काठमाडौं: सशस्त्र प्रहरी बल नेपालले कैलालीमा ठूलो मात्रामा अवैध सामान बरामद गरेको छ। आज (बिहीबार) सशस्त्र प्रहरी बल, इन्टेलिजेन्स व्युरो र नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरको टोलीले विशेष सूचनाको आधारमा सो सामान बरामद गरेको हो।
धनगढीकै ठूला व्यवसायीले तस्करी गराउन खोजिएको उक्त सामानको मूल्य झण्डै आधा करोड भएको बताइएको छ।
त्रिनगरका गुल्मपती डीएसपी विष्णुराज उप्रेतीका अनुसार धनगढी उपमहानगरपालिका- ४ स्थित उत्तरबेहेडी ईलाकाबाट सशस्त्र प्रहरीले भारतबाट अवैध भन्सार छलि नेपाल भित्र्याई बेवारिसे अवस्थामा रहेको ४६ लाख १९ हजार ६०० रुपैयाँ बराबरको सामान बरामद गरेको हो।
अहिले सो बरामद गरिएको सामान थप कारबाहीका लागि भन्सार पठाइएको छ।
Facebook Comments Box