । अन्य अवस्थामा भने गोली चलाउनुअघि माथिल्लो निकायबाट आदेश लिनुपर्ने हुन्छ । निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन फिल्डका प्रहरीलाई स्पष्ट निर्देशन दिइएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए । यस्तै प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा सुरक्षा चुनौतीहरूलाई औँल्याइ त्यसको निराकरण गर्ने उपायहरू अवलम्बन गर्दै अझ बढी सक्रिय भई…
अछाम – सत्तारुढ गठबन्धनले अछाममा चुनावी सभा गरिरहेको छ । चुनाव प्रचार प्रसारको अन्तिम दिन बिहीबार सत्तारुढ गठबन्धनले अछामको चौरपाटीमा चुनावी सभा आयोजना गरेको हो । उक्त सभामा प्रधानमन्त्रीसमेत कांग्रेस सभापति शेरबहादुर देउवासहित गठबन्धन आवद्ध दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।